डाँफे ग्रामीण विद्युत सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुरमा संचालित डाफे ग्रामीण विधुत सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । शुक्रबार वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडाले नवनिर्मित तीन कोठे पक्की भवनको उद्घाटन गरेका छ्न ।

कार्यक्रममा यहाँका स्थानीय जनप्रतिनिधि ,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ,समाजसेवी ,बुद्धिजीवी लगाएतको उपस्थिति रहेको थियो ।

डाफे ग्रामीण विधुत सहकारीले आफ्नो स्थापनाको झन्डै १६ वर्षपछि आफ्नो पक्की भवन निर्माण गरेको हो । झण्डै ११ लाखको लगानीमा तीन कोठे भवन बनेको संस्थाका अध्यक्ष चक्र बहादुर विष्टले जानकारी दिए । यसअघि आफ्नो भवन नहुदा संस्थाले भाडाको घर प्रयोग गरि सेवा प्रदान गर्दै आएको थियो । संस्थाले आफ्नै पक्की भवन निर्माण संगै सेवा समेत सोही भवनबाट दिन सुचारू गरेको छ ।

भवन निर्माण पश्चात् सेवा प्रवाहमा थप सहजता हुने अध्यक्ष विष्टले बताए । यसअघि भाडाको घरबाट सेवा सुचारू गर्दै आएको संस्थाले अब मासिक भाडा तिर्नुपर्ने अबस्थाको अन्त्य भएको छ,भने सो मासिक भाडा अब संस्थाको आम्दानी हुने भएको छ । संस्थामा हालसम्म ६ सय ३६ उपभोक्ता छ्न ।

संस्थाले घटायो विधुत महसुल
डाफे ग्रामीण विधुत सहकारी संस्थाले विधुत महसुल समेत घटाएको जनाएको छ । पछिल्लो समय संस्था आम्दानीमा वृद्धि हुदैगएपछि उपभोक्ताको हितको निम्ति विधुत महसुलमा समेत हेरफेर गरेको छ ।

यसअघि प्रति युनिट ७ रुपैयाँ महसुल लिने गरिएकोमा चैत्र महिनादेखि लागू हुनेगरी प्रति युनिट ६ रुपैयाँ ५० पैसा कायम गरिएको संस्थाका अध्यक्ष विष्टले बताए । जसबाट आम उपभोक्तालाई केही राहात हुने अपेक्षा गरिएको छ ।

उपभोक्ता मैत्री बन्दै डाफे ग्रामीण विधुत
उपभोक्ताको माग र प्राथमिकताको आधारमा सहकारी संस्थाले आफ्नो सेवा क्षेत्रभित्र मुख्य सडक, सहायक सडक क्षेत्रमा विद्युत विस्तारको लागि पहिलो चरणमा पोल गाड्ने काम गरेको थियो । तत्पश्चात सस्थाले आफ्ना उपभोक्ता, यस क्षेत्रमा शान्ति सुरक्षा, पैदल यात्रीलाई आवतजावतमा सहजता र रात्रिको समयमा उज्यालोको व्यवस्थापनका लागि आफ्नो सेवा क्षेत्रभरी सडक बत्ती जडान गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९