नेपाली काँग्रेसका स्वर्गीय नेता कामीप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त

बौनियाँ-नेपाली काँग्रेसको राजनीतिमा सक्रिय नेता तथा पूर्व वडा उपसभापति देवबहादुर कामीको हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । गएको शनिबार निधन भएपछि आज उहाँको पार्थिव शरीरमा नेपाली काँग्रेस बर्दगोरिया गाउँपालिका र वडास्तरका नेताकार्यकर्ताले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

 

 

उहाँको निधनमा शोक व्यक्त गर्दै उहाँले समाज र पार्टी संगठन निर्माणमा पुर्याएको अतुलनीय योगदानको नेताकार्यकर्ताले स्मरण गर्नुभयो । स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उहाँ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लाग्नु भएका उहाँ अघिल्लो कार्यकालमा वडा कार्यसमितिको उपसभापति भइसक्नु भएको थियो भने, हाल क्रियाशील सदस्य समेत रहनुभएको नेपाली काँग्रेसले जनाएको छ । 

 

४३ वर्षको उमेरमा उहाँको उपचारकै क्रममा निधन भएको हो । वि.सं. २०३६ साल साउन २६ गते सुर्खेतको बेतान गाविस वडा नम्बर ५ मा बुवा डम्मरे कामी र आमा अपुसरादेवी कामीका कोखबाट जन्मिएका देवबहादुर कामीले समाजसेवा, नेपाली काँग्रेस पार्टी संगठन र लोकतन्त्रप्रति आस्था राख्दै लोकतान्त्रिक संघर्ष र योगदान पुर्याउनु भएको पार्टीले जनाएको छ ।

उहाँको असामहिक निधनले एक कुशल समाजसेवी, राजनीतिकर्मी गुमाएको र यसबाट समाज र पार्टी संगठनलाई अपूरणीय भएको जनाउँदै शोक सन्तप्त परिवारजनमा गहिरो दु:ख र सहानुभूति व्यक्त गरेको नेपाली काँग्रेसले जनाएको छ ।

भिडियो सहित 

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज (पर्सा) : जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको करिब रु एक अर्ब १५ करोड बराबरको क्षति भएको दाबी गरिएको छ । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट महानगरको मुख्य भवनसहित विभिन्न संरचना र...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी । ‘जेनजी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न महानगरपालिकाले आग्रह गरेको छ । महानगरले आज सार्वजनिक सूचनामार्फत यही भदौ २४ गते आगजनी तथा तोडफोड गरी लुटिएका सवारीसाधन, टेलिभिजन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचरलगायत सामग्री सम्बन्धित निकाय वा नजिकको...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९