हप्तामा दुई दिन बिदा दिनुको खास कारण के हो ? न खर्च घट्छ न पर्यटक बढ्छन्

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एक अध्ययन समितिले सरकारी कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिनुपर्ने सिफारिस गरेको छ ।

प्रतिवेदनको निष्कर्ष छ– हप्तामा दुई दिन बिदा कायम गर्दा कर्मचारी, कार्यालय र संस्थाहरूको उत्पादकत्व बढ्छ । त्यस्तै, सरकारी खर्च घट्नुको साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुने, लैंगिक समानता, काम र व्यक्तिगत जीवन बीच सन्तुलन कायम गर्न सहयोग पुग्ने, पारिवारिक सामिप्यता हुने र पर्यावरणीय दृष्टिले समेत सकारात्मक प्रभाव पर्न जाने देखिएको प्रतिवेदनको निष्कर्ष छ ।

 

सहसचिव कमलप्रसाद भट्टराई नेतृत्वको प्रतिवेदनले ‘सार्वजनिक निकायहरूमा हप्तामा दुई दिन बिदा दिन र निजी क्षेत्रलाई पनि यस प्रकारको निर्णय गर्न प्रोत्साहन गर्न मनासिब रहेको व्यहोरा सिफारिस’ गरेको छ ।

गत ८ असोजमा पर्यटन मन्त्री योगेश भट्टराईले गठन गरेको समितिले हप्तामा दुई दिन बिदा दिँदा नोवेल कोरोना भाइरस (कोभिड–१९) पश्चात ओरालो लागेको पर्यटन क्षेत्र उकासिने र सरकारी खर्च कटौती हुने निश्कर्ष पनि निकालेको छ ।

प्रशासनविद् तथा पूर्वप्रशासकहरूले भने ‘हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सिफारिस कार्यान्वयन योग्य नभएको’ बताएका छन् । एक पूर्वसचिव भन्छन्, ‘पूरा प्रतिवेदन पढ्दा सारा समस्याको जड हप्तामा एक दिन बिदा हुनु हो र कर्मचारीलाई दुई दिन बिदा दिँदा नेपाल स्वर्ग बन्छ जस्तो सोचेको देखिन्छ ।’

हप्तामा दुई दिन बिदा नेपालका लागि नौलो होइन । ‘सरकारी खर्च घटाउन हप्तामा दुई दिन बिदा दिने’ अभ्यास २०५० को दशकमै पूर्ण रुपमा असफल भएको थियो

पूर्वसामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यो प्रतिवेदन कार्यान्वयन भए सार्वजनिक प्रशासन ध्वस्त हुने बताउँछन् । उनी भन्छन्, ‘कर्मचारीको समितिले सिंगो देश र जनतालाई बिर्सेर गरेको यो सिफारिस कार्यान्वयनयोग्य छैन ।’

कार्यालय समयमा छलछाम

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को महासन्धि ४७ ले हप्तामा ४० घण्टा कार्यसमय निर्धारण गरेको छ । आइतबारदेखि बिहीबारसम्म दैनिक ६ घण्टा (१० देखि ४ बजे) र शुक्रबार चार घण्टा जोड्दा ३४ घण्टा हुन्छ ।

नेपालका कर्मचारीले भने आइएलओले निर्धारण गरेको यो कार्यालय समयको आधा पनि काम नगरेको पूर्वप्रशासकहरू नै बताउँछन् । ‘हप्तामा ४० घण्टा कार्य समय भनेको ४० घण्टा नै काम भनेको हो’, पूर्वमुख्य सचिव बिमल कोइराला भन्छन्, ‘खाना–खाजा, चिया, व्यक्तिगत काम, गफगाफ र छलछाममा बितेको समय कार्य समयमा जोडिँदैन ।’

पूर्वमन्त्री पण्डित कर्मचारीले निर्धारितभन्दा आधा समय मात्रै मन लगाएर काम गरे देशको स्वरुप नै बदलिने बताउँछन् । ‘कोरोना महामारीले अर्थतन्त्र थला पारेको बेला कर्मचारीको ‘पर्फमेन्स’ घटेको गुनासो आइरहेको छ’, उनी भन्छन्, ‘यस्तो बेला कार्यदिन घटाउनु भनेको घातक निर्णय हो ।’

असफल भइसकेको अभ्यास

हप्तामा दुई दिन बिदा नेपालका लागि नौलो होइन । ‘सरकारी खर्च घटाउन हप्तामा दुई दिन बिदा दिने’ अभ्यास २०५० को दशकमै पूर्णरुपमा असफल भएको थियो ।

त्यतिबेला कार्यघण्टा पुर्याउन विहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म कार्यालय तोकिएको स्मरण गर्दै कोइराला भन्छन्, ‘त्यो निर्णय व्यवहारिक रुपमा पालना गराउनु असम्भवप्रायः देखिएको थियो ।’

कार्यालय समय ९–५ तोकिदा पनि ११–४ बजेपछि सरकारी कार्यालयहरु सुनसान देखिएको कोइराला सम्झन्छन् । उनी भन्छन्, ‘सेवाग्राहीको काम गर्छु भन्ने इमान भए दुई दिन बिदा गर्दा पनि हुन्छ, तर ९ देखि ५ बजेसम्म कार्यालयमा बसे, नबसेको अनुगमन कसले गर्ने ?’

