मेरा एजेण्डामा सबै राजनीतिक दल र अभियन्ताको समर्थन छः एनआरएनए अध्यक्षका उम्मेदवार आरके शर्मा

शर्मालाई समर्थन गर्दै उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष जोडिए अभियानमा

काठमाडौं ।, गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदका उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले आफुलाई सबै दल तथा एनआरएनएहरुको समर्थन रहेको बताएका छन् । शर्माले आफ्नो टिम सार्वजनिक गर्दै सरकार प्रमुख देखि सबै राजनैतिक दलले आफ्ना एजेण्डालाई साथ दिएको बताएका हुन् । उनले शुक्रबार नै आफनो उम्मेदवारी दर्ता पनि गराएका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्मालाई प्रधानमन्त्री प्रचण्डको समर्थन रहेको भन्ने आरोपमा उक्त जवाफ दिएका हुन् । उनले विगतदेखि नै सरकारसँग नजिक रहेर काम गरेको हुँदा पुर्व प्रधानमन्त्रीहरुदेखि सबै राजनीतिक दलसँग नजिकको सम्बन्ध रहेको बताएका हुन् ।

शर्माले आफ्नो बाचापत्रमा मध्यपूर्व, युरोप, अमेरिकालगायत संसारभर बस्ने एनआरएनएहरुलाई समेट्ने योजना रहेको बताएका छन् । उनले आफ्नो चुनावी बाचापत्रलाई निर्वाचित भएको खण्डमा इमान्दार भएर पुरा गर्न लागि पर्ने समेत प्रतिवद्धता जनाए । शर्माले आफूसँग मध्यपूर्वसहित विश्वभरका एनआरएनएलाई एकताबद्ध बनाउने एजेन्डा रहेको बताएका छन । कतिपयले क्षेत्रीय एजेन्डा बोकेर हिँडेको आरोप लगाएको प्रति संकेत गर्दै शर्माले आफूसँग विश्वभरकै एनआरएनएलाई एकताबद्ध बनाउने र संस्थालाई गति दिने एजेन्डा रहेको बताएका हुन् ।

‘मेरो बाचापत्र हेर्नुभयो भने संसारभरका नेपालीलाई समेटेर जाने योजना समेटिएको छ । मध्यपूर्वले एनआरएनएको २० वर्षे अभियानमा हालसम्म नेतृत्व नपाएकाले हामीलाई सबै अभियन्ताहरूले साथ दिनुपर्छ भन्नेमात्रै हो’, उनले भने,  ‘सबै अग्रज, अभियन्ता तथा सहकर्मी साथीहरु सकारात्मक पनि हुनुहुन्छ ।’उनले आफूलाई अमेरिका, अस्ट्रेलिया, युरोपलगायतका देशबाट सकारात्मक प्रतिक्रियाहरु आइसकेको भन्दै पुरै टीमले नै चुनाव जित्ने विश्वास व्यक्त गरेका छन् ।

२४ महिनामा २४ वाचासहित आफू चुनावी मैदानमा खडा भएको उल्लेख गर्दै शर्माले आफ्नो पहिलो प्राथमिकता एनआरएनएहरुबीचको एकता भएको पनि बताए । त्यसका लागि आफूले इमान्दार पहल गरेर सबै अभियानबाट बाहिर रहेका एनआरएनएहरुलाई पनि एउटै मालामा उन्न पहल गर्ने उनको भनाइ थियो ।

‘केही समययता, गैरआवासीय नेपाली संघमा एकता छैन । त्यसले हाम्रो लक्षित उद्देश्य हासिल गर्नमा बाधा पु¥याएको छ’, शर्माले भने, ‘यसलाई जसरी पनि एकजुट गराउनु पर्ने दायित्व हाम्रो काँधमा आएको छ । मैले निरन्तर रुपमा प्रयास गरिरहेको छु, एकजुट गराएरै छाड्ने प्रण पनि गरेको छु ।’एनआरएनएका उपाध्यक्ष डिबी क्षेत्रीले सबैको अपनत्व गराउन श्रमिकको मुद्दालाई स्थापित गर्न र सबैको अपनत्वको बढाउन आर शर्माको नेतृत्व आवाश्यक भएको बताए । उनले मध्यपुर्व भोट बैंक मात्र नभएर एनआरएनएको नेतृत्व हाक्न सक्ने भएको प्रमाणित गर्नुपर्ने औल्याए ।

