मोहन्यालमा बढ्दै केन्द्र विवाद : कहाँ गायब भयो गाउँसभाको निर्णय ?

अध्यक्षको कार्यशैलीविरुद्ध अख्तियार र अदालत जाने चेतावनी

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाको केन्द्र हेरफेरको विषय विवादित बन्दै गएको छ । गत २०८० असार १० गते साबिकको पालिकाको केन्द्र खिमडीबाट भकुण्डेटार सार्ने निर्णय बहुमतले पारित भएको थियो । गाउँपालिकाको १२ औं गाउँसभामा उक्त प्रस्ताव पारित भएको हो ।

 

वडा नं. १ स्थित भकुण्डेटारमा केन्द्र सार्ने प्रस्ताव बहुमतले पारित भएपछि सभामै स्थानीय जनप्रतिनिधि कुटिएका थिए । उक्त घटना मथ्थर नहुँदै गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’ को फेसबुक स्टाटसले फेरि विवाद सतहमा आउने संकेत देखिएको छ । गाउँपालिकाको केन्द्र भकुण्डेटार सार्ने गरी भएको निर्णय गाउँपालिका अध्यक्ष ‘हिमशिखर’ ले गायब पारेको भन्दै न्यायका लागि अख्तियार र अदालतसम्म जाने यहाँका जनप्रतिनिधिले चेतावनी दिएका छन् ।

 

शनिबार बौनियामा पत्रकार सम्मेलनमार्फत् गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउँद, वडा नं. १ का वडाध्यक्ष प्रेम बुढा, वडा नं. ३ का वडाध्यक्ष नन्दाराम गिरी, वडा नं. ६ का वडाध्यक्ष कृष्णबहादुर शाही र वडा नं. ७ का वडाध्यक्ष नवराज कठायतले यस्तो बताएका हुन् । उनीहरुले गाउँपालिका अध्यक्ष देविदत्त उपाध्ययले मोहन्यालको केन्द्र सार्ने विषयमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

 

किन चल्छ फेसबुकमै जुहारी ?

 

मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’ ले गत २०८० बैशाख २४ मा ‘मोहन्याल गाउँपालिकाको कार्यपालिका बैठक ऐतिहासिक निर्णय गर्दै सम्पन्न । मोहन्याल १ भकुण्डेटार ।’ भन्दै फेसबुक स्टाटस लेखे ।

 

उनले लेखेको स्टाटसले केन्द्र हेरफेर गर्ने निर्णयको पक्षमा बहुमत जनप्रतिनिधि मतदान गरेको भन्दै अधिकांशले स्याबासी दिए । त्यसबेला कुल १५ जना कार्यपालिका सदस्यमध्ये बैठकमा ११ जना सहभागि थिए, भने ४ जना अनुपस्थित थिए । भकुण्डेटारमा केन्द्र राख्ने पक्षमा ११ जना बहुमत सदस्य सहमत भएका थिए ।

 

६ वर्षपछि सबैलाई पायक पर्ने स्थानमा केन्द्र सार्ने निर्णय भएको भन्दै १२ औं गाउँसभामा पनि बहुमतले नै निर्णय पारित हुने विश्वास अध्यक्ष उपाध्यायले दिँदै आएका थिए । तर, गाउँपालिकाको गत २०८० असार १० गतेको गाउँसभामा एकाएक बेग्लै परिदृष्य देखियो । बजेट, नीति तथा कार्यक्रमसँगै केन्द्र सार्ने प्रस्ताव पारित भएपछि सभामै उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुमाथि स्थानीयले आक्रमण गरी कुटपिट गरे । गाउँ सभामा ढुंगामुढा प्रहार भएपछि जनप्रतिनिधिलाई ज्यान जोगाउनै मुस्किल पर्‍याे । त्यसयता, नियमित कार्यपालिका बैठक बस्न सकेको छैन भने, जनप्रतिनिधि पनि विभाजित छन् । उनीहरुले सामाजिक सञ्जालमै असन्तुष्टि पोखिरहेका छन् ।

 

