गाजाको अल– कुड्स अस्पताल नजिक इजरायली हवाई हमला

गाजा। उत्तरी गाजाको ताल अल–हवा क्षेत्रमा अवस्थित अल– कुड्स अस्पतालको आसपास तोपखाना र हवाई आक्रमणका आवाज सुनिएका छन् । प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले अल– कुड्स अस्पतालको वरपरको उत्तरी गाजाको ताल अल–हवा क्षेत्रमा लगातार तोपखाना र हवाई आक्रमणहरू भईरहेको रिर्पोट गरेको छ ।‘जसका कारण भवनहरु काँपिरहेको छ र विस्थापित नागरिकहरू र काम गर्ने टोलीहरूले डर र त्रासको अनुभव गरिरहेका छन्,’ रेड क्रिसेन्टले सामाजिक सञ्जाल पोस्टमा भन्यो।

 

सो अस्पतालले हाल गाजाका सयौं बिरामी र १२ हजार भन्दा बढी विस्थापित नागरिकहरूलाई आश्रय दिइरहेको छ । सोमबार रेड क्रिसेन्टले भने कि इजरायलले तत्काल अस्पताल खाली गर्न चेतावनी दिएको थियो। तर, मानव अधिकार विशेषज्ञहरूले चेतावनी दिएका छन कि अस्पतालको सुविधामा प्रत्यक्ष प्रहार युद्ध अपराध हुनेछ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१