शर्मालाई समर्थन गर्दै उपाध्यक्षका उम्मेदवार बनेका वर्तमान आइसीसी सचिव मलेसियाका खगेन्द्र न्यौपानले शर्माले पेश गरेको २४ महिना २४ बाचा नै आफ्नो एजेण्डा रहेको र शर्मासहित आफू उपाध्यक्षमा निर्वाचित भएमा त्यसलाई कार्यान्वयन गर्ने बताए ।वर्तमान उपाध्यक्ष जापानका रोविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द) ले काम गर्ने व्यक्ति र एजेण्डालाई स्थापित गराउनको लागि आरके शर्मालाई समर्थन गरेर उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

नेदरल्याण्डका शशी पौडेलले एनआरएनए सबै बिचारको संगम भएको भन्दै आरके शर्मा अध्यक्षमा निर्वाचित भएमा मात्र त्यो पूरा हुने हुँदा आफू समर्थन गरेर उपाध्यक्षको उम्मेदवार भएको बताए ।‘राजनीति गर्ने संस्थाहरु अरु पनि धेरै छन्, म आफू बिचारले कांग्रेस निकट छु,” पौडेलले भने, “शर्माले सारेको एजेण्डाले सबै पक्षलाई बिचारलाई समेटेको छ।”अष्ट्रेलिया अभिमानसिंह बस्नेतले आफूले अस्ट्रेलियामा सामाजिक कामका योजनासहित समुदायका काम गर्ने योजना अगाडि बढाएको त्यो एजेण्डा आरके शर्माले बोकेको हुँदा समर्थन गर्दै उपाध्यक्षको उम्मेदवार बनेको बताए । उनले १५ लाख डलरमा अस्ट्रेलियामा पशुपतिनाथ र बौद्धस्तुपा बनाउनको लागि योजना अगाडि सारेको पनि जानकारी दिए उपाध्यक्षका अर्का उम्मेदवार राज रेग्मीले शर्माको उम्मेदवारीलाई समर्थन जनाएर उपस्थिति जनाए थिए ।

कतारका अब्दुल बासिदले युवाको प्रतिनिधित्व बढाउने योजना आरके शर्माको रहेको हुँदा देशभित्र आफू शर्मालाई समर्थन गरेर युवा उपाध्यक्षको उम्मेदवार बनेको बताए ।कतारका प्रविण गुरुङले एनआरएनएलाई समावेशी तथा सम्बृद्ध बनाउने एजेण्डा सहित आरके शर्मा आएको हुँदा उनलाई समर्थन गर्दै उपमहासचिवमा उम्मेदवारी दिन लागेको बताए ।सचिवका उम्मेदवार बेल्जियमका लोक दाहालले एनआरएनए संस्थामा पारदर्शीता र दोस्रो पुस्तालाई अभियानमा अगाडि बढाउने योजना आरके शर्माले २४ महिना २४ बाचा सहित योजना अगाडि सारेको हुँदा आफूले शर्मालाई समर्थन गरेर सचिवमा उम्मेदवारी दिएको बताए ।

सचिवका उम्मेदवार जापानका टंक गैरेले सानो लगानीमा नेपालमा सानो लगानीमा धेरै योजना बढाउने योजना आरके शर्माले ल्याएको हुँदा आफूले उनलाई समर्थन गरेर सचिवमा उम्मेदवारी दिएको बताए ।सचिवका उम्मेदवार युएईका मनोजकुमार श्रेष्ठ (गोर्खाली) ले सहमति गैरआवासीय अभियानमा एकताको एजेण्डा आरके शर्माले सारेको हुँदा उनलाई समर्थन गरेर सचिवको उम्मेदवार बनेको बताए ।सचिवका उम्मेदवार अमेरिकाका आरसी पोखरेलले एनआरएनए सचिवालयको पुनरसंरचनालाई परिवर्तन गर्ने एजेण्डा आरके शर्माले ल्याएको हुँदा शर्मालाई समर्थन गरेर सचिवमा उम्मेदवार बनेको बताए ।कोषाध्यक्षका उम्मेदवार ठाकुर ढुंगानाले एनआरएनएलाई पारदर्शीता र कोषको आकार बढाउने योजना अन्तर्गत आरके शर्मालाई समर्थन गरेर उम्मेदवारी दिन लागेको बताए ।महिला संयोजकका उम्मेदवार क्यानडाकी देविका केसीले लोकसंस्कृति अगाडि बढाउन आरके शर्मालाई समर्थन गरेर उम्मेदवारी बनेको बताइन ।शर्माको टिममा रहने उम्मेदवारहरुलाई समेत परिचय गराइएको छ । जसअनुसार उपाध्यक्ष पदमा खगेन्द्र न्यौपाने, रोविन्द्र प्रसाद श्रेष्ठ गोविन्द, राजु रेग्मी राज, विजय मोक्तान, अभिमानसिंहलगायतका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल

काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...

अव्यवस्थित तार हटाइँदै

चितवन,  भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । महानगरपालिका र जिल्ला प्रशासन कार्यालयसहित सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएसँगै तार हटाउन सुरु गरिएको हो ।   भरतपुर महानगरपालिकाका इन्जिनियर सुरेश बोटका अनुसार इन्टरनेट प्रदायक संस्थाका कर्मचारीहरुले आफ्नो...

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न नयाँ फिडर थप

राँझा (बाँके),  नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले विद्युत् आपूर्ति सुधार गर्न पाँचवटा नयाँ फिडर थप गरेको छ ।सोह्र वटा फिडरबाट आपूर्ति हुँदै आएकामा नेपालगञ्जमा हुने गर्मीलाई मध्यनजर गर्दै पाँचवटा नयाँ फिडर थप गरेर विद्युत् आपूर्ति सुधारलाई निरन्तरता दिएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल

काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...

किरणराज ढुङ्गाना र मिना जैशीद्वारा विवाहको अवसरमा १० लाखको बीमा योजना खरिद

कैलाली । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनजस्ता विशेष अवसरहरूमा तडकभडकपूर्ण खर्च गर्ने प्रवृत्तिभन्दा भविष्य सुरक्षित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने संस्कार समाजमा विस्तारै बढ्दै गएको छ। यसले बचत गर्ने बानी, आर्थिक अनुशासन तथा सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरू बताउँछन्।     यसैक्रममा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

युवा समाजसेवी खेम जोशी लागू औषध दुर्व्यसन रोक्न मैदानमा, युवालाई ४३ हजार बराबरको खेल सामग्री वितरण

कैलाली — पछिल्लो समय ग्रामीण क्षेत्रमा युवा तथा बालबालिका लागू औषध दुर्व्यसन, कुलत तथा मोबाइलको अत्यधिक प्रयोगतर्फ आकर्षित भइरहेका बेला कैलालीका युवा समाजसेवी खेम जोशीले खेलकुदमार्फत समाज परिवर्तनको अभियान सुरु गरेका छन्।   बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तथा जोशीपुर गाउँपालिका वडा नम्बर ६ र ७...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

बेनी (म्याग्दी),  यहाँको बेनी नगरपालिका–३ भकिम्लीमा पशुपालन गर्ने किसानका घरदैलोमा पुगेर पशुपन्छीको उपचार गरिएको छ । सदरमुकाम बेनीबाट भौगोलिक रूपमा टाढाको दूरीमा पर्ने भकिम्लीमा निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरेर नगरपालिकाले घरदैलोमै पशुपन्छीको उपचार गरेको हो ।     आइतबार आयोजित शिविरमा ७७ जना...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९