अनलाइन कक्षा कति घन्टा, कसरी पढाउनु ठीक?

अनलाइन कक्षा सुरू भएको अनलाइन कक्षाले धेरै प्रश्न जन्माएका छन् जसको जवाफ मिलिसकेको छैन।

साना केटाकेटीलाई लामो समय स्क्रिन अगाडि राख्नु आँखाका लागि मात्र नभई मानसिक स्वास्थ्यमा समेत हानिकारक हुने विभिन्न अध्ययनको निष्कर्ष छ।

नेपालमा पनि सरोकारवालाहरूले इच्छाविपरीत बालबालिकालाई लामो समय मोबाइल कम्प्युटरअघि नराख्न सुझाव दिइरहेका छन्। हामीकहाँ धेरै स्कुलले प्ल-ग्रुपकै विद्यार्थीलाई डेढ-दुई घन्टा अनलाइन पढाइरहेका छन्। तीन-चार कक्षाले त तीन-चार घन्टै बस्नुपर्छ।

बानी नपरेका विद्यार्थीहरू एक्कासि यतिका समय स्क्रिन अगाडि बस्ने बाध्यता आइपर्दा धेरैलाई समस्या भएका छन्।उनीहरूका आँखा एकोहोरो स्क्रिनमा राख्दा टट्टाउँछन्। घरमा बस्ने तरिका नमिल्दा जिउ दुख्छ। अनलाइनमा देखेका शिक्षकमाथि ध्यान केन्द्रित गर्न पनि कठिन छ।

केही विद्यार्थीले केटाकेटीकोलममा अनलाइन कक्षाले दिएको सकस लेखेका छन्। तर सबै केटाकेटीले आफ्ना कुरा भन्न सक्दैनन्। अनलाइन कक्षालाई स्कुलमा लिइने कक्षाकै रूपमा लिन सक्छन्। कक्षामा उपस्थित हुनै पर्ने दबाब महशुस गर्छन्।

शिक्षाविद् केदारभक्त माथेमा धेरै घन्टाका अनलाइन कक्षा पट्यारलाग्दो र दबावमूलक हुने बताउँछन्। यस्ता सिकाइले पढाइलाई बोझ ठान्ने सोचको विकास हुने उनको भनाइ छ।

केही समयअघि अनलाइन कक्षाबारे अनमोल अनलाईन टेलिभिजन l सँग कुरा गर्दै उनले भनेका थिए,यो कुनै योजनाबिना लागू गरिएको सिकाइ विधि हो। विद्यार्थी अभिभावक मात्र होइन, शिक्षकहरू पनि यसका लागि तयार छैनन्। माथिल्लो तहका विद्यार्थीलाई केही दिन रमाइलो भयो, सानालाई भने स्क्रिनमा बस्न गाह्रो भयो।

दिनकै चार-पाँच घन्टा ल्यापटप वा मोबाइल अगाडि घोरिएर बस्दा उनीहरूलाई हुने सकसबारे अभिभावक र स्कुल दुवै बेखबर देखिएका छन्।

उसो भए विद्यार्थीलाई अनलाइन कक्षै नपढाउने?

अमेरिका र भारतका केही नीति हेरेर केही हामीले केही सिक्न सक्छौं। अमेरिका र भारतका विभिन्न राज्यले अनलाइन सिकाइ समयका मापदण्ड बनाएका छन्।

भारतीय मानव संसाधन विकास मन्त्रालयको निर्देशिकामा प्ले-ग्रुपका केटाकेटीलाई दैनिक ३० मिनेट मात्रै अनलाइन पढाउनु भनिएको छ। साथै कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई ४५-४५ मिनेटका दुई सेसन गरी दिनमा ९० मिनेट (डेढ घन्टा) सम्म पढाउन मिल्ने उल्लेख छ।

