काठमाडौं। नेकपा एमाले निकट युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समुह बिचमा बल्खुमा भएको झडप सामान्य अवस्थातर्फ बढेको छ ।कालिमाटीवाट बल्खु पुगेका युवा संघको रयाली माथी प्रसाईं समुहले ढुंगामुढा गरे पछि स्थीति केहीबेर तनाबग्रस्त भएको थियो ।सो क्रममा केहीबेर दुबैतर्फबाट ढुंगामुढा भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास जारी छ ।
काभ्रेपलाञ्चोक, काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो । खानेपानी आयोजनाले ६ नं वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ ।...

































































































































































