बौनियाँमा घैटोफोड कार्यक्रम सम्पन्न,विजेताले पाए ५० हजार

आकाशे घैटोफोडे पछि ५० हजार मुडा गाउँले लियो : बर्दगोरियामा बृहत् घैटाफोड कार्यक्रम सम्पन्न

बौनिया । सडकपुर बौनिया युवा क्लबको आयोजनामा बिहीबारबाट बर्दगोरिया गाउँपालिका १ बौनियामा रहेको बसन्त मुरारी माध्यमीक विद्यालयमा सञ्चालन भैरहेको बृहत घैटाफोड कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा समावेश चार वटा खेलहरु मध्य सबैभन्दा महत्वपूर्ण र आर्कषक खेल आकासे घैटो फोड कार्यक्रम बिहीबार मुढा गाउँले फुटाएसंगै सो कार्यक्रम सम्पन्न भएको हो ।

 

युवाहरुको अभियान स्थानिय कला संस्कृतिको पहिचान भन्ने नारा दिईएको आकाशे घैटाफोड कार्यक्रम भाद्र २१ गतेका दिन सडकपुर बौनिया युवा क्लबको आयोजनामा हुने गरेको पाइन्छ।

 

कार्यक्रमको लागि बर्दगोरिया गाउँपालिका प्रबर्द्धक तथा बौनिया बजार व्यवस्थापन समिति र बसन्तमुरारी नमूना मावि सहयोगीका रूपमा रहेका थिए ।

 

आकाशे घैटा फोड्न मुडा गाउँको समूह सफल भएको छ । आकाशे घैटाफोडे संगै वडा नम्बर १ मुडा गाउँले ५० ह्जार नगद पुरस्कार समेत हात पारेको छ । यो संगै मुडा गाउँ लगातार ३ बर्ष फोडन सफल भएको छ । यसअघि बिहीबार सम्पन्न भएका खेलहरुमा म्युजिकल चेयर जुन महिलाहरुका लागि मात्र सञ्चालन गरीएको थियो त्यसमा सुबेक्षा थापा विजयी हुदा,भुई घैटो फोडमा भैराज बिक विजयी भएका थिए भने पाईप चड्ने कार्यक्रममा सुदिप चौधरी सफल भएका हुन् ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गणेश राज गिरिले क्लवले संस्कृति जोगाउन अहम भुमिका खेलेको बताउदै आगामी दिनमा अझ सक्रिय भएर लागुपदार्थ न्यूनीकरणमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।

 

विजेताहरुलाई बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरि (लालदीप) गाउँपालिका प्रवक्ता तथा वडा नं १ का वडा अध्यक्ष मिथुन गौतम , वडा नं. ३ का वडाध्यक्ष मनऋषि आचार्य, वडा नं २ का वडाध्यक्ष गोविन्द विक,वडा नम्बर ४ का वडाध्यक्ष जगत बहादुर शाही, ५ का वडाध्यक्ष भोलेराम चौधरी, कार्यपालिका सदस्य सरस्वती बि क लगायतकाले पुरस्कार प्रदान गरेका थिए ।

 

बौनिया बजारमा विगत लामो समयदेखी श्री कृष्ण जन्मा अष्टमीको भोलि पल्ट यो कार्यक्रम सञ्चालन हुदै आइरहेको छ । जसमा आकासे घैटो फोडको विजेताले ५० हजार ,पाईप चडाईको विजेताले ७ हजार एक सय ,भुईको घैटो फोडको विजेताले ५ हजार एक सय र कुर्सी दौड तथा म्युजीकल चेयरको वीजेताले ३ सय ५ सय रुपैया प्राप्त गरेका थिए । क्लबका महा-सचिव कृष्ण प्रसाद ओझाले सञ्चालन गरेको कार्यक्रम क्लबका अध्यक्ष जीवन वीसिको अध्यक्षतमा भएको हो ।

 

क्लबका वरिष्ठ उपाध्यक्ष धिरज शाहीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका बर्दगोरिया अध्यक्ष राम बहादुर साउद, बौनिया बजार व्यवस्थापन समिती अध्यक्ष अमर बम, वसन्त मुरारी नमुना मा वि का प्र अ भुमी प्रकाश बम, वसन्त मुरारी नमुना मा वि का बिधालय व्यवस्थापन समिती अध्यक्ष टंक कुँवर, सडकपुर बौनिया खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष भोजराज भट्ट ,क्लबका पुर्ब अध्यक्ष देव राज स्वार लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

 

बौनियामा घैटोफोड कार्यक्रम सञ्चालन हुँदा यहाँको व्यपार व्यवसायमा पनि बृद्धि हुने भएकाले विगतका वर्षहरुमा जस्तै एक दिन श्री कृष्ण जन्माअष्टीको भोली पल्ट कार्यक्रम संचालन हुँदै आएको छ। स्थानिय कलाकारहरुको सास्कृतिक नृत्य समेत रहेको थियो । बौनियाको आकाशे घैटाफोड अवलोकनका लागी कैलाली जिल्ला भरिका करिब १० हजार दर्शकले अवलोकन गरेको क्ल्वका महासचिव कृष्ण प्रसाद ओझाले वैज्ञानिक मिडियालाई बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा तीन दिने खोज पत्रकारिता तालिम सुरु, पत्रकारको क्षमता अभिवृद्धिमा जोड

कैलाली । पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ। असार ११ गतेदेखि बौनियामा सुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।   गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एवं वडा नम्बर १ का...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बर्दगोरियामा तीन दिने खोज पत्रकारिता तालिम सुरु, पत्रकारको क्षमता अभिवृद्धिमा जोड

कैलाली । पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ। असार ११ गतेदेखि बौनियामा सुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।   गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एवं वडा नम्बर १ का...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियामा तीन दिने खोज पत्रकारिता तालिम सुरु, पत्रकारको क्षमता अभिवृद्धिमा जोड

कैलाली । पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ। असार ११ गतेदेखि बौनियामा सुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।   गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एवं वडा नम्बर १ का...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९