इजरायलले पनि रिहा गरयो ३९ प्यालेस्टाइनी बन्दी

तेल अहिव। हमासले बन्धक बनाएको समूहको बदलामा इजरायली जेलबाट जम्मा ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिएको छ।कतारको मध्यस्थतामा भएको सम्झौतामा चार दिनको लडाइँ रोकिएसँगै एक अर्काले बन्दी रिहाइ गरेका हुन् ।उनीहरु माथि ढुङ्गा हानेदेखि हत्या प्रयाससम्मका विभिन्न अपराधमा संलग्न रहेको आरोप लगाइएको थियो । कतिपयलाई सजाय सुनाइयो भने कतिपय मुद्दाको पर्खाइमा थिए ।

 

२४ महिला र १५ किशोर किशोरीहरूको समूहलाई कब्जा गरिएको वेस्ट बैंकको बेतुनिया चेकपोइन्ट पार गरिएको छ । त्यसपछि इजरायलको जेल सेवाका अनुसार उनीहