दानवीर सामुदायीक वन उपभोक्ता समूहले गर्यो उपभोक्तालाई १३६ बाख्रा वितरण

बौनियाँ,कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडिकाथाईमा रहेको दानवीर सामुदायिक वन उपभोक्ता समूहले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । उक्त सामुदायिक वनले ढलापडा काठ, दाउरा, बिक्री गरेर आउने रकम सामाजिक क्षेत्रको विकासमा लगानी गरि उदाहरणिय काम थालेको हो ।

 

 

 

सोमबार एक कार्यक्रमकाबीच सामुदायिक वनले आफ्ना विपन्न १३६ घरधुरीका उपभोक्ताहरुको लागि आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले १० लाख बराबरको बाख्रा वितरण गरेको हो । 

 

दानविर सामुदायिक वन उपभोक्ता समुहकी उपाध्यक्ष कल्पना थापाको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सभाध्यक्ष सामुदायिक वनका अध्यक्ष प्रेम बुढा क्षेत्री र प्रमुख अथितिका रूपमा मोहन्याल गाउँपालिकाकी कार्यपालिका सदस्य तारा शर्मा रहनु भएको थियो ।

 

बाख्रा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भौगोलिक रुपले पिछडिएको मोहन्याल गाउँपालिकाको बिकास र समृद्धि तथा यहाँका स्थानीयको जीवन स्तरमा दानबिर सामुदायिक वनले पुर्याएको योगदान उच्च रहेको बताउनुभयो । यस सामुदायिक वनले यहाँको विकास र परिवर्तनका लागि गाउँमा सडक बाटो निर्माण देखि स्थानीयको जीवनमा सुधार ल्याउन र आर्थिक सवलीकरणका लागि गरेको योगदानले स्थानीय नागरिक ,उपभोक्ता तथा सरकारलाई समेत महत्त्वपूर्ण सहयोग पुग्दै आएको बताउनुभयो ।

 

कार्यक्रममा अमर एण्ड तेज कम्पनीका तेज बहादुर बुढा,समाजसेवी नन्द बहादुर बुढा, 

नेपाली काङ्ग्रेस मोहन्याल १ सभापति अशोक थापा ,

सव डिभिजन वन कार्यालय मोहन्यालका फोरेस्टर नारायण चौधरी, स्वास्थ्य इकाइ प्रमुख लोक बहादुर धामी, मोहन्याल मावि चायाभाकरका प्रधानाध्यापक मान बहादुर पुन लगाएतले सामुदायिक वनले उपभोक्ताको हीत र जिवनसतर सुधार्नका लागि गरेको बाखा वितरणको कार्य निकै प्रसङ्गसनिय भएको भन्दै यसलाई माथि उकास्ने जिम्मा स्वयं उपभोक्ताको भएको बताए ।

 

कार्यक्रममा सामुदायिक वनका अध्यक्ष प्रेम बुढा क्षेत्रीले आर्थिक हिसाबले न्यून अबस्थामा रहेका उपभोक्ताहरुको जिवनस्तर लाई आर्थिक हिसाबले सबल बनाउन र गरिबी निवारणमा सहयोग पुर्याउन बाख्रा वितरण गरिएको बताउनुभयो । उहाले भन्नुभयो – सामुदायिक वनको आम्दानीको ३५ प्रतिशत रकम गरीबी न्यूनीकरणमा छुुट्याउनुुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार हामीले उपभोक्ताको जीवनस्तरमा सुुधार ल्याउनका लागि बाख्रा वितरण गरेका छौ, यसले उपभोक्ताको जीवनस्तर माथि उठाउन टेवा पुग्ने हामीले ठूलो विश्वास लिएका छौ । 

 

उहाँले दानविर सामुदायिक वनले आफ्ना उपभोक्ताको सहजताका निम्ति सडक बिस्तार, सडकमा होम पाइप राख्ने, बालबालिकाको शैक्षिक स्तरमा टेवा पुर्‍याउन अध्यतनरत सामुदायिक स्कुललाई आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । यसैगरी उहाँले तल्लापानीमा सामुदायिक भवन र बडिकाथाइमा सामुदायिक वनको भवन पनि अब निर्माण गरिने बताउनुभयो ।

 

 

सामुदायिक वनको आफ्नै लगानीमा ५ किलोमिटर मोटरबाटो निर्माण गरेको छ । आम्दानीको ९ लाख रुपैयाँ लगानीमा पैदलमार्ग (गोरेटो बाटो) को मर्मत तथा स्तरोन्नति गरि मोटरबाटोको रूपमा विकास गरिएको सो सामुदायिक वनका अध्यक्ष प्रेमबहादुर बुढाले बताउनुभयो ।

 

समुदायस्तरमा वन उपभोक्ता समूहले वन विकास कार्यक्रमसंगै स्थानीय जनताको प्रत्यक्ष सरोकार र आवश्यकतालाई मध्येनजर गरि सार्वजनिक हित तथा विकास निर्माणकार्यमा प्राथमिकता दिएर लगानी गरिएको उहाँले बताउनुभयो ।

 

भौगोलिक रूपले विकट रहेकोे मोहन्याल गाउँपालिका अन्तर्गतका ग्रामीण सुगम बस्तीमा अझैसम्म सडक सञ्जाल, बिजुली र खानेपानीको पहुँच तथा सुविधा विस्तार हुन सकेको छैन । सडक सुविधाको पहुँचबाट बन्चित सो वडामा आवतजावतमा सहजताका लागि स्काभेटरको प्रयोग गरि १० दिन लगाएर बाटो काट्ने, चक्लाचौडा बनाउने र सम्याउने कार्य गरिएको उपभोक्ता समूहले जनाएको छ ।

 

२२६ हेक्टर क्षेत्रफलमा फैलिएको सो सामुदायिक वनले निर्माणाधीन सेतीलोकमार्ग सडक क्षेत्रभित्र पर्ने सडकले ओगटेको १ हजार २ सय ५० रुखहरु यसअघि कटानी गरेको थियो । २३ हजार ९ सय २२ क्युफिट काठ ठेक्कापट्टा प्रक्रियामार्फत बिक्रीवितरण तथा वन पैदावार गरि प्राप्त भएको २८ लाख आम्दानीमध्येबाट उक्त सडक निर्माणकार्यमा खर्च गरिएको उपभोक्ता समूहले जनाएको छ ।

 

सामुदायिक वनले आगामी दिनमा उपभोक्ताहरुलाई लक्षित गरि क्षमता विकास, गरीबी निवारण, विपन्न वर्गको आयआर्जन, सीपमूलक कार्यक्रम र बाख्रापालन लगायतका कार्यक्रम गर्ने योजना रहेकोे कार्यालय सचिव देव बोहराले बताउनुभयो ।

 

१ सय ३६ घरधुरीका उपभोक्ताले सामुदायिकवनमा आबद्ध भएर विभिन्न रूपमा वनको कार्यक्रमबाट सेवा उपभोग तथा लाभ लिइरहेको उपभोक्ता समूहले जनाएको छ ।

 

विगत आर्थिक वर्षमा वडामा रहेका समुदायमा आधारित सरस्वती बालविकास केन्द्र, भृकुटी बालविकास केन्द्र र मोहन्यालमा माविमा २ लाख ४० हजार रुपैयाँ विद्यालयको शैक्षिक विकासका लागि नगद सहयोग गरिएको बताइएको छ ।

 

सामुदायिक वनले वार्षिक कार्य योजनाअनुसार नै उपभोक्ता समूहको आम्दानीको २५ प्रतिशत रकम सामुदायिक वन विकास, ३५ प्रतिशत रकम स्थानीय गरीब विपन्नवर्गको उत्थानका लागि र बाँकी ४० प्रतिशत रकम सार्वजनिक हित तथा प्रशासनिक कार्यमा खर्च गर्दै आएको जनाएको छ । सोहीबमोजिम सामुदायिक वन विकास अन्तर्गत वन संरक्षणका लागि चोरीपैठारी, वन्यजन्तुको सिकारी, वन चरिचरण, आगलागी नियन्त्रणका नियमित प्रयास र रेखदेखका कार्य गरिएको सामुदायिक वन उपभोक्ता समूहकी सचिव नैसरा पुनले बताउनुभयो ।

 

त्यससंगै वृक्षारोपण, सीमा अतिक्रमण नियन्त्रण, पोथ्रा रुखविरुवाको जथाभावी फँडानी रोक्न नियमित अनुगमन र जनचेतनामूलक कार्यक्रम गरिएको सचिव पुनले बताउनुभयो ।

 

उहाँले यसवर्षको वार्षिक कार्ययोजना अन्तर्गत सामुदायिक वनको आम्दानीबाट स्थानीय बासिन्दाको मागअनुसार आवातजावतमा सहज पहुँच पुर्याउन उपभोक्ता समूहले निर्णय गरि बाटो निर्माणकार्य गरिएको बताउनुभयो ।

 

सामुदायिक वनको पहलमा गाउँसम्म मोटर सडकको विकास भएपछि स्थानीय बासिन्दामा खुसियाली छाएको छ । सडकको स्तरोन्नतिले स्थानीयलाई आउजाउमा सहजता भएको स्थानीय कपिल भारतीले बताउनुभयो । मोटरबाटोको विकास भएपछि स्थानीय बजारसम्म आउजाउ गर्न र आफूहरूलाई दैनिक उपभोग्य सामग्री पिठ्युँमा बोकेर ल्याउनेलैजाने बाध्यता हटेको भारतीको भनाइ छ । ‘सडक नहुँदासम्म हामीले स्थानीय बजारबाट पैदल हिंडेर सामान ल्याउनुपर्ने बाध्यता थियो', उहाँले भन्नुभयो, ‘अब मालसामान ढुवानी र आउजाउमा धेरै सुविधा पुग्छ ।'

 

 

नेपालमा २२ हजार २ सय ६६ सामुदायिक वन उपभोक्ता समूह छन् । ती समूहले २२ लाख ३७ हजार ६ सय ७० हेक्टर क्षेत्रको वन व्यवस्थापन गरिरहेका छन् । कुल वन क्षेत्रमध्ये ३७ प्रतिशत सामुदायिक वनले ओगटेको छ । सामुदायिक वनमा २९ लाख ७ हजार ८ सय ७१ घरधुरी आवद्ध रहेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ ।

 

नेपालको वन क्षेत्र बढाउन सामुदायिक वनको उल्लेखनीय भूमिका छ । सामुदायिक वनको हरेक कार्यक्रम स्थानीय उपभोक्ताको हितलाई केन्द्रमा राखेर वन संरक्षण गरेको पाइन्छ । सामुदायिक वन स्थानीय उपभोक्ताको अभिभावक हुन सफल भएको छ । हरियाली र वन संरक्षण गरेर विकास गर्ने सकिन्छ भनेर समुदायिक वनको कामबाट सिक्न सकिन्छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

बजारमा ग्यास अभाव, आयात भने नियमित

सिद्धार्थनगर (भैरहवा), भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् ।स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ (गलकोट),  बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ ।आवश्यक खोप र जनशक्ति दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर शुक्रबार खोप लगाइएको हो । ढोरपाटनको...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९