डीएसपी थापालाई बौनियाँमा स्वागत, ‘शान्ति सुरक्षा पहिलो प्राथमिकता

बौनियाँ कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाकामा रहेको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बौनियाँको प्रमुखकाे रूपमा प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मण थापाले बुधबार देखि नेतृत्व सम्हालेका छन् । डिएसपी थापालाई बुधबार बिहान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बौनियाँ कार्यालयका सम्पूर्ण सशस्त्र प्रहरी पदाधिकारीहरू र स्थानीय जनप्रतिनिधिहरुले स्वागत गरेका छन् । 

 

 

यस अघि ४४ नम्बर गण दार्चुलामा कार्यरत रूपमा रहेका डिएसपी लक्ष्मण थापा सरूवा भएर नयाँ प्रमुखकाे रूपमा  बेश क्याम्प सम्हाल्न पुगेका हुन् । 

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बौनियाँ कार्यालयले गरेकाे स्वागत कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै डीएसपी थापाले आफू मातहतका अधिकृत तथा जवानहरूलाई निर्देशन दिँदै प्रमुखकाे रूपमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बौनियाँमा रहुन्जेल सबैसँग सहकार्य गरी अघि बढ्ने बताए ।

डिएसपी थापाले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बौनियाँको नक्शा भित्र रहेको ठाउँमा लागु औषध र सवारी दुर्घटना न्यूनिकरण देखि शान्ति सुरक्षा कायम राख्ने आफ्नो प्रमुख लक्ष्य रहेकाे समेत बताए ।

डिएसपी थापालाई बुधबार बिहान स्वागत गर्न पुगेका जनप्रतिनिधि र विभिन्न पार्टीका नेताहरुले आफ्नो गाउँ ठाउँको बारेमा जानकारी दिनु भएको छ जसमा
 (१) मुडा बाजार भन्दा अगाडी डिउटी हुनु पर्ने ।
(२) ड्रक्स नियन्त्रण गर्नु पर्ने ।
(३) शिकार खेल्नेलाई नियन्त्रण गर्ने ।
(४) चोरी तस्करी नियन्त्रण गर्नु पर्ने ।
(५) युवाहरुलाई गाँजा खाने टोलीलाई नियन्त्रण हुनुपर्ने ।
(६) धुम्रपान मध्यपान गर्ने लाई नियन्त्रण गर्नुपर्ने र
(७) मुढा बजारमा योन सम्बन्धि क्रियाकलाप लाई नियन्त्रण गर्नु पर्ने
लगाएका कुराहरु उठेका छन् । उक्त स्वागत कार्यक्रम बर्दगोरीया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारु, बर्दगोरीया गाउँपालिका वडा नं १ का वडा अध्यक्ष जयरुप खतिवडा, प्रदेश सभा २(ख)का सभापति तेज प्रताप मल्ल, नेपाली कांग्रेस बर्दगोरिया गाउँपालिका सभापति कृष्ण बिष्ट, ने.क.पा. माओवादीका सचिव कौश बहादुर महतारा,नेकपा एमाले बर्दगोरिया गाउँपालिका अध्यक्ष मधुकर सिजापति मगर, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर बम, लालीगुराँस सामुदायिक बनका सचिव यज्ञराज बान्तोला,समाज सेवी रामकृष्ण कठरिया, ईलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक भिम दत्त जोशी र अस्थायी ट्राफिक पोस्ट बौनियाका प्रहरी सहायक निर्देशक इन्द्रबहादुर खड्का लगायतका व्यक्तिहरू उपस्थिति रहेका थिए ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९