 
                        नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा प्रहरी र विद्यार्थी बिच झडप हुँदा १३ जना घाईते भएका छन् ।
गाउँपालिकाकाे कार्यालय बेलाटारी घेराउ गर्न पुगेपछि प्रहरी र विद्यार्थीबीच तनाव उत्पन्न हुंदा लाठीचार्ज र ५ राउण्ड अश्रुग्यांस प्रहार गरिएकाे छ । प्रहरीतर्फ ७ र विद्यार्थीतर्फ ६ गरि कुल १३ जना घाइते भएका छन् ।
प्रतापपुरको त्रिभुवन मा .वि बेलाटारीले कक्षा ११ र १२ काे पठनपाठनका लागि त्रिभुवन क्याम्पससित क्याम्पस भवनकाे काेठा मागेकाे क्याम्पसले नदिएपछि विवाद उत्पन्न भएकाे बताइएकाे छ । विवाद केहि दिनदेखि हुँदै आएको अवस्थामा अाज विहिवार त्रिभुवन क्याम्पसका विद्यार्थीहरू ताल्चा काटनेलाइ कार्वाही गर्नुपर्ने तथा विद्यार्थीलाइ सुरक्षा प्रदान गर्नुपर्ने माग राख्दै पालिका भवन अगाडि पुगेपछि नारावाजीकाे अवस्थामा झडप निम्तिएकाे बताइएकाे छ । झडप निम्तिएपछि स्थिति नियन्त्रण लिन ५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए ।
प्रहरी निरीक्षक श्याम प्रकाश यादव छातीमा चोट (अवस्था सामान्य रहेको, प्रसनि ओम प्रकाश यादव बाया हातमा चोट (सामान्य रहेको, प्रवह नारायण रानाभाट बाया हातमा चोट (सामान्य रहेको, प्रसह प्रकास सुनार चिउडोमा चोट (अवस्था मध्यम रहेको, प्रसह बिशाल यादव मुखमा चोट (अवस्था सामान्य रहेको, प्रसह मान बहादुर यादव मुखमा चोट (अवस्था सामान्य रहेको, ७० प्रज प्रेम भट्टराई दाहिने खुट्टामा चोट (हिड्न नसक्ने अवस्था मध्यम रहेको प्रहरी प्रवक्ता भाेजराज पाण्डेले बताएका छन् । विद्यार्थीतर्फकाे घाइतेकाे संख्या बताइएपनि विवरण खुल्न सकेकाे छैन ।
कक्षा ११ र १२ को पढाइका लागि कोठा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गर्दै आएको तर क्याम्पस प्रशासनले भने क्याम्पस क्युएए प्राप्त गर्ने प्रक्रियामा रहेकाले त्रिभुवन विश्वविद्यालयको मापदण्डअनुसार कक्षा कोठा उपलब्ध गराउन नसकिने जनाउँदै आएको थियाे ।
यसैबीच प्रतापपुर गाउँपालिकाका नगर प्रहरी सहितका केही जनप्रतिनिधि पुगेर बुधबार क्याम्पस मुल गेटको ताला फोडेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अमुल पाण्डेले बताए । ताला फोडेपछि आक्रोशित विद्यार्थीहरु बिहीबार गाउँपालिका घेराउ गर्न पुगेका थिए । सोही क्रममा प्रहरी र विद्यार्थीबीच विवादहुँदा झडप भएको हो । 
  
 
 
         
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                































 
                     
                     
                     
                     
                    

























































































































