‘उपमेयर संग जोडी समुहले गरे लैंगिक रुपान्तरणका कुरा’

धनगढी । ‘घरभित्रको काम श्रीमतीले गर्ने हो, पुरुषले त घरबाहिरको काम गर्ने हो भन्ने मेरो बुझाई थियो ।’ अहिले मेरो बुझाईमा फरकपन आएको राजेन्द्र चौधरीले बताए । धनगढी उपमहानगरपालिका १९ खेदामा बस्ने चौधरीको जोडीले आफूमा आएको लैंगिक रुपान्तरणको अनुभव उपमेयरलाई सुनाउदा खुसी देखिएका थिए ।

 

१० वटा जोडी समुह भेला भएको कार्यक्रममा श्रीमान राजेन्द्र र श्रीमती आरती चौधरीको जोडी पनि सहभागी भएका थिए । सबैको जोडीहरु एकआपसमा संगै मिलेर बसेका थिए । राजेन्द्रले आफ्नो अनुभव सुनाए ‘पुरुषको काम त पैसा कमाउने हो । ठूलोठूलो जिम्मेवारीको काम गर्ने हो भन्ने सोच्थे । तर खाना पकाउने, घर सरसफाई गर्ने, छोराछोरीको स्याहार सुसार गर्ने, घाँस काट्ने काम त महिलाहरुको हो भन्ने बुझेर घरको कुनैपनि काममा म सघाउदैन थिए ।’

 

जोडी संवादमा सहभागी भएपछि मेरो परिवारमा मेलमलिाप भएको छ । पहिले घरसल्लाह नगरेर आफ्नै निर्णयले काम गर्थे, अहिले घरसल्लाह गरेर काम गर्दा सजिलो भएको उनले बताए । श्रीमान र श्रीमती दुबैजना मिलेर काम गर्नजाँदा पैसापनि कमाई भएको छ र बचत पनि गर्ने काम गरेको राजेन्द्रको श्रीमती आरती चौधरीले बताइन् । श्रीमान् धेरै परिवर्तन हुनु भएको छ । घरको काम गर्ने, खाना पकाउने र बच्चालाई स्कूल पठाउने काम गर्न थालेको उनले बताईन् ।

 

आफूमा आएको परिवर्तनको बारेमा सहभागीले धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकला रानालाई सुनाउन पाउँदा खुसी लागेको बताएका थिए । जोडी समुहमा आएको परिवर्तनलाई रानाले ध्यान पूर्वक सुनेर प्रशंसा गरेपछि उनीहरुले आफ्नो आत्मबल बढेको बताएका थिए । छलफलकै क्रममा गुलावी चौधरीले जोडी संवादमा सहभागी नुहुनु भन्दा अगाडी घरमा सानो सानो कुरामा झगडा गर्ने,मिलेर नबस्ने समस्या थियो । श्रीमान धेरै तास खेल्ने, काममा नसघाउने र असहयोग गर्ने गर्थे । अहिले श्रीमान परिवर्तन भएकोले घरमा राम्रो मेलमिलाप भएको छ ।

 

श्रीमान जंग बहादुर चौधरीले मैले नजानेरै भएपनि घरपरिवारमा लैंगिक हिंसा गरी रहेको रहेछु । जोडी संवादमा बसेर धेरै कुरा सिकेपछि समस्याको समाधान छलफल बाटै गर्ने गरेको भन्दै आफूले व्यवहार पनि सच्याएको बताए । मिलेर बस्दा परिवारमा शान्ति मिल्ने रहेछ । मेरो सालीमाथि लैंगिक हिंसा भएपछि आफै अग्रसर भएर उनको न्यायको लागि आवाज उठाएको अनुभव उनले सुनाएका थिए ।

मैले श्रीमतीको कुरा सुन्दैनथे र श्रीमतीले भनेको मान्नु हुन्न भन्ने सोचाई आफूमा रहेको रोशन चौधरीले बताए । बिना सल्लाह आफ्नै तरिकाले काम गर्थे । जोडी संवादमा सहभागी भएर श्रीमान श्रीमती दुबैजना संगै बसेपछि मिलेर बस्नुपर्छ र सल्लाह गरेर काम गर्नुपर्छ भन्ने थाहा भयो । जोडी संवादमा बसेपछि हामीमा परिवर्तन आएको छ । श्रीमान श्रीमती सल्लाह गरेर संगै स्वास्थ्य संस्थामा गई अस्थाई साधानको तीन महिने संगिने सुई लगाएको बसन्ती चौधरीले बताइन् ।

