हप्तामा दुई दिन बिदा दिनुको खास कारण के हो ? न खर्च घट्छ न पर्यटक बढ्छन्

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एक अध्ययन समितिले सरकारी कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिनुपर्ने सिफारिस गरेको छ ।

प्रतिवेदनको निष्कर्ष छ– हप्तामा दुई दिन बिदा कायम गर्दा कर्मचारी, कार्यालय र संस्थाहरूको उत्पादकत्व बढ्छ । त्यस्तै, सरकारी खर्च घट्नुको साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुने, लैंगिक समानता, काम र व्यक्तिगत जीवन बीच सन्तुलन कायम गर्न सहयोग पुग्ने, पारिवारिक सामिप्यता हुने र पर्यावरणीय दृष्टिले समेत सकारात्मक प्रभाव पर्न जाने देखिएको प्रतिवेदनको निष्कर्ष छ ।

 

सहसचिव कमलप्रसाद भट्टराई नेतृत्वको प्रतिवेदनले ‘सार्वजनिक निकायहरूमा हप्तामा दुई दिन बिदा दिन र निजी क्षेत्रलाई पनि यस प्रकारको निर्णय गर्न प्रोत्साहन गर्न मनासिब रहेको व्यहोरा सिफारिस’ गरेको छ ।

गत ८ असोजमा पर्यटन मन्त्री योगेश भट्टराईले गठन गरेको समितिले हप्तामा दुई दिन बिदा दिँदा नोवेल कोरोना भाइरस (कोभिड–१९) पश्चात ओरालो लागेको पर्यटन क्षेत्र उकासिने र सरकारी खर्च कटौती हुने निश्कर्ष पनि निकालेको छ ।

प्रशासनविद् तथा पूर्वप्रशासकहरूले भने ‘हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सिफारिस कार्यान्वयन योग्य नभएको’ बताएका छन् । एक पूर्वसचिव भन्छन्, ‘पूरा प्रतिवेदन पढ्दा सारा समस्याको जड हप्तामा एक दिन बिदा हुनु हो र कर्मचारीलाई दुई दिन बिदा दिँदा नेपाल स्वर्ग बन्छ जस्तो सोचेको देखिन्छ ।’

हप्तामा दुई दिन बिदा नेपालका लागि नौलो होइन । ‘सरकारी खर्च घटाउन हप्तामा दुई दिन बिदा दिने’ अभ्यास २०५० को दशकमै पूर्ण रुपमा असफल भएको थियो

पूर्वसामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यो प्रतिवेदन कार्यान्वयन भए सार्वजनिक प्रशासन ध्वस्त हुने बताउँछन् । उनी भन्छन्, ‘कर्मचारीको समितिले सिंगो देश र जनतालाई बिर्सेर गरेको यो सिफारिस कार्यान्वयनयोग्य छैन ।’

कार्यालय समयमा छलछाम

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को महासन्धि ४७ ले हप्तामा ४० घण्टा कार्यसमय निर्धारण गरेको छ । आइतबारदेखि बिहीबारसम्म दैनिक ६ घण्टा (१० देखि ४ बजे) र शुक्रबार चार घण्टा जोड्दा ३४ घण्टा हुन्छ ।

नेपालका कर्मचारीले भने आइएलओले निर्धारण गरेको यो कार्यालय समयको आधा पनि काम नगरेको पूर्वप्रशासकहरू नै बताउँछन् । ‘हप्तामा ४० घण्टा कार्य समय भनेको ४० घण्टा नै काम भनेको हो’, पूर्वमुख्य सचिव बिमल कोइराला भन्छन्, ‘खाना–खाजा, चिया, व्यक्तिगत काम, गफगाफ र छलछाममा बितेको समय कार्य समयमा जोडिँदैन ।’

पूर्वमन्त्री पण्डित कर्मचारीले निर्धारितभन्दा आधा समय मात्रै मन लगाएर काम गरे देशको स्वरुप नै बदलिने बताउँछन् । ‘कोरोना महामारीले अर्थतन्त्र थला पारेको बेला कर्मचारीको ‘पर्फमेन्स’ घटेको गुनासो आइरहेको छ’, उनी भन्छन्, ‘यस्तो बेला कार्यदिन घटाउनु भनेको घातक निर्णय हो ।’

असफल भइसकेको अभ्यास

हप्तामा दुई दिन बिदा नेपालका लागि नौलो होइन । ‘सरकारी खर्च घटाउन हप्तामा दुई दिन बिदा दिने’ अभ्यास २०५० को दशकमै पूर्णरुपमा असफल भएको थियो ।

त्यतिबेला कार्यघण्टा पुर्याउन विहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म कार्यालय तोकिएको स्मरण गर्दै कोइराला भन्छन्, ‘त्यो निर्णय व्यवहारिक रुपमा पालना गराउनु असम्भवप्रायः देखिएको थियो ।’

कार्यालय समय ९–५ तोकिदा पनि ११–४ बजेपछि सरकारी कार्यालयहरु सुनसान देखिएको कोइराला सम्झन्छन् । उनी भन्छन्, ‘सेवाग्राहीको काम गर्छु भन्ने इमान भए दुई दिन बिदा गर्दा पनि हुन्छ, तर ९ देखि ५ बजेसम्म कार्यालयमा बसे, नबसेको अनुगमन कसले गर्ने ?’

