 
                        कैलाली। कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाही अध्ययन तथा अवलोकन भ्रमणका लागि भोलि छिमेकी राष्ट्र भारत जाने सचिवालले जानकारी दिएको छ ।
सचिवालका अनुसार दिसाजन्य लेदो व्यवस्थापन परियोजना अन्तर्गत एडमिनिस्ट्रेटिभ स्टाफ कलेज अफ इन्डियाको सहकार्यमा जनप्रतिनिधिको क्षमता विकास गर्ने उदेश्यले अध्ययन तथा अवलोकन कार्यक्रम आयोजना गरिएको हो। दक्षिण एसियामा दिसाजन्य लेदो व्यवस्थापन क्षेत्रमा रहेको नीति,नियम, असल अभ्यास एवम् स्रोत परिचालन लगायतका विषयमा भ्रमण केन्द्रीकृत रहने बताइएको छ।
साउन २९ देखि भदौ १ गतेसम्म हुने उक्त कार्यक्रममा नेपालबाट १८ जना प्रमुख र ३ जना उप प्रमुखहरू सहभागी हुनेछन् । यसैगरी अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रम भारतको हैदराबादको (तेलङ्गना) र भुवनेश्वर (उडिसा) मा रहने जानकारीमा आएको छ ।
 
         
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                



































 
                     
                     
                     
                     
                    



























































































































