लैंगिक हिंसा पीडित महिलाले लिए निशुल्क मानसिक सवास्थ्य सेवा

धनगढी । दृष्टि फाउण्डेसन नेपाल धनगढीमा रहेका लैङ्गिक हिंसा पीडित महिलाहरुले गुणस्तरीय निशुल्क मानसिक स्वास्थ्य सेवा लिएकाछन् । लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्र्तरगत फाउण्डेसनमा बुधबार संचालन भएको मानसिक स्वास्थ्य सेवाबाट ३४ जना लैंगिक हिंसा पीडित महिलाहरुले मानसकि स्वास्थ्य लिएकाहुन् ।

 

स्वीस विकास सहयोग, नर्वेजिएन दुताबास र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहयोगमा धनगढी उपमहानगरपालिकाको समन्वयमा आइपास सीएमसी नेपाल लगायत साझेदारी संस्थाको सहकार्यमा मानसिक स्वास्थ्य सेवा संचालन भएको हो ।

 

मानसिक असन्तुलन गुमाई सडकमा जथाभावी हिड्ने महिलाहरुको उद्धार गरी फाउण्डेसनमा राखिएको छ । जबरजस्ती घरबाट निकाला गरिएका महिलाहरु मानसिक रोगीभई बाँचिरहेकाछन् । स्वास्थ्य परीक्षणपछि नाम परिवर्तन ७७ वर्षिय माया घिमिरेले औषधि खाएपछि डाक्टरले निको हुन्छ भनेकोले निको बनाउन नियमित औषधि खाने उनले बताईन् । आफ्नो नाम समेत बिर्सेकी १५ वर्षिय किशोरीको नाम दर्ता गर्दाखेरी उनको खुसी नाम राखेर उपचार गरिएको छ । आफ्नो पनि बिर्सेका हिंसा पीडितको अवस्था निकै दर्दनाक देखिन्थ्यो । उपचार सेवा लिएका पीडित महिला र फाउण्डेसनका कर्मचारीलाई फलोअप र निरन्तर औषधि सेवनको समस्याले पिरोली रहेको फाउण्डेसनका अध्यक्ष कल्पना भट्टले बताईन् । सहयोगी दातालाई निरन्तर सेवा दिन उनले अनुरोध समेत गरेकीछन् । मानसिक रोग विशेषज्ञ डाक्टर अभिलासा गिरीले कडा खालको मानसिक रोगी भएकोले दृघकालीन समयसम्म बिरामीले औषधि खानुपर्ने बताईन् । औषधि संगै केहीलाई मनोसामाजिक परामर्श सेवापनि जरुरी रहेको उनले बताइन् ।

 

दृष्टि फाउण्डेसन नेपालका चन्द्रा तिरुवाले मानसिक समस्या भएका व्यक्तिलाई औषधि खुवाउने समस्या झेलि रहेकाबेला संस्थाले औषधि सहित मानसिक रोग विशेषज्ञ डाक्टर ल्याएर सेवा दिएकोमा आफूलाई धेरै खुसी लागेको बताईन् । अरुबाट मागरे ल्याई खानाको व्यवस्था गर्नु परेको बताउदै सामाजिक अपमान र तिरस्कार खेप्नु परेको भोगाई सुनाउँदा तिरुवा भावुक बनेकी थिईन् । तिरुवाको भोगाई सुनेर कार्यक्रममा सहभागी सबै स्तब्ध भएका थिए । उनले भनिन् ‘राज्यले गर्नुपर्ने काम हामीले गरी रहेका छौं, राज्यले समस्यामा परेका आफ्ना नागरिकको व्यवस्थापनको जिम्मा लिनुपर्छ ।’

 

