बर्दगोरियामा सरकारी कित्ताकाट १० कट्ठा जग्गा गैरकानुनी बिक्री(प्रमाण सहित)

बौनियाँ,कैलाली,—सरकारी स्वामित्वमा रहेकोे सार्वजनिक जग्गा अवैध रूपमा बेचबिखन गरेको पाइएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–३ खैरेनीस्थित मुक्तकमैया शिविरमा सरकारी श्रेस्ता कायम रहेकोे जग्गा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ र वडाका जनप्रतिनिधि समेतको रोहवरमा बेचबिखन गरिएको तथ्य बाहिरीएको हो ।१२ वर्षअघि नाप नक्सांकन गरि कित्ताकाट भएको सरकारी श्रेस्ता कायम १० कट्ठा सार्वजनिक जग्गा एकमुष्ट मोलमोलाइ गरि रु १२ लाख मूल्यमा सामुदायिक विद्यालयले मनोमानी रुपमा बेचबिखन गरेको तथ्य भेटिएको छ । वडाको खैरेनी शिविरमा २०६६ असोज २८ गते मुक्तकमैया पुनर्स्थापन जिल्ला समिति कैलालीले भूमिहिन मुक्तकमैयाको बसोबास व्यवस्थापनका लागि ४५ कित्तामा जग्गा नापनक्सांकन गरि जग्गाधनी दर्ता प्रमाण पुर्जा उपलब्ध गराएको थियो । सो क्षेत्रमा ४५ कित्तामध्ये १ देखि ९ सम्म कुनैपनि व्यक्ति तथा संस्थाको नाममा जग्गा धनी दर्ता प्रमाण पुर्जा नभएको मालपोत कार्यालय टीकापुरले जनाएको छ ।मुक्तकमैया पुनर्स्थापित जिल्ला समितिका संयोजक एवं स्थानीय विकास अधिकारी गोकर्णप्रसाद शर्माको संयोजकत्वमा रहेकोे सर्वदलीय बैठकले २०६६ असोज २८ निर्णय गरि मुक्तकमैयालाई जग्गाधनी दर्ता प्रमाण पुर्जा उपलब्ध गराएको थियो । मुक्तकमैया परिचयपत्र प्राप्त ३६ परिवारले कित्ता नम्बर १० देखि ४५ सम्म ५ कट्ठाका दरले जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएका थिए । सोमध्ये कित्ता नम्बर ४ देखि ९ सम्म प्रमाणपत्र नभएका कारण सो समयमा ६ परिवारले जग्गा धनी दर्ता प्रमाण पुर्जा पाउन सकेका थिएनन् । तर, मुक्तकमैयाका ती परिवारलाई जग्गा उपलब्ध गराएपछि उनीहरूले आवादी गरि भोगचलन गर्दै आइरहेका छन् ।निर्माणाधिन सेती लोकमार्गसंग सीमा जोडिएको कित्ता नम्बर २ र ३ मा पर्ने सार्वजनिक जग्गा बेचबिखन भएपछि अहिले विवाद चुलिएको हो । 

 

२०७६ फागुन ५ गते जगदम्बिके भगवती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर चौधरी, प्रधानाध्यापक नेत्रबहादुर खड्का, मुक्तकमैया समाजका अध्यक्ष तुल्सीराम चौधरी, सदस्य सुरेन्द्र चौधरी, रामबहादुर चौधरी, पुस्पराज थारुसहितले जग्गाको हक हस्तान्तरण तथा सट्टाभर्ना गर्ने सहमति गरेको पाइएको छ ।सोही सहमतिअनुसार सो क्षेत्रमा रहेको सार्वजनिक १० कट्ठा जग्गा कुल १२ लाख मूल्य कायम गरि २०७६ फागुन १५ गते पहिलो किस्ता बापत २ लाख रुपैयाँ र २०७७ कार्तिक ४ अन्तिम किस्ता बापत १० लाख रुपैयाँ नगद बुझेको तमसुक कागज बनाइएको छ । जग्गा बिक्री भएको तथ्य बाहिर आएपछि स्थानीयले सरकारी स्वामित्वको जग्गा बेचबिखन गरिनु प्रचलित कानुनी विपरीत हुने भन्दै विरोध जनाएका छन् । यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर चौधरीले जग्गा बेचबिखन भएको स्वीकार गर्नुभएको छ । उहाँले कानुनी रूपमा बेचबिखन गर्न मिल्ने, नमिल्ने बारे आफू अनविज्ञ रहेको समेत बताउनुभयो । उक्त जग्गा सम्बन्धमा विवाद समाधानका लागि केही दिनमै बैठक बोलाउने र उक्त रुपैयाँ सम्बन्धित पक्षलाई निर्णय गरि फिर्ता गरिने उहाँले बताउनुभयो ।