त्यस्तै ९ देखि १२ कक्षालाई आधा घन्टादेखि ४५ मिनेटका चार सेसन पढाउन सकिनेछ।

अमेरिकी राज्यका निर्देशिका पनि भारतसँगै मिल्दोजुल्दो छ।जसअनुसार प्ले-ग्रुप वा समकालीनलाई दैनिक ४५ मिनेट, १-२ कक्षालाई एक/डेढ घन्टा, ३-५ कक्षालाई दुई घन्टा,६-८ लाई अढाइ घन्टा, ८-१० कक्षालाई तीन घन्टा मात्र अनलाइनमार्फत् पढाउन भनिएको छ।

यो पनि पढ्नुस्ःअनलाइन कक्षा कति घन्टा चलाउने? अमेरिका-भारतमा निर्देशिका

हामीकहाँ यस्तो अभ्यास छैन। यसैले पनि निजी स्कुलले आफू अनुकूल समय कक्षा चलाइरहेका छन्।

तीन कक्षाका केटाकेटीलाई दैनिक ४ वटा कक्षा लिइरहेको रातो बंगला स्कुल, पाटनले अभिभावकसँगको सल्लाहमा समय तय गरेको बताउँछ। तीन वटा कक्षा एक घन्टा र अन्तिम कक्षा आधा घन्टाको हुने स्कुलले जानकारी दिएको छ।

स्कुल सञ्चालक शान्ता दीक्षित अभिभावकका साथै विद्यार्थीको मनस्थिति बुझेर समय निर्धारण गरेको बताउँछिन्।

अहिलेको अवस्था असामान्य छ, पहिलेको समयसँग तुलना गर्न मिल्दैन। अभिभावकको पनि आ आफ्नो काम हुन्छ, उहाँहरूसँगको सल्लाहमा समय तय भएको हो,उनले भनिन्,दोश्रो कक्षा सुरू हुनुअघि विद्यार्थीलाई फ्रेस हुन र अर्को कक्षाको तयारी गर्न समय तोकेका छौं।

लकडाउन समयमा स्कुलले विद्यार्थीलाई स्कुल र पढाइसँग जोडिराख्ने हिसाबले पढाइरहेको थियो। छोटो समयका लागि सुरू अनलाइन कक्षा लामो समयसम्म जाने देखिएपछि पढाइको समय बढाउनु परेको दीक्षितको भनाइ छ।

आधा घन्टा पढाएर अल्झाएजस्तो गर्नुभन्दा समय बढाएर राम्ररी सिकाइमा जोड दिनु स्कुलको प्राथमिकता र अभिभावकको आवश्यकतामा पर्यो,उनले भनिन्, अभिभावकले समय पाइरहेका छन्, केटाकेटीलाई पनि कोरोना महामारीले पढाइ रोकिएको, बिग्रिएको महशुस हुन दिएका छैनौं।

तीन महिनाभन्दा बढी समयदेखि कक्षा सञ्चालन भइरहेकाले बच्चाहरूलाई सजिलो भएको पनि उनको भनाइ छ।

रातो बंगलाको तुलनामा फ्युचर स्टार एकेडेमी, ललितपुरले निकै कम समय अनलाइन कक्षा चलाइरहेको छ। स्कुलले एकदेखि १० सम्मका विद्यार्थीलाई दैनिक बढीमा ४०-४० मिनेट गरेर अनलाइन कक्षामा जोडिरहेको छ।

असारसम्म सामान्य हिसाबमा र साउनदेखि पाठ्यक्रम अघि बढाउँदै कक्षा सञ्चालन भइरहेको प्रिन्सिपल अनिल थपलियाले जानकारी दिए।

साउनयता कोर्ष अघि बढाउँदै पढाइ भइरहेको छ। साना कक्षाका केटाकेटीलाई मानसिक भार नपर्ने गरी पढाइरहेका छौं, प्रिन्सिपल थपलियाले भने;हामीले अन्तर्राष्ट्रिय अभ्यास पनि हेरिरहेका छौं। अभिभावकसँग पनि निरन्तर छलफल गरेर कक्षा अघि बढिरहेको छ।