सामान्य प्रशासन मन्त्रालयका एक सहसचिव भन्छन्, ‘२०५०–०५५ सालको कुरा गर्नै परेन, कोरोनापछि दुई सिफ्ट कार्यालय खोल्ने भन्यौं, विहान कुनै कार्यालयमा कर्मचारी गएर काम गरेको देख्नुभयो ?’

नाम उल्लेख गर्न नचाहने ती सहसचिव हप्तामा दुई दिन बिदा हुँदा कर्मचारीहरू झन् व्यक्तिगत काममा लाग्ने बताउँछन् । पूर्वमन्त्री पण्डित नेपालका लागि अफाफसिद्ध भएरै यो अभ्यास दुई दशक पहिल्यै खारेज भएको बताउँछन् ।’

बिदा बढाउँदा खर्च घट्छ ?

प्रतिवेदनले २०७७/०७८ को बजेटलाई आधार मान्दै हप्तामा दुई दिन बिदाले १ अर्ब ६५ करोड रुपैयाँ बचत हुन्छ भनेको छ । कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिए इन्धन, पानी, सरसफाइ, यातायातलगायतमा सरकारी खर्च १६ प्रतिशतदेखि २० प्रतिशतसम्म घट्ने भट्टराई प्रतिवेदनमा उल्लेख छ ।

तर, पूर्वमुख्य सचिव कोइराला सरकारी खर्च कटौती हुन्छ भन्ने कुरा तर्कका लागि मात्रै राखिएको बताउँछन् । ‘दुई दिन बिदा दिएपछि हप्तामा चार दिनको खर्च घट्नुपर्ने हो’, उनी भन्छन्, ‘तर इन्धन, विद्युत, यातायात खर्च बिदाको अनुपातमा घटेन ।’

एक पूर्वसचिव भोजभतेर र व्यक्तिगत काममा हुने सरकारी स्रोतसाधन दुरुपयोग रोके वार्षिक १ अर्ब ६५ करोडको दोब्बर रकम बचत हुने बताउँछन् ।

प्रशासनविद् काशीराज दाहाल प्रभावकारी अनुगमन भएन भने यस्तो व्यवस्था प्रत्युपादक हुने बताउँछन् । ‘नेपालमा एक पटक असफल भइसकेको अभ्यास हो,’ उनी भन्छन्, ‘इन्धन बचत होला, तर कामको जिम्मेवारी तोक्न र सन्तुलन कायम गर्न सकिएन भने उल्टै दुरुपयोगको सम्भावना बढ्छ ।’

अर्थविद् डा.पोषराज पाण्डे सार्वजनिक निकायको सेवाप्रवाह छिटोछरितो हुनुपर्ने जमानामा जनतालाई सेवा दिँदा खर्च भयो भन्ने तर्क नै गलत हुने बताउँछन् । उनी भन्छन्, ‘सरकारले जनतालाई सेवा दिन कर उठाएको हो भने त्यसलाई खर्च मान्नु भएन ।’

आन्तरिक पर्यटक बढ्छ ?

दुई दिन बिदा दिँदा आठ लाख आन्तरिक पर्यटक थपिने भट्टराई प्रतिवेदनको निचोड छ । पर्यटन क्षेत्रका जानकारहरू भने संसारमै सबभन्दा फुर्सदिलो देशका सरकारी कर्मचारी समय नपाएर घुम्न नगएको भनेर मान्न नसकिने बताउँछन् ।

अर्थविद् डा. पाण्डे आन्तरिक पर्यटन बढाउने हो भने कर्मचारीलाई घुमघामका लागि भत्ताको व्यवस्था गर्न सकिने बताउँछन् । बिदामात्रै बढाउँदा केही कर्मचारी आन्तरिक पर्यटक दरिए पनि अर्थतन्त्रको ग्राफमा त्यो अर्थहीन हुने उनको भनाइ छ ।

उनी भन्छन्, ‘थोरै काम गरेर थोरै आम्दानी गर्नेभन्दा धेरै काम गरेर धेरै कमाउनेहरूले आन्तरिक पर्यटनमा टेवा दिन्छन् ।’

निजामती सेवाका अधिकांश कर्मचारीले नियमित बिदा बचाएर त्यसबापत पैसा लिने गरेको बताउँदै पूर्वमन्त्री लालबाबु पण्डित भन्छन्, ‘त्यसरी पैसा लिनेहरू छुट्टी पाउँदा पर्यटन प्रवर्द्धन गर्न जान्छन् भन्ने लाग्दैन ।’

