नयाँदिल्ली । बलात्कार मुद्दामा जेल परेका डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीम फेरि जेलबाट बाहिर आउने भएका छन् । राम रहीमले २१ दिनको लागि ‘पे रोल’ पाएका छन् । जसअनुसार राम रहीमले २१ दिन यूपीको बागपतको बर्नवा आश्रममा बिताउने छन् । डेरा प्रमुखको साथमा उनका धर्मपुत्र हरिप्रीत पनि जाने सम्भावना रहेको छ । उनले पे रोल पाएपछि उनका अनुयायीमा खुसीको लहर छाएको छ भने आश्रममा आउने तयारी पनि सुरु भएको छ ।
अर्कोतर्फ, राम रहीमको जेल बाहिर जाने अनुमतिलाई अर्को वर्ष हरियाणामा हुन लागेको विधानसभा चुनावसँग पनि जोडिएको छ। डेरा सच्चा सौदा आश्रमका प्रवक्ता जितेन्द्र खुरानाले आफूलाई पनि २१ दिनको फर्लो स्वीकृत भएको मिडियाबाट जानकारी आएको बताए । इन्स्पेक्टर बिनौली एमपी सिंहले भने कि रोहतक जेल सुपरिटेन्डेन्टले यस सम्बन्धमा धेरै बुँदाहरूमा रिपोर्ट मागेको थियो, जुन पठाइएको थियो ।
डेरा प्रमुख गुरमीत सिंहले पहिलो पटक जुन १७, २०२२ मा ३० दिनको लागि प्यारोल पाएका थिए। त्यसपछि उनी बर्नव आश्रममा बसे । जुलाइ १८ मा सुनारिया जेल फर्किए । ८८ दिनपछि उनले अक्टुबर १५ मा दोश्रो पटक प्यारोल पाएका थिए । २५ नोभेम्बरमा उनी फेरि सुनारिया जेल गए । २१ जनवरी २०२३ मा गुरमीत सिंह तेस्रो पटक ४० दिनको प्यारोलमा बर्नवा आश्रम आएका थिए। गत ३ मार्चमा पेरोल पाए पछि उनी सुनरिया जेल फर्किएका थिए । चौथो पटक डेरा प्रमुख ३० दिनको प्यारोलमा २० जुलाईमा बर्नवा आश्रम पुगेका थिए । त्यसपछि उनी जेल गए ।
डेरा सच्चा सौदा प्रमुख गुरमीत सिंह रोहतकको सुनारिया जेलमा बलात्कारको मुद्दामा सजाय काटिरहेका छन्। यस पटक डेरा प्रमुख जेलबाट बाहिर आउनुको पछाडि पनि राजनीतिक असर परेको छ किनभने अर्को वर्ष हरियाणामा विधानसभा चुनाव पनि हुन लागेको छ। यही कारणले हरियाणा विधानसभा चुनावसँग फर्लोको अनुमोदन जोडिएको छ।
         
        
                                                
                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