यस्तै, अध्यक्ष उपाध्यायले शुक्रबार गत गाउँपालिकाको १२ औं गाउँसभामा पालिकाको केन्द्र हेरफेरको प्रस्तावमाथिको निर्णयमा कानुनी हिसाबले मत विभाजनमा बहुमत नपुगेको जनाउँदै फेसबुकमा अर्काे स्टाटस लेखे । ‘गत बजेट अधिवेशनको गाउँसभामा सहमति नजिक पुगेपनि कानुनी हिसाबले मत विभाजनको डकुमेण्टमा हालसम्म आवश्यक दुईतिहाई सदस्यको हस्ताक्षर अहिलेसम्म प्राप्त हुन सकेन । मैले ठूलो जोखिम लिएर कार्यालय सबैको पायक पर्नेगरी केन्द्र तोक्ने विषयमा नेतृत्वदायी भूमिका खेल्दाखेल्दै पनि त्यो कुरा सम्भव हुन नसकेकोले अब एउटै विषयमा अनन्तकालसम्म छलफल बहस र विवाद गरिरहनु उपयुक्त देखिएन ।’

 

अध्यक्ष उपाध्यायले फेसबुकमा लेखेका छन्–‘मोहन्यालको विकास निर्माण लगायत जनताका आधारभूत जनजीविकाका काममा समय खर्च गर्न गाह्रो भयो । अब उप्रान्त एउटै विषयमा जनप्रतिनिधिहरु विभाजित हुनुभन्दा हाल कायम भएकै खिमडीमा थप संरचना बनाई स्थायी कार्यालय सञ्चालन गर्ने र सबै वडाबाट खिमडीसम्म आउने सडक पूर्वाधार निर्माणलाई तीव्रता दिएर खिमडीलाई सबै वडाको दूरीबाट छोट्याउने कार्य गर्नु नै हामी सबैको विकल्प हो भन्ने मेरो बुझाइ छ ।’

 

उनले लेखेको उक्त भनाइबाट उपाध्यायको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा पनि मत विभाजित छ । कतिपयले उनको भनाइमा समर्थन जनाएका छन् भने, ठूलो संख्यामा अध्यक्ष उपाध्यायविरुद्ध प्रश्न उठाउँदै आक्रोश पोखेका छन् । अध्यक्ष उपाध्यायले यस्तो स्टाटस लेखेपछि शनिबार बौनियामा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले विरोध जनाएका हुन् । उनीहरुले गाउँपालिका अध्यक्ष उपाध्यायको दादागिरी शैलीविरुद्ध एकजुट भएर अख्तियार र अदालत जाने चेतावनी दिएका छन् ।

 

उपाध्यक्ष र वडाध्यक्ष भन्छन्–‘अध्यक्षको रवैयाविरुद्ध अख्तियार र अदालत जान्छौँ’

 

मोहन्यालको केन्द्र सार्ने विषय थप जटिल हुने संकेत देखिएको छ । गत १२ औं गाउँसभाका बहुमत सदस्यको हस्ताक्षरसहित पारित भएको निर्णय गायब पारिएको भन्दै न्यायिक लडाइँमा जान बाध्य हुने यहाँका जनप्रतिनिधिले चेतावनी दिएका हुन् । शनिबार बौनियामा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले आपसी समझदारी गरी अघि बढ्न आग्रह गरेका छन् । मोहन्याल गाउँपालिकाका उपाध्याय कमलबहादुर साउँदले अध्यक्ष हिमशिखरको गैरजिम्मेवार अभिव्यक्तिले विवाद बढ्दै गएको बताएका छन् ।

 

‘गत असार १० गतेको गाउँसभाबाट मोहन्याल केन्द्र हेरफेर र बजेटको प्रस्ताव दुईतिहाई सदस्यको हस्ताक्षरसहित पारित भइरकेको छ । यो निर्णय हुबहु कार्यान्वयन हुनुपर्छ ।’ उपाध्याय साउँदले भने, ‘लामो समयदेखि विवादित मोहन्यालको केन्द्रका विषयमा अध्यक्ष हिमशिखर ज्युले जुन ढंगले पारित नभएको र कार्यालय खिमडीबाटै सञ्चालन गर्ने अभिव्यक्ति र फेसबुक स्टाटसले जनतामा नैराश्यता र भ्रमित बनाएको छ । गाउँ सभामा गएका दुबै प्रस्ताव पारित हुनुपर्छ । एउटा पारित हुने र अर्काे प्रस्ताव पारित नहुने हुँदैन । अध्यक्षको अभिव्यक्ति र बलमिच्याइँविरुद्ध कानुनी लडाइँका लागि भोलिदेखि नै हामी अख्तियार र अदालतमा जान्छौँ ।’

 