समय पाए अन्तै खर्च

प्रतिवेदनमा ‘…श्रीमान् श्रीमती व्यस्त रहने एकात्मक परिवारमा काम र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन, बालबच्चाको रेखदेख र स्याहारसुसार गर्न समेत हप्तामा ६ दिन कार्यालय जानुपर्ने हुँदा पर्याप्त समय दिन नसक्ने अवस्था समेत रहेको’ भनिएको छ ।

कर्मचारीहरूले अहिले पाएको बिदाको समय भने परिवारसँग भन्दा अन्य काममा बिताएका छन् । सबै निजामती कर्मचारीलाई सेवाप्रवाहमा तल्लिन बनाई सेवालाई व्यवस्थित बनाउने भन्दै सरकारले बहालवाला सचिवसहितका अधिकारीहरुलाई ७ मंसिरमा दिएको निजी इन्स्टिच्युटमा पढाउन नपाउने निर्देशनले पनि यही पुष्टि गर्छ ।

पूर्वमन्त्री पण्डित जनताले तिरेको करबाट तलब खाने कर्मचारी, जनप्रतिनिधि सबैले जनताको हितलाई सर्वोपरी ठान्नुपर्ने बताउँछन् । ‘विदेशिएका लाखौं नेपाली वर्षौं घर परिवारबाट टाढिएका बस्नु परेको छ’, उनी भन्छन्, ‘कर्मचारी त हप्तामा एक दिनमात्रै बिदा पाए पनि परिवारसँगै बस्न पाएका छन् नि ।

 

 

नियत को हो, १) नियत के हो भने शनिबार आइतबार दुइदिन बिदा दिएपछि कर्मचारी खुशी अनि नेपालको धर्म संकृति नास गर्न खोज्नेहरु पनि खुशी २) यिनीहरुको बदनियत भनेको दुइ दिन छुट्टी दिने अनि नेपालको चाड पर्वको बिदा घटाउने नै हो, यो योजना बिदेशीको इशारामा भएको हो भन्ने प्रस्ट नै छ। ३) होइन भने किन दशैँ तिहार , जनैपूर्णिमा, कृष्ण जन्म अस्टमि आदि चाड पर्वको छुट्टी हटाउनु पर्यो ? ४) बरु यो दुइ दिन छुट्टीको सट्टा पहिलाको जस्तै दसैं तिहार अनि अरु चाड पर्वको छुट्टी बढाउँदा हुदैन ? हाम्रो चाड पर्वको पनि सम्रक्षन हुने पर्यटक पनि बढ्ने । ५) अमेरिकामा पानी पर्यो भने नेपालमा छाता ओढ्ने काम बन्द हुनुपर्छ। उनीहरुको देशमा चाड पर्ब धेरै छैन तेसैले सनिबार आइतबार दुइदिन बिदा हुन्छ। हाम्रोमा त चाड पर्वको छुट्टी छनि होइनर ? ६) भन्ने बेलामा नेपालमा बिदा धेरै भयो भन्ने (जुन होइन) अनि चाड पर्वको छुट्टी बन्द गर्ने अनि शनिबार आइतबार को छुट्टी बढाउने ? ७) यस्ता देश द्रोहिहरु कहाबाट परिचालित छन् अनि निर्देशित छन्, यसको जरो सम्म गरेर यिनीहरुलाइ कारबाही हुनु पर्छ। ८) छुट्टी दिने भए चाड पर्ब को छुट्टी बढाउ होइन भने अहिलेको जे छ त्यो नै ठिक छ। ९) देशद्रोही छद्मभेषीहरुबाट साबधान नेपाली जनता हो, छुट्टी धेरै पाउने लोभमा देश अनि धर्म संकृति नै नरहला ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण...

बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन

काठमाडौँ,  सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा एक समिति गठन गरेको छ ।भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन...

ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ,  ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘जाँच’का क्रममा एक हजार ८४१ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु चार लाख ७९ हजार ५०१ राजस्व सङ्कलन गरिएको छ ।     आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बुवाको सम्झनामा धार्मिक तथा सामाजिक उदाहरण: रानीकुण्डाको क्रियापुल्ती धारामा वर–पिपल रोपेर विजय शाहद्वारा पुण्य कार्य

कैलाली। मानिसको जीवन समाप्त भए पनि उसको सत्कर्म र सम्झनाहरू समाजमा जीवित रहिरहन्छन् भन्ने सन्देशलाई आत्मसात् गर्दै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका स्थानीय विजय शाहले आफ्ना स्वर्गीय बुवा डबले शाहको पवित्र सम्झनामा धार्मिक तथा सामाजिक महत्व बोकेको वर र पिपलको बिरुवा रोपेका छन्। पारिगडास्थित क्रियापुल्ती...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन,  नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९