बाँके । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) मा पछिल्लो समय देशका विभिन्न स्थानहरुबाट पुराना नेता, कार्यकर्ताहरुको प्रवेश गर्ने बाक्लो लहर बढेको छ । आज बाँकेको नेपालगञ्जमा आयोजित एक कार्यक्रमबिच लामो समयदेखि माओवादी आन्दोलनमा सक्रिय नेतृत्व गर्दैआएका नेता–कार्यकर्ताहरुको ठूलो समूह माओवादी केन्द्र (क्रान्तिकारी) मा प्रवेश गरेका हुन् ।
नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा होटेल पीस प्लाजामा आयोजित भव्य कार्यक्रमबिच पार्टीका महासचिव लोकराज जैसी (लोकेश) ले विभिन्न पार्टी परित्याग गरेर आफ्नो पार्टीको कार्यदिशा, विधिन र अनुशासनमा रहने गरी प्रवेश गराएका हुन ।
महासचिव लोकेशले माओवादी केन्द्र (क्रान्तिकारी) मा प्रवेश गर्ने नेता–कार्यकर्ताहरुलाई बधाई तथा स्वागत गरेका थिए । महासचिव लोकेशले आफ्नो पार्टी देश र जनताप्रति सधैंव प्रतिवद्ध रहने विश्वास जनाउँदै वर्तमान संसदीय दलालहरुले ल्याउँन खोजेको राष्ट्रघाती एमसीसी खारेजीका लागि देशव्यापी संघर्ष बढाउँनुपर्नेमा जोड दिएका थिए ।
महासचिव लोकेशले राष्टियता कमजोर भएको बेला आम नागरिकहरु देश रक्षार्थ जुट्नुपर्ने समय आएको बताए । उनले राष्टियता, जनतन्त्र र जनजिविकाका समस्यमा राज्यले ध्यान नदिएको भन्दै त्यसको पक्षमा संगठित आन्दोलनमा उत्रिनुको विकल्प नहुनेमा जोड दिएका थिए । उनले आफ्नो पार्टी सम्पूर्ण देशभक्त, राष्टवादी, प्रगतिशिल शक्ति, समूहसँग संयुक्त संघर्षका लागि सधैं खुला रहेको समेत प्रष्ट पारेका थिए ।
उनले आफ्नो पार्टीको राष्टियताको रक्षार्थ, नागरिक अधिकारको पक्षमा भैरहेका सम्पूर्ण आन्दोलन, संघर्षहरुमा एक्यवद्धता र समर्थन रहेको भन्दै एमसीसी खारेजीका लागि सबै दलहरु, नागरिक समाज र बौद्धिक समूदायलाई एक भएर संघर्षमा उत्रिन आह्वान समेत गरेका थिए ।
माओवादी केन्द्र (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष खगेन्द्र चौलागाईले सञ्चालन गरेको ‘छलफ, पार्टी प्रवेश तथा संगठन विस्तार’ कार्यक्रममा बाँके, बर्दिया, दाङ, सुर्खेतका गरी पचास जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमबिच लामो समय प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा रहेर काम गरेका दर्जनौ नेता–कार्यकर्ताहरुले माओवादी केन्द्र (क्रान्तिकारी) नै अहिले जनताको आशा र क्रान्तिको निरन्तरतामा अघि बढ्ने विश्वास रहेको बताएका थिए । उक्त कार्यक्रमबिच माओवादी केन्द्र (क्रान्तिकारी) मा प्रवेश गर्नेमा अधिकाशं नेताहरु प्रचण्ड नेतृत्वको माओवादी केन्द्रका पूर्व नेताहरु रहेका छन् ।
प्रवेश गर्नेमा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य सालिकराम पाठक, माके प्रदेश सदस्य तथा मुश्लिम मुक्ति मोर्चाको केन्द्रीय दस्य निजाम इद्रीसा, माकेको बाँके जिल्ला सदस्य कासीराम तमौली, जयसपुर कमिटी सदस्य तथा मधेशी मोर्चाको जिल्ला सदस्य गुलामचन्द्र पाण्डे, पार्टीको नेपालगञ्ज नगरसमिति सदस्य सन्तोष मिश्र, इन्द्रपुर गाउँकमिटी सदस्य गौतम नाग, मजदुर नेता ममाल ढपाली, युवा नेताहरु घनश्याम तमोली, अवानेश पाठक, गौतम नाग लगाएत करिब तीन दर्जन बढी रहेका छन् ।
पार्टीमा प्रवेश गर्ने नेताहरुलाई बधाई ज्ञापन गर्दै महासचिव लोकेशले पार्टीको औपचारिक बैठक बसेर सबैलाई उचित सांगठनिक जिम्मेवारी दिने विषयमा निर्णय गरिने बताएका थिए । महासचिव लोकेशले सबै नेताहरुलाई संगठन विस्तारमा जुट्न निर्देशन समेत दिएका छन् । प्रवेश गर्नेमा अधिकाशं माओवादी केन्द्रका पूर्व नेताहरु रहेका छन्, उनीहरु पछिल्लो समयमा विभिन्न पार्टी, समूहमा आवद्ध रहेका थिए ।
उक्त कार्यक्रममा माओवादी केन्द्र (क्रान्तिकारी) का स्थायी समिति सदस्य तथा अनेमसंघ (क्रान्तिकारी) का संयोजक दुर्गा खत्री, स्थायी समिति सदस्य तथा अखिल नेपाल युवा संघ (क्रान्तिकारी) संयोजक सूर्य के.सी (सुमन), पार्टीका केन्द्रीय सदस्य तथा पार्टी निकटको पत्रकार संगठन जनप्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्याक्ष दिनेश कमार श्रीवास्तव, पार्टी केन्द्रीय समदस्य तथा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष खगेन्द्र चौलागाई, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य पूर्ण विक्रम शाह लगाएतका नेताहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागितहरुले राष्ट्रघाती एमसीसी खारेजीको माग सहित विभिन्न नारा समेत लगाएका थिए । सहभागिहरुले फागुनमा जनयुद्ध दिवस भव्य रुपमा मनाउने विषयमा समेत छलफल गरेका थिए । त्यस्तै पार्टि र संगठनहरुको भेला, सम्मेलनमा जोड दिने विषयमा समेत छलफल गरेका थिए ।
































































































































































