आठ इन्धन ट्याङ्कर दक्षिणी गाजामा प्रवेशः इजरायल

तेल अहिव ।  आठ इन्धन टयांकर गाजामा प्रवेश गरेका छन्र । इजरायली सेनाले चार इन्धन ट्याङ्कर र खाना पकाउने ग्यासका चारवटा ट्याङ्कर इजिप्टबाट राफाह क्रसिङ हुँदै दक्षिणी गाजामा प्रवेश गरेको जनाएको छ । उसका अनुसार संयुक्त राष्ट्रसंघीय सहायता संस्थाहरूलाई ती इन्धन पठाइएको हो ।

 

इजरायली सेनाले टविटरमा भनेको छ कि इन्धनको डेलिभरीलाई इजरायली सरकारले आज बिहान लागू भएको युद्धविराम सम्झौताको अंशको रूपमा स्वीकृत गरेको हो ।अल जजीराका अनुसार रफाह क्रसिङबाट आज कम्तिमा सहायताका २०० ट्रकहरू प्रवेश गर्ने आशा गरिरहेका छन्।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१