यस्तै, वडा नं.३ का वडाध्यक्ष नन्दराम गिरीले असार १० गतेको गाउँ सभामा २२ जनाले विपक्षमा र २८ जना सदस्यले भकुण्डेटारको पक्षमा मतदान गरेको उनले बताए । तत्कालीन पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीको समेत मिलेमतोमा योजनाबद्ध ढंगले सो निर्णयको पाना गायब गरिएको उनले आरोप लगाए ।

 

‘मोहन्याली जनतामाथि पटकपटक अन्यायपूर्ण ढंगले खेलबाड भएको छ । यसविरुद्ध हामी एकताबद्ध रुपमा अघि बढ्छौं ।’ वडाध्यक्ष गिरीले भने,–‘दुईतिहाईले पारित भएको डकुमेन्ट हामीलाई चाहिन्छ । निर्णयलाई ढिलासुस्ती नगरी प्रदेश र संघीय सरकारमा निर्णय तुरुन्तै पठाउनुपर्छ । एकहप्ताभित्र कार्यान्वयन नभए हामी संघर्षका जान्छौं ।’

 

किन बढ्दैछ केन्द्र विवाद ?

 

संघीयता कार्यान्वयनकै चरणमा २०७३ सालमा स्थानीय तहको पुनःसंरचना गर्ने क्रममा स्थानीय तहको नाम, साँध, सीमाना र केन्द्र हेरफेर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ५० भन्दा बढी निवेदन परे । राजनीतिक दलले आफ्नो स्वार्थअनुरूप वडाको सीमाना र केन्द्र तोकेको भन्दै सोको हेरेफरको माग गरिएपनि कार्यान्वयन हुन सकेन ।

 

त्यसयता, २०७४ मा पहिलोपटक स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए । स्थानीय तहको पुनर्संरचनाको क्रममा मोहन्यालमा वडा नम्बर २ को खिमडीमा गाउँपालिकाको केन्द्र तोकिएको थियो । शुरुमा साबिकका पण्डौन, सुगरखाल र मोहन्याल गाविस मिलाएर गाउँपालिका बनाइएको थियो ।

 

सोही क्रममा पालिका केन्द्रसम्म खिमडीसम्म पैदल हिँडेर ३/४ दिन लाग्ने र सेवाग्राहीलाई सेवा प्रदान गर्न सास्ती भएपछि पालिकाको केन्द्र पायक पर्ने ठाउँमा सार्न आवाज उठ्न थाल्यो । भौगोलिक विकटता, सेवा प्रवाहमा असहजता, भौतिक पूर्वाधार, टेलिफोन, स्वास्थ्य, बिजुली, खानेपानी, यातायात लगायतको पहुँच नभएकाले सबैलाई पायकपर्ने गरी केन्द्र सार्नुपर्ने माग उठ्यो । त्यसो त संघीयताको मर्म नै स्थानीय तहमा अधिकार विकेन्द्रिकृत गर्दै सेवासुविधामा जनताको सरल, सुलभ र सहज पुर्याउनु थियो ।

 

तर, २०७४ देखि नै मोहन्यालको केन्द्र सार्ने वा हेरफेर गर्ने प्रस्तावमा सहमति जुट्न सकेन । यसअघि गाउँपालिकाको ११ औँ गाउँसभामा गाउँपालिकाकोसहमति जुट्न सकेको थिएन । त्यसयता पटकपटक कार्यपालिका बैठक स्थगित भएको थियो ।

 

कस्तो छ केन्द्र हेरफेरमा कानुनी व्यवस्था ?

 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५, दफा ६ र ७ मा स्थानीय तहको सीमाना हेरफेरसम्बन्धी व्यवस्था छ । सो ऐनको दफा ५ मा वडाको साँध, सीमाना र केन्द्रसम्बन्धी व्यवस्था गरिएको छ भने, दफा ६ मा वडाको साँध र सीमाना हेरफेर गर्न सक्ने व्यवस्था रहेको छ । त्यसैगरी, दफा ७ मा गाउँपालिका वा नगरपालिका एक आपसमा गाभिन सक्नेसम्बन्धी व्यवस्था रहेको छ ।

 

यसरी स्थानीय तहको सीमाना हेरफेर वा गाभ्नका लागि पालिकाले दुई तिहाइ बहुमतको निर्णय गर्नुपर्ने हुन्छ । सो निर्णय प्रदेश सरकारमा पठाउनुपर्ने व्यवस्था छ । प्रदेश सरकारबाट पारित गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्ने र मन्त्रालयले सो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेपछि मन्त्रिपरिषद्को निर्णयबाट मात्रै वडा हेरफेर हुने कानुनी व्यवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ,  नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ ।अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ । सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा, चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९