बौनियाँ कैलाली । कैलालीको बर्दगोरियामा भोली श्री कृष्ण जनष्टमीको अवसरमा संचालन गर्ने भनेको घैटा फोड कार्यक्रम स्थगीत गरिएको छ ।
कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको भएपनि जिल्लामा कोरोनाको लहर अझै कायम नै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले उक्त घैटा फोड कार्यक्रम स्थगित गर्न भनेपछि कार्यक्रम स्थगित गरीएको सड्कपुर बौनियाँ युवा क्लवका बरिष्ठ उपाध्यक्ष धिरज शाहीले जानकारी दिए ।
हरेक वर्ष भाद्र कृष्ण जन्माष्टमी दिनमा भगवान श्री कृष्णको वाल्यकाल लाई स्मरण गर्दै सडकपुर बौनियाँ युवा क्लवलले बृहत रुपमा आकासे घैटा फोड, भुई मट्का फोड, कुर्सी दौड लगाएतका विभिन्न कार्यक्रम गर्दै आइरहेको थियो ।
गत वर्ष पनि विश्व महामारीका रुपमा फैलीएको कोरोना कारण उक्त घैटा फोड कार्यक्रम भएको थिएन ।
तर यस वर्ष भने भाद्र १४ गते (भोली) को लागि कार्यक्रमको सम्पुर्ण तयारी गरिएको थियो । कार्यक्रम संचालनका निम्ती बौनियाँ बजारका व्यापारी बाट पनि आर्थिक संकलन गरिएको क्लवाका महासचीव पदम ओझाले अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिए हुन् ।
कार्यक्रम संचालनका लागि बजारका व्यापारीहरु बाट नगद १५ हजार ४ सय ६० रुपैयाँ संकलन भएको उनले बताए । उक्त रकम क्लवको निर्णय अनुसार सामाजिक क्षेत्रमा लगाउने तयारी गरिरहेको समेत क्लवका महासचीव ओझाले अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिए ।

































































































































