 

जोडी संवादमा बसेका जोडीहरुको अनुगमन गर्न धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला राना साउन २४ गते वडा नम्बर १९ मा पुगेकी थिइृन् । जोडी समुहको अनुभव सुनेर आफूलाई खुसी लागेको रानाले बताईन् । कार्यक्रमको प्रमुख अथिति समेत रहेकी रानाले हामीहरुले तँपाइहरुमा यस्तै परिवर्तन देख्नकै लागि लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना उपमहानगरपालिकाले संचालन गरेको बताइन् । समाजमा लैंगिक हिंसा धेरै भई रहेकोले यसको रोकथाम र प्रतिकार गर्न सबै लाग्नुपर्नेमा रानाले जोड दिईन् ।

 

उनले भनिन् ‘तँपाईहरुले श्रीमान श्रीमती र घरपरिवारको मन सिउने राम्रो काम गर्नु भएको रहेछ । परिवारमा सुखशान्ति ल्याउनको लागि मेलमिलाप गरेर बसेजस्तै समाजमा पनि मिलेर बस्नुपर्छ । एकले अर्कोलाई सहयोग गर्नुपर्छ । महिला र पुरुषमा कामको आधारमा विभेद गर्नु हुँदैन काम जसले गरेपनि हुन्छ । हामीसबै एउटै फूलबारीका फुल हौं फूलजस्तै फुलेर बसेपछि मात्र सभ्य समाज निमार्ण हुन्छ ।’ आफू बचौं र अरुलाई बचाऔं भन्ने सोच राखेर समाजमा काम गर्नुपर्ने उनले बताइन् ।

 

धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष बाधुराम चौधरीले जोडी संवादमा सहभागी भएपछि पुरुषहरुले खाना पकाउने र सरसफाई गर्ने जस्ता घरको काम गर्न थालेको बताए । व्यवहारमा लैंगिक परिवर्तन आएको आफूले देखेको चौधरी बताउछन् । धनगढी उपमहानगरपालिकाको नेतृत्वमा स्वीस विकास सहयोग, नर्वेजिएन दुताबास र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहकार्यमा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दुईवर्ष देखि धनगढी उपमहानगरपालिकामा संचालन भई रहेको छ । सोही परियोजना अन्र्तगत युएएनएफपिए, आइपास, भिएसओ पीसवीन र सीएमसी नेपाल लगायतका साझेदारी संस्थाहरुले समुदायमा कामगर्दै आएकाछन् ।

 

महिला विकास अधिकृत पंकजा जोशीले सबै वडामा जोडी संवाद कार्यक्रम संचालन गर्नुपर्ने बताइन् । जोडी संवादको सकारात्मक प्रभाव समाजमा परेको उनी बताउछन् । भिएसओका प्रतिभा चौधरीले लैंगिक रुपान्तरण गर्न सबै एकभएर लाग्नु पर्ने बताइन् ।

 

पीसवीनका कार्यक्रम संयोजक जुद्ध रावलले जोडी संवादमा १० जोडी सहभागी गराई १० वटा सत्र संचालन गरेर छलफल गर्ने गरेको बताए । ३ वटा सत्रमा श्रीमान श्रीमती एकै ठाउँमा राखेर छलफल गरिन्छ भने ७ वटा सत्रमा अलग अलग राखेर छलफल गर्ने गरेको उनले बताए । लैंगिक हिंसाका कारण मनोसामाजिक समस्या भएका व्यक्तिहरुलाई मनोसामाजिक परामर्शकर्ता धनराज विकले मनोपरामर्श सेवा दिदै आएकाछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा तीन दिने खोज पत्रकारिता तालिम सुरु, पत्रकारको क्षमता अभिवृद्धिमा जोड

कैलाली । पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ। असार ११ गतेदेखि बौनियामा सुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।   गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एवं वडा नम्बर १ का...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बर्दगोरियामा तीन दिने खोज पत्रकारिता तालिम सुरु, पत्रकारको क्षमता अभिवृद्धिमा जोड

कैलाली । पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ। असार ११ गतेदेखि बौनियामा सुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।   गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एवं वडा नम्बर १ का...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियामा तीन दिने खोज पत्रकारिता तालिम सुरु, पत्रकारको क्षमता अभिवृद्धिमा जोड

कैलाली । पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ। असार ११ गतेदेखि बौनियामा सुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।   गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एवं वडा नम्बर १ का...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९