मानसकि स्वास्थ्य सेवाको उद्घाटन समारोहका प्रमुख अतिथि एवम् सामाजिक विकास मन्त्रालयका सचिब ज्ञानप्रसाद ढकालले पहिलो प्राथमिकता मानसिक स्वास्थ्य रहेको बताए । राज्यले गर्नुपर्ने काम दृष्टि फाउण्डेसनले गरेको भन्दै फाउण्डेसनका कामको प्रशंसा गरेका थिए । उनले भने ‘म सदूरपश्चिम आएको एक महिना भयो । म आउने वित्तिकै प्रमुख जिल्ला अधिकारीले दृष्टि फाउण्डेसनका बारेमा जानकारी गराउनु भएको थियो ।’ मेरो ध्यान केन्द्रित भएको छ ।

 

विशिष्ट अतिथि एवम् प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले फाउण्डेसनमा रहेका पीडित महिलाहरुले आफू बसिरहेको ठाउँमा निशुल्क मानसिक स्वास्थ्य सेवा पाउदा खुसी लागेको बताए । औषधि उपचारपछि मानसिक रोग निको हुने भएकोले औषधि अति आवश्यक रहेको कट्टेलले बताए । मान्छेलाई पशु सरह व्यवहार गरी घरबाट निकालिएको छ । सडकमा अलपत्र परेका महिलाको उद्धार गरी मानविय सेवागर्ने फाउण्डेसनले धेरै राम्रो काम गरेको बताए । मानसिक स्वास्थ्य सेवा संचालन गर्ने संस्थालाई उनले धन्यवाद समेत व्यक्त गरेका थिए ।

 

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिएका सुदूरपश्मि प्रदेश पमुख कृष्ण भट्टराईले प्रमुख जिल्ला अधिकारीको समन्वयमा मानसिक स्वास्थ्य सेवा संचालन गरिएको बताए । हिंसामा परेका व्यक्तिहरुको आधारभूत आवश्यकतालाई सम्बोधन गर्न नीति बनाई काम गर्नुपर्ने उनले बताए । हिंसा संग जोडिएका व्यक्तिहरु मानसिक समस्यामा पर्ने भएकोले फाउण्डेसनमा रहेका महिलाहरुको उपचारको लागि मानसिक स्वास्थ्य सेवा दिएको भट्टराईले बताए । आगामी दिनमा मानसिक स्वास्थ्य सेवा निरन्तर रुपमा दिने आईपास नेपालका बिष्णु नेपाली बताउँछन् ।

 

मानसिक स्वास्थ्य सेवाको अवलोकन र अनुगमन गरेका धनगढी उपमहानगरपाकिाका मेयर गोपाल हमालले स्थानीय सरकारले मानसिक स्वास्थ्यलाई महत्वका साथ लिएको बताउँदै मानसिक रोगको बारेमा समाजमा खुलेर कुरा गर्नुपर्ने बताए । मानव सेवाको काम गर्दै आएका फाउण्डेसनलाई उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ । फेरीपनि आवश्यक सहयोग गर्न तयार रहेको हमालले बताए ।

 

विगत दुईवर्ष देखि लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना धनगढी उपमहानगरपालिकामा संचालन भई रहेको युएनएपपिएका कैलाली जिल्ला कार्यक्रम संयोजक कृष्ण चौधरीले बताए । धनगढी उपमहानगरपालिका,महिला शाखा, स्वास्थ्य शाखा, स्वास्थ्य कार्यालय, वडा नम्बर १३ को वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्रले समन्वयका लागि सहयोगी भूमिका खेलेका थिए । मनोसामाजिक परामशकर्ता धनराज विकले उद्घाटन समारोह कार्यक्रमको संचालन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौँ, दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसङ्घमा विशेष प्रस्तुती दिएको छ । नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घमा शुक्रबार ध्यानसम्बन्धी अलग ÷अलग दुई कार्यक्रम आयोजना गरेकोे छ ।   नेपालको तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापकद्वय रमेश नेपाल...

अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो

भोजपुर, यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन,नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् ।सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा १३ महिला र २७ पुरुष छन् ।   गैरआवासीय नागरिकता...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या

कैलाली, घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।   नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९