सामान्य प्रशासन मन्त्रालयका एक सहसचिव भन्छन्, ‘२०५०–०५५ सालको कुरा गर्नै परेन, कोरोनापछि दुई सिफ्ट कार्यालय खोल्ने भन्यौं, विहान कुनै कार्यालयमा कर्मचारी गएर काम गरेको देख्नुभयो ?’

नाम उल्लेख गर्न नचाहने ती सहसचिव हप्तामा दुई दिन बिदा हुँदा कर्मचारीहरू झन् व्यक्तिगत काममा लाग्ने बताउँछन् । पूर्वमन्त्री पण्डित नेपालका लागि अफाफसिद्ध भएरै यो अभ्यास दुई दशक पहिल्यै खारेज भएको बताउँछन् ।’

बिदा बढाउँदा खर्च घट्छ ?

प्रतिवेदनले २०७७/०७८ को बजेटलाई आधार मान्दै हप्तामा दुई दिन बिदाले १ अर्ब ६५ करोड रुपैयाँ बचत हुन्छ भनेको छ । कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिए इन्धन, पानी, सरसफाइ, यातायातलगायतमा सरकारी खर्च १६ प्रतिशतदेखि २० प्रतिशतसम्म घट्ने भट्टराई प्रतिवेदनमा उल्लेख छ ।

तर, पूर्वमुख्य सचिव कोइराला सरकारी खर्च कटौती हुन्छ भन्ने कुरा तर्कका लागि मात्रै राखिएको बताउँछन् । ‘दुई दिन बिदा दिएपछि हप्तामा चार दिनको खर्च घट्नुपर्ने हो’, उनी भन्छन्, ‘तर इन्धन, विद्युत, यातायात खर्च बिदाको अनुपातमा घटेन ।’

एक पूर्वसचिव भोजभतेर र व्यक्तिगत काममा हुने सरकारी स्रोतसाधन दुरुपयोग रोके वार्षिक १ अर्ब ६५ करोडको दोब्बर रकम बचत हुने बताउँछन् ।

प्रशासनविद् काशीराज दाहाल प्रभावकारी अनुगमन भएन भने यस्तो व्यवस्था प्रत्युपादक हुने बताउँछन् । ‘नेपालमा एक पटक असफल भइसकेको अभ्यास हो,’ उनी भन्छन्, ‘इन्धन बचत होला, तर कामको जिम्मेवारी तोक्न र सन्तुलन कायम गर्न सकिएन भने उल्टै दुरुपयोगको सम्भावना बढ्छ ।’

अर्थविद् डा.पोषराज पाण्डे सार्वजनिक निकायको सेवाप्रवाह छिटोछरितो हुनुपर्ने जमानामा जनतालाई सेवा दिँदा खर्च भयो भन्ने तर्क नै गलत हुने बताउँछन् । उनी भन्छन्, ‘सरकारले जनतालाई सेवा दिन कर उठाएको हो भने त्यसलाई खर्च मान्नु भएन ।’

आन्तरिक पर्यटक बढ्छ ?

दुई दिन बिदा दिँदा आठ लाख आन्तरिक पर्यटक थपिने भट्टराई प्रतिवेदनको निचोड छ । पर्यटन क्षेत्रका जानकारहरू भने संसारमै सबभन्दा फुर्सदिलो देशका सरकारी कर्मचारी समय नपाएर घुम्न नगएको भनेर मान्न नसकिने बताउँछन् ।

अर्थविद् डा. पाण्डे आन्तरिक पर्यटन बढाउने हो भने कर्मचारीलाई घुमघामका लागि भत्ताको व्यवस्था गर्न सकिने बताउँछन् । बिदामात्रै बढाउँदा केही कर्मचारी आन्तरिक पर्यटक दरिए पनि अर्थतन्त्रको ग्राफमा त्यो अर्थहीन हुने उनको भनाइ छ ।

उनी भन्छन्, ‘थोरै काम गरेर थोरै आम्दानी गर्नेभन्दा धेरै काम गरेर धेरै कमाउनेहरूले आन्तरिक पर्यटनमा टेवा दिन्छन् ।’

निजामती सेवाका अधिकांश कर्मचारीले नियमित बिदा बचाएर त्यसबापत पैसा लिने गरेको बताउँदै पूर्वमन्त्री लालबाबु पण्डित भन्छन्, ‘त्यसरी पैसा लिनेहरू छुट्टी पाउँदा पर्यटन प्रवर्द्धन गर्न जान्छन् भन्ने लाग्दैन ।’

समय पाए अन्तै खर्च

प्रतिवेदनमा ‘…श्रीमान् श्रीमती व्यस्त रहने एकात्मक परिवारमा काम र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन, बालबच्चाको रेखदेख र स्याहारसुसार गर्न समेत हप्तामा ६ दिन कार्यालय जानुपर्ने हुँदा पर्याप्त समय दिन नसक्ने अवस्था समेत रहेको’ भनिएको छ ।

कर्मचारीहरूले अहिले पाएको बिदाको समय भने परिवारसँग भन्दा अन्य काममा बिताएका छन् । सबै निजामती कर्मचारीलाई सेवाप्रवाहमा तल्लिन बनाई सेवालाई व्यवस्थित बनाउने भन्दै सरकारले बहालवाला सचिवसहितका अधिकारीहरुलाई ७ मंसिरमा दिएको निजी इन्स्टिच्युटमा पढाउन नपाउने निर्देशनले पनि यही पुष्टि गर्छ ।

पूर्वमन्त्री पण्डित जनताले तिरेको करबाट तलब खाने कर्मचारी, जनप्रतिनिधि सबैले जनताको हितलाई सर्वोपरी ठान्नुपर्ने बताउँछन् । ‘विदेशिएका लाखौं नेपाली वर्षौं घर परिवारबाट टाढिएका बस्नु परेको छ’, उनी भन्छन्, ‘कर्मचारी त हप्तामा एक दिनमात्रै बिदा पाए पनि परिवारसँगै बस्न पाएका छन् नि ।

 

 

नियत को हो, १) नियत के हो भने शनिबार आइतबार दुइदिन बिदा दिएपछि कर्मचारी खुशी अनि नेपालको धर्म संकृति नास गर्न खोज्नेहरु पनि खुशी २) यिनीहरुको बदनियत भनेको दुइ दिन छुट्टी दिने अनि नेपालको चाड पर्वको बिदा घटाउने नै हो, यो योजना बिदेशीको इशारामा भएको हो भन्ने प्रस्ट नै छ। ३) होइन भने किन दशैँ तिहार , जनैपूर्णिमा, कृष्ण जन्म अस्टमि आदि चाड पर्वको छुट्टी हटाउनु पर्यो ? ४) बरु यो दुइ दिन छुट्टीको सट्टा पहिलाको जस्तै दसैं तिहार अनि अरु चाड पर्वको छुट्टी बढाउँदा हुदैन ? हाम्रो चाड पर्वको पनि सम्रक्षन हुने पर्यटक पनि बढ्ने । ५) अमेरिकामा पानी पर्यो भने नेपालमा छाता ओढ्ने काम बन्द हुनुपर्छ। उनीहरुको देशमा चाड पर्ब धेरै छैन तेसैले सनिबार आइतबार दुइदिन बिदा हुन्छ। हाम्रोमा त चाड पर्वको छुट्टी छनि होइनर ? ६) भन्ने बेलामा नेपालमा बिदा धेरै भयो भन्ने (जुन होइन) अनि चाड पर्वको छुट्टी बन्द गर्ने अनि शनिबार आइतबार को छुट्टी बढाउने ? ७) यस्ता देश द्रोहिहरु कहाबाट परिचालित छन् अनि निर्देशित छन्, यसको जरो सम्म गरेर यिनीहरुलाइ कारबाही हुनु पर्छ। ८) छुट्टी दिने भए चाड पर्ब को छुट्टी बढाउ होइन भने अहिलेको जे छ त्यो नै ठिक छ। ९) देशद्रोही छद्मभेषीहरुबाट साबधान नेपाली जनता हो, छुट्टी धेरै पाउने लोभमा देश अनि धर्म संकृति नै नरहला ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बनेपामा ‘एक घर, एक धारा’अभियान

काभ्रेपलाञ्चोक, काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो ।   खानेपानी आयोजनाले ६ नं वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ ।...

राष्ट्रपति कतारतर्फ प्रस्थान

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

वीरगञ्ज नाका हुँदै तीन महिनामा आठ अर्ब ७० करोडका सवारीसाधन भित्रियो

वीरगञ्ज (पर्सा),  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।वीरगञ्ज भन्सार...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

ढोरपाटन (बागलुङ), बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा लिएका मध्ये २७...

मौसमः पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौँ, नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा …

ढोरपाटन (बागलुङ), बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९