धेरै पढाएका छौं, शुल्क लिन्छौं भन्ने नियत नभएको बताउँदै उनले थपे,दिनभरी पढाएजस्तो गरेर फी मागेका छैनौं। विद्यार्थीको मनोविज्ञान पनि बुझ्नु पर्ने हुन्छ। जबरजस्ती पढाउने पक्षमा छैनौं। उनीहरूको भविष्य र स्वास्थ्य दुवैप्रति सचेत छौं।

अनलाइन कक्षा समय निर्धारणबारे शिक्षा मन्त्रालयले कुनै निर्देशिका बनाएको छैन। शिक्षा तथा मानव श्रोत विकास केन्द्र, श्रव्यदृश्य शाखा निर्देशक माधव दाहालका अनुसार छिट्टै विद्यालय खुल्ने सम्भावना नहुँदा अनलाइन कक्षा व्यवस्थापनमा थप कार्य भइरहेको छ। तर अहिलेसम्म यति नै समय कक्षा लिनुपर्ने नियम नभएको दाहालले बताए।

निजीका तुलनामा एकाध सरकारी विद्यालयले अनलाइन कक्षालाई वैकल्पिक सिकाइका रूपमा लिएका छन्।

एक दिनमा कसलाई कति समय अनलाइन कक्षा पढाउनेबारे शिक्षा मन्त्रालयले स्पष्ट खाका तयार पारेका छैन,निर्देशक दाहालले भने,विद्यालय खुल्ने सम्भावना रहन्छ कि भनेर हामीले वैकल्पिक सिकाइका माध्यम मात्रै तयार पार्यौं। अनलाइन कक्षाको समय निर्धारण गर्न सकेनौं।

कारोना महामारी बढ्दै जाँदा स्कुल खुल्ने अवस्थामा छैनन्। शैक्षिक सत्र सुरू गर्ने-नगर्ने अन्योल छ। यता निजी स्कुलले दिनभर जसो अनलाइन कक्षा चलाएर पाठ्यक्रम सक्ने ध्याउन्नमा छन्। सरकारी र निजी दुवै स्कुलले पाठ्यक्रम सिध्याउनेभन्दा पनि विद्यार्थीलाई व्यस्त राख्न मात्रै वैकल्पिक कक्षा चलाइनु पर्ने निर्देशक दाहाल बताउँछन्।

कोर्ष सक्नु पर्ने कुनै बाध्यता छैन। यो हिसाबमा साना केटाकेटीलाई दिनभर स्क्रिनअगाडि राखेर पढाउनु उचित हुँदैन,दाहालले भने,यो विषयमा निजी विद्यालय आफैं सक्षम छन्। विद्यार्थीको क्षमता, मानसिक अवस्था विचार गरेर मात्रै सिकाइ समय तोक्नु पर्छ।

मन्त्रालयले सार्वजनिक विद्यालयको हकमा टेलिभिजन, स्थानीय रेडियो, स्थानीय तहसँग समन्वय गरेर सिकाइ कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए। कक्षा १० सम्मका पाढ्यक्रम युट्युबमा समेत हेर्न सकिने व्यवस्था छ।

अनलाइन शिक्षा, गेम र स्क्रिनबाट हुने फाइदा-बेफाइदाबारे विभिन्न रिपोर्ट तथा अध्ययन सार्वजनिक भएका छन्। अन्तर्क्रियात्मक अनलाइन कक्षाले बालबालिकालाई सिक्न सहयोग पक्कै पुर्याउँछ। तर समयमा ध्यान दिनैपर्ने देखिएको छ।

युनिसेफले हालै सार्वजनिक गरेको एक रिपोर्टले सही समय डिजिटल स्क्रिन प्रयोगको फाइदाबारे बताएको छ।

डिजिटल प्रविधिको प्रयोगले बालबालिकालाई संसारसँग जोडिन सहयोग गरेको साथै प्रतिकूल अनुभव सामना गर्न सिकाउने देखाउँदै रिपोर्ट मा लेखिएको छ,औसत समय टेक्नोलोजिको प्रयोग बालबालिकाका लागि उपयुक्त मानिन्छ। तर उनीहरु के कस्ता गतिविधिका सरिक छन् बुझ्नु जरुरी हुन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९