साना किसान कृषि सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न(भिडियो सहित हेर्नुहोस्)

बौनियाँ,कैलाली/कैलाली जिल्लाको बर्दगोरीया गाउँपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लि.को १६ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष पदमराज रिजालको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरीया गाउँपालिका वडा नं २ अध्यक्ष भिखु चौधरी रहनु भएको थियो कार्यक्रममा साना किसान कृषि विकास बैंक लघुवित्तीय संस्थाका प्रबन्धक रामजनक चौधरी विशिष्ठ अतिथि रहनु भएको थियो कार्यक्रम साना किसान कृषि सहकारी संस्थाको उपज उत्पादन संकलन प्रशोधन खाद्यान्नको कार्यालय साझामा सम्पन्न गरेको हो । साना किसान कृषि सहकारी संस्था सञ्चालक समितिका सदस्य भिम बिष्टले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष पूर्ण बहादुर बिष्टले सहकारीले साना किसानहरुको जिवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोले हजारौं जनताको जिवन शैलीमा परिवर्तन ल्याउने आधारलाई सबै मिलेर अगाडी बढाउनु पर्ने धारणा राखेका थिए । 

 

त्यसैगरी बार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्दै लेखा समीतिका संयोजक तेज प्रताप मल्लले १२ प्रतिशत ब्याजदरमा कर्जा लिएर १४ प्रतिशतमा लगानी गर्नुले संस्था सञ्चालनमा आर्थिक अभावको अवस्था सृजना हुन सक्ने औल्याउँदै कम ब्याजदरमा कर्जा लिएर सहुलियतमा किसानहरुलाई कर्जा प्रवाह गर्ने व्यवस्थाको खोजी गर्नु पर्ने बताए । 

त्यसैगरी प्रमुख अतिथी भिखू चौधरीले सहकारी हाम्रो हो भनेर किसानहरुको सहकारी प्रतिको मानोकांक्षामा खुशी प्रकट गर्दै सहकारी र सहकार्यले जति ठुला कामहरु पनि सहज ढंगले गर्न सकिने धारणा राख्दै सबैले सहकारी र सहकार्यको बाटो अवलम्वन गरी आयआर्जन सँग जोडिएर अगाडी बढ्नुपर्ने धारणा राखे किसानहरुले जुन उद्देश्य प्राप्तीको लागि कर्जा लिएको हो सो उद्देश्यमा लगानी गर्नु पर्नेमा जोड दिनु भएको थियो । उनले कर्जा लिए पछि आयमूलक क्षेत्रमा लगाउन सकिएन भने लिएको कर्जा पनि तिर्न सक्ने अवस्था नरहने बताउँदै आयआर्जन बढाउने कार्यहरु जोड दिनुपर्ने बताउनु भयो। 
 

कार्यक्रममा अध्यक्ष पदमराज रिजालले भने नेपाल कृषि प्रधान देश भएको र ७० प्रतिशत जनताहरु कृषि पेशामै निर्भर रहेकोले कृषि र कृषकहरुको जिवनस्तर उकास्न सहकार्य गर्ने उद्देश्यले सहकारी स्थापना भएको बताउँदै आर्थिक समृद्धिको लागि आधुनिक कृषि प्रणाली प्रमुख श्रोत भएको बताए । उनले ग्रामिण क्षेत्रमा विद्यमान गरिबी, बेरोजगारी समस्यालाई न्यूनिकरण गर्दै साना तथा भूमिहीन किसानहरुको आर्थिक, सामाजिक संस्कृतिलाई रुपान्तरण गरी आर्थिक समृद्धि ल्याउनु प्रमुख उद्देश्य भएकोले त्यसमा देखिएका कमीकमजोरीमा घचघचाएर सुधारको लागि सुझाव दिन आग्रह गरे ।

कार्यक्रममा नियमित रूपमा बचत कर्ताले ५० हजार खातामा राख्ने १० जना लाई कदर पत्र प्रधान गरिएको थियो त्यस्तै असल बचत कर्ता ६५ जनालाई प्रमाण पत्र प्रदान गरिएको छ र कार्यालयलाई मर्यादित ढङ्गले अगाडि बढाएको भन्दै मुख्य प्रबन्धक र कार्यालय सहयोगीलाई कदरपत्र प्रदान गरिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९