भारतबाट कैलालीका एक युवाले गरे वडाअध्यक्षमा उम्मेदवारी घोषणा

बौनियाँ- स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० मा हुने पका भएपछि कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा पुष्पराज गौतमले उम्मेदवारी दिने घोषणा गरेका छन् । हाल सम्म कुनै पनि राजनीतिक दल निकट नभएको बताउने उनी स्वतन्त्र रूपमा उम्मेदवारी दिने बताएका हुन ।

 

गौतम भनु हुन्छ सुरुमा हामीले पनि नेतृत्व गर्न सकौला र भन्ने लाग्थ्यो पालिकाका विभिन्न पदमा बसेकाहरूको काम गर्ने शैली देखियो । व्यापक अनियमितता, आफन्तबाट र निहित स्वार्थ बाहेक केही छैन । जनताका समस्या गए भाडमा, आफ्नै दुनो सोझ्याउन मै व्यस्त छन् सबै । उनीहरू भन्दा म नै राम्रो काम गर्न सक्छु भन्ने लागेर मैले उम्मेदवारी दिने घोषणा गरेको हु ।”     

 

राजनीतिक दलहरूको झोला बोक्दै उनीहरूको स्वार्थ पुरा गर्न टायर बाल्ने देखी ढुङ्गा मुडा हान्ने कामहरूमा प्रयोग हुने युवा शक्तिले अव भने सचेत बन्दै आफै नेतृत्वमा आउनु पर्ने उनको धारणा छ । उमेरले २३ वर्ष पुगेका गौतम स्थानीय नेपाल प्रबास स्वतन्त्र युवा संगठनका केन्द्रीय सचिव पनि हुन । खेलकुद तथा विभिन्न सामाजिक कामहरूमा सक्रिय देखिने उनी युवा पुस्ताका लाेकप्रिय युवा पनि हुन । 

 

गौतमको भनाई अनुसार आगामी ५ बर्षमा बर्दगोरिया गाउँपालिका वडा नं ३ लाई देशभरिकै उत्कृष्ट र नमूना वडा बनाउने उनले उदघोष गरेका छन् ।

 

‘आर्थिक समृद्धिको पहिलो आधारः व्यवस्थित वडा’ भन्ने मूल नाराका साथ स्वतन्त्र उमेद्वार दिने गौतमले सोमवार भारतको मुम्बईको थाना शहर बाट गौतमले अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिनु भएको हो ।

 

हचुवाका भरमा लागू गरिएको सम्पति करलाई वर्गीकरण गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति कडाईका साथ लागू गर्ने, डुवान र नदीनाला अतिक्रमण हटाई व्यवस्थित वडा बनाउने, वडा नं ३ लाई विषादीयुक्त फलफूल, तरकारी तथा खाद्यान्न मुक्त गरी अग्र्यानिक कृषि उब्जनी केन्द्र बनाउने लगायतका चुनावी एजेण्डा उनले सार्बजनिक गरेका छन् ।

 

सडकहरुको स्तरोन्नती गर्ने, अल्पसंख्यक समुदायको रुपमा रहेका समुदायको संस्कृति संरक्षणका लागि संग्रहालय स्थापना गरिने लगायतका विषयमा गौतमको भनाई रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९