Baigyanik Media

Advertisement

Skip Ad

पद नपाएकै कारण पार्टी परित्याग गर्नु जनतालाई धोका दिनु हो:सांसद साउँद

बौनियाँ,कैलाली/सुदूरपश्चिम प्रदेश सांसद एवम् नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य नन्द बहादुर साउँद राजेन्द्रले पद नपाएकै कारण पार्टी परित्याग गर्नु जनतालाई धोका भएको बताएकाछन् । असल माओवादी कार्यकर्ताले अवसरबादी राजनीति गर्न नहुने साउदले बताए । साथै साउदले जनयुद्धबाट प्राप्त परिवर्तन लाई संस्थागत गर्नुपर्ने बताएकाछन् । नेकपा माओवादी केन्द्र लम्कीचुहा नगरपालिका ६ नम्बर वडाको स्याउले बजारमा शुक्रबार भएको पार्टी कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा साउँदले यस्तो बताएका हुन ।

 

कार्यक्रममा वडा कमिटिका अध्यक्ष ढक बहादुर बिकले नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीमा निवार्चित भएका राजेन्द्र साउँद र बिष्ना बिसी सपना लाई फूलमाला र दोसल्लाले सम्मान गरेका थिए ।

पार्टी कार्यालय उद्घाटन समारोहमा प्रमुख अतिथि समेत रहेका साउदले विचार बाट पतन भएकाहरुले पद नपाएपछि पार्टी छोडेको बताए । अवसरवादी जहाँ गएपनि धोका मात्र दिने बताउदै जनयुद्धबाट आएका माओवादीले पद नयाएकै भरमा अरु पार्टीमा लाग्नु भनेको जनता माथि गद्दार गर्नु बाहेक अरु केही नभएको बताए । सधैं अवसरवाद र पदकै लागि मरीहत्ते गर्ने जोकोही हुन उनीहरु सच्चा माओवादी हुनै नसक्ने उनले बताए ।

 

कार्यक्रममा सम्मानित भएकी प्रदेश कमिटी सदस्य बिष्ना बिसी सपनाले माओवादीले सुरु गरेको दशबर्षे जनयुद्धकै कारण देशमा परिवर्तन आएको बताईन् । माओवादीले ल्याएको परिवर्तन गुम्ने खतरातर्फ सचेत हुँदै सबै एक भएर देश र जनताको पक्षमा उभिने बेला आएको उनले बताईन् ।

जनयुद्धबाट प्राप्त अधिकार लाई जनताको बीचमा लैजानु पर्ने भन्दै माओवादीको यो देशमा जीत भएकोले सबैले गर्व गर्नुपर्ने बिसीले बताईन् । उनले भनिन् –‘देश माओवादीकै एजेन्डामा अगाडी बढेकोले आगामी निवार्चनमा बहुमत ल्याएर एक नम्बर पार्टी बनाउने तर्फ सबै कार्यकर्ता सक्रिय भएर लाग्नुपर्छ ।’ सहिदका सपना र जनताको त्याग तपस्याको सम्मान गर्न साझा विचारका साथ पार्टी निमार्णमा लाग्नु पर्नेमा उनले जोड दिईन ।  

 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका राम बहादुर बिक, लोग बहादुर बिक, भीम केसी, कल्पना बिक, राम बहादुर रोकाया, धर्मदत्त न्यौपाने लगायतकाकाले मन्तब्य राखेका थिए ।

 

ढक बहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य जुनिता सार्कीले गरेकी थिईन भने संचालन वडा सचिब सन्तलाल चौधरीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा

कञ्चनपुर,  यहाँको दोदा नदीमा निर्माणाधीन पुलका काम ९० प्रतिशत कार्य पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको काम भइरहेको छ । हालसम्म पुलको ‘सुपरस्ट्रक्चर’को कार्य पूरा भएको र अब पुलको...

नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक होः सभामुख घिमिरे

काठमाडौँ,  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ ले सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका...

आज अमेरिकी डलर स्थिर रहँदा यूरो र पाउण्डको भाउमा सामान्य गिरावट

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

मिथिलामा आज ‘भैयादुज’ पर्व

महोत्तरी, महोत्तरीसहित तराई-मधेशका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ । सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शनिबार नै मनाइँदा...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा,  यही कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने कार्य भइरहेको बताउनुभयो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९