तिलौराकोटलाइ विश्व सम्पदा सूचीमा सूचीकृत गराउन अन्तिम तयारी सुरू

भैरहवा । प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलबस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि सरकारले अन्तिम तयारी गरेको छ ।संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागको आयोजनामा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेज, आधार, पुष्टाईका सम्बन्धमा मुख्यसरोकारवालाहरुसँग गरेको छलफलमा सरकारले तिलौराकोटलाई सूचीकृतका लागि अन्तिम तयारी गरेको जनाएको हो ।

 

कपिलबस्तुको तिलौराकोटमा शुक्रबार तिलौराकोट कपिलबस्तुलाई विश्वसम्पदा सूचीमा सुचीकृत सम्बन्धमा विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेज, आधार र पुष्टाईका बियषमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका तर्फबाट संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले सरकारका तर्फबाट गौरवको आयोजनाका रुपमा सूचीकृतका लागि पहल गर्ने प्रतिद्धबता जनाएका हुन । तिलौराकोटमा नोभेम्बर २० देखि ३० तारिखसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुको समूहले तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन कार्यक्रम भइरहेको छ ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै गौतबुद्ध हुर्किएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेर यसको महत्व विश्वव्यापी बनाउने बताए । उनले तिलौराकोटलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्दै विश्वसम्पदा सूचीमा सुचीकृतका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । ‘मापदण्ड अनुसार अन्तिम मनोनयन गर्नका लागि सरकारको तर्फबाट म संस्कृती पर्यटन मन्त्रीका रुपमा प्रतिबद्धता गर्दछु, तोकिएकै मितिमा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राखिनेछ’ मन्त्री किराँतीले भने ।

 

 

मन्त्री किराँतीले तिलौराकोट विश्व सम्पदा सूचीमा सुचीकृतका लागि निरन्तर खोज अनुसन्धानमा लागेका विज्ञहरुलाई धन्यवाद दिदै तिलौराकोटलाई विश्वव्यापी बनाउने बताए ।  लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले असोज १४ गते लुम्बिनीमा प्रधानमन्त्रीको बिशेष पहलमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटरेसको लुम्बिनी भ्रमणले बुद्धजन्मस्थल लुम्बिनीको उचाई विश्वमा एक पाईला माथि उठेको बताए ।

 

कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री शुसिला श्रीपाली ठकुरीले तिलौराकोट विश्व सम्पदा सूचीका सुचीकृतका लागि सरकारका तर्फबाट आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता जनाईन । उनले तिलौराकोट जस्ता पुरातात्विक स्थलहरुको विकासको गती ढिलो भएको बताउँदै आगामि दिनमा त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिईन ।

 

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्ध दर्शन र बुद्धको जीवनमा तिलौराकोट दरबारको निकै ठूलो महत्व रहेको बताउँदै विश्व सम्पदा सूचीमा सुचीकृत गर्नका लागि कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाए । ‘तिलौराकोट विश्वसम्पदा सूचीमा सुचिकृत हुने कुरा हाम्रो लागि खुशीको कुरा हो, विज्ञहरुले निकै समय खर्चिएर प्रमाणहरु जुटाउनुभएको छ’ उपाध्यक्ष डा. लामाले भने । आफूले पदभारग्रहण गरेलगत्तै तिलौराकोटको भ्रमण गर्दा झाडी र बुट्यानले ढाकेका देखेपछि सरसफाई गरी अहिले तिलौराकोटलाई सुन्दर बनाउने काम गरेको समेत उपाध्यक्ष डा. लामाले बताए ।

 

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचीकृत गर्ने कुरा सकरात्मक रहेको बताउँदै आफुहरुको तर्फबाट सक्दो सहयोग हुने बताए । उनले २५ बर्षसम्म कपिलबस्तुको खोज अनुसन्धानमा विज्ञहरु लागि परेको बताउँदै सम्पदा सूचीमा छिटो सुचीकृत गरी तिलौराकोटको विकास गर्न सुझाव दिए ।

 

कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले कुनैबेला कपिलबस्तुलाई राज्यले हेरेन भनेर आफै साईकल यात्रामा निस्केको स्मरण गर्दै तिलौराकोट विश्व सम्पदा सूचीमा सुचीकरणका लागि अन्तिम तयारी हुँदा निकै खुशी लागेको बताए । उनले स्थानीय सरकारका रुपमा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचीकृतका लागि समन्वय, सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।  बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि आफुहरुका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए ।

 

कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव भरतमणि सुवेदीले यूनेस्को विश्व सम्पदा सूचीमा सुचिकृतका लागि सरकारकाले सबै पहल र कामहरु गर्ने बताउँदै दीर्घकालिन व्यवस्थापनका लागि स्थानीय सरकार र कपिलबस्तुका सबै जनप्रतिनिधिहरुको साथ सहयोगको खाँचो रहने बताए । कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्राधानाङ्गा, लुम्बिनी प्रदेश सरकार उद्योग पर्य६न तथा यातायात व्यवस्था मन्त्रालयका सचिव उमेश ढुंगाना,  लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई लगायतले बोल्दै तिलौराकोट विश्व सम्पदा सूचीमा सुचीकृतको सम्पूर्ण प्रमाण र आधार सहित अन्तिम दस्तावेज तयार पार्ने

 

 

विज्ञटोलीलाई धन्यवाद दिए । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि गत सेप्टेम्बरमै प्रस्तावित मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भइसकेको छ ।प्रस्तावित मनोनयनका सम्बन्धमा प्राप्त सुझाव र विज्ञहरुसँगको छलफलबाट अन्तिम मनोनयन तयार गर्ने कार्य अन्तिम चरणमा छ । उक्त अन्तिम मनोनयन लुम्बिनी विकास कोषका तर्फबट नोभेम्बर ३० भित्र पुरातात्व विभाग हँुदै मन्त्रालयमा पठाउने र आवश्यक पृष्ठपोषणपछि यूनेस्को विश्व सम्पदा केन्द्रमा सन् २०२४ को जनवरी २४ भित्र पेश गर्नुपर्नेछ ।

अन्तिम मनोनयन दर्ता भएपछि इभ्यालेशन मिशन, इकोमस सहितले सन् २०२४ सम्म अध्ययन गर्ने र सन् २०२५ मा विश्व सम्पदा समितिमा तिलौराकोटलाई सूचीकृतका लागि प्रस्ताव लगिने प्रवाधान रहेको अन्र्तराष्ट्रिय सम्पदा विशेषज्ञ डा. डंकन मार्सलले बताए  । कार्यशालामा सम्पदा विशेषज्ञ डा. मार्सल, प्रो. डा. रविन कनिङहमले कपिलबस्तुमा हालसम्म भेटिएका प्रमाण र विश्व सम्पदा सूचीमा सुचीकृतका आधारहरुबारे जानकारी गराएका थिए ।

 

अन्र्तराष्ट्रिय सम्पदा विशेषज्ञ डा. डंकन मार्सलको उपस्थितीमा अन्र्तराष्ट्रिय विज्ञ डा. डंकन मार्सल (अष्ट्रेलिया), प्रा.डा. रविन कनिङहम (बेलायत) सहित नेपालका तर्फबाट विज्ञहरु काई वाइजे, प्रोफेसर योकियो निसिमुरा, प्रो. म्याक्स डिग, डा. मार्क म्यानुअल, पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ, यनि जोशी, पुरातत्व विभागका प्रवक्ता रामबहादुर गुरुङ, निर्देशक समितिका सदस्य सचिव एंव कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई, बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती सहितको विज्ञ समूहले तिलौराकोट विश्वसम्पदा सूचीमा सुचीकृतको अन्तिम मनोनयन दस्तावेज तयार पार्ने काममा संलग्न भएका हुन  ।

 

यूनेस्को जापानीज फण्ड इन ट्रष्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको बैज्ञानिक पुरातात्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरु जुटाएको थियो ।

 

विश्व सम्पदा महासन्धिले तोकेको मापदण्ड र आधार पूरा गरेर शाक्य गणराज्यको राजधानी तिलौराकोट कपिलबस्तुलाई सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रक्रियागत कामहरु गर्न निर्देशक समितिले निर्णय गरेको लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक राईले जानकारी दिए । सरकारले २०७८÷७९ को नीति तथा कार्यक्रम मार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि नीति कार्यक्रम र बजेटमा राखेको थियो ।  यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।

कार्यक्रम अघि संस्कृती पर्यटन तथा नागरिक उउडयन मन्त्री किराँती, कोषका उपाध्यक्ष डा. लामा, मन्त्रालयका सचिव, पुरातत्व विभागका महानिर्देशक सहितको टोलीले तिलौराकोट दरबार क्षेत्रको स्थ्लगत निरीक्षण र अवलोकन गरेको थियो । उक्त निरीक्षणमा राष्ट्रिय अन्र्तराष्ट्रिय विज्ञहरु,  कोषका पदाधिकारी, कर्मचारी र  सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिती थियो । यस्तै बुधबार र विहिबार विज्ञहरुको टोलीले मुख्य सरोकारवालाहरु कपिलबस्तु नगरपालिकाका नगरप्रमुख, वडाअध्यक्षहरु सहित सम्पादाका लागि प्रस्तावित कोर एरिया र बफरजोजनको स्थलगत निरीक्षण गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९