मालपोत कार्यालय भन्छ, सार्वजनिक जग्गा बेचबिखन गर्न मिल्दैन :

सार्वजनिक जग्गा बेचबिखन गर्न कानूनी रूपले नमिल्ने मालपोत कार्यालय टीकापुरले जनाएको छ । नापनक्सांकन गरि कित्ताकाट गरिएको सार्वजनिक श्रेस्ता कायम भएको जग्गा अनाधिकृत रूपमा बेचबिखन गर्न नमिल्ने मालपोत कार्यालय टीकापुरका प्रमुख दलबहादुर चन्दले बताउनुभयो ।

 

त्यस्तै, जिल्ला मालपोत कार्यालय धनगढीका प्रमुख सुरेन्द्र केसीले सार्वजनिक जग्गा बेचबिखन गर्न कानूनी रूपले नमिल्ने बताउनुभयो । उहाँले कानुन विपरीत सार्वजनिक जग्गा खरिदबिक्री गरेको पाइए छानबिन गरि कानुनी कार्वाही हुने बताउनुभयो ।

 

जनप्रतिनिधि नै जग्गा बेचबिखनमा संलग्न :

 

स्थानीय तहको गठनसंगै स्थानीय सरकारका जनप्रतिनिधिको हैसियतले आफ्नो क्षेत्राधिकार भित्रको सम्पत्तिको संरक्षण, रेखदेख, मर्मत तथा प्रबन्ध मिलाउनुपर्ने स्थानीय तह शासन ऐन तथा नियमावलीमा व्यवस्था छ । उक्त व्यवस्थाको परिच्छेद–१३ को २ मा उल्लेख भएअनुसार गाउँपालिका तथा नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा सार्वजानिक सम्पत्ति बेचबिखन गर्न वा अरु कुनै व्यहोरामा स्वामित्व हस्तान्तरण गर्न वा लिजमा दिन समेत पाइँदैन । यस्तो सम्पत्तिमा नेपाल सरकारको स्वीकृतिबिना स्थानीय तहले कुनै अधिकार राख्न नसक्ने स्पष्ट प्रावधान तोकिएको छ । यस्तो सम्पत्तिको वर्षेनी अद्यावधिक गर्नुपर्ने कर्तव्य स्थानीय सरकारको रहन्छ ।

तर, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु स्थानीय जनप्रतिनिधिको दायित्व रहेको भएपनि आफ्नो क्षेत्राधिकार विपरीत जग्गा बेचबिखनमा संलग्नता रहेकोे पाइएको छ ।

विद्यालय र मुक्तकमैया प्रतिनिधिबीच २०७६ फागुन ५ गते जग्गा किनबेच गर्ने भएको द्विपक्षीय सम्झौता पत्रमा वडाअध्यक्ष करने सुनार र न्यायीक समिति सदस्य टंकराज ओलीले समेत हस्ताक्षर गरेको खुलेको छ । प्रचलित ऐन तथा नियमावलीलाई लत्याउँदै वडाध्यक्ष सुनार र सदस्य ओलीले किनबेचको तमसुक कागजातलाई समेत प्रमाणित गरिदिएका हुन् ।

भिडियो सहित हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा

सिमकोट (हुम्ला),हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ ।लिमी उपत्यकाका तीन गाउँ हल्जी, तीलर...

राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौँ,  जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन,...

बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री

झापा, बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु एक करोड पाँच लाख ९० हजार ८०० को केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउछन् । दसैँ, तिहार र छठ पर्वको अवसरमा...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार

किमाथाङ्का (सङ्खुवासभा),  सङ्खुवासभाको मकालु गाउँपालिका–२स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।   प्रतिकूल मौसमका र हिमपातका कारण मकालु–२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासको छ दिनपछि आज बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९