बौनियाँ,कैलाली/"सुख र सम्बृद्धिको आधार ,सबैका लागि स्वरोजगार ”भने मूल नाराका साथ स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बर्दगोरीया गाउँपालिका वडा नं १ सडकपुर बौनियाँ कैलालीले बौनियामा सीपमूलक तालिम सञ्चालन गरेको छ । संस्थाले यही पुष १८, र १९ गते दुई दिनको सीपमूलक तालिम सञ्चालन गरेको हो । संस्थाले शाखा कार्यालय बौनियाँमा आबद्ध सदस्यहरु मध्ये १८३ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा सीपमुलक चुरा बनाउने तालिम प्रदान गरेको हो ।
तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख नवीन थापाले तालिमबाट यस क्षेत्रका महिला सदस्यहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उक्त तालिमबाट सहभागीहरुले कम लागतमा चुरा बनाउने तरिका, बजारीकरणलगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए ।
यो भन्दा पहिले स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बौनियाँले दाल मोट भुजिया तालिम सञ्चालन गरेको थापाले बताउनु भएको थियो । थापाका अनुसार दाल मोट भुजिया तालिम सिकेर संस्थाका सदस्यहरुले विभिन्न मेला महोत्सवमा बिक्री वितरण गरी जिविको पार्जन गरेको आफनै आँखाले देख्न पाउँदा खुशी लागेको थापाले अनमोल अनलाईन टेलिभिजनलाई बताए ।
हालै संस्थाले महेन्द्रनगर जिल्लाको झलारीमा १३० जना महिला,कैलालीको गोदावरीमा ९६ जना तथा कञ्चनपुर पुनर्वासमा १२५ जना, र चौमाला १२०, सदस्यहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमूख थापाले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट सञ्चालन गरी सदस्यहरुको सीप अभिवृद्धिका लागि संस्था क्रियाशील रहने विचार व्यक्त गरे । सीपमूलक तालिम कार्यक्रममा वित्तीय संस्थामा राजु पासवानले प्रशिक्षण दिए ।
नेपाल राष्ट्र बैंकबाट( घ) वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त स्वरोजगार लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालय काठमाडौंको वनेपामा स्थापना गरी २०६६ साउन ८ गतेबाट कारोबार सुरु गरेको हो । हालसम्म संस्थाले ४५ वटा जिल्लाहरुका ९१ शाखा कार्यालयहरु मार्फत करिब १ लाख २० हजारभन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । हालसम्म संस्थाले मिति २०७८असोज महीना सम्मको रेकर्ड अनुसार करिब ६ अर्ब ३८ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट २ अर्ब ७४ करोडभन्दा बढी निक्षेप सङ्कलन गरेको छ ।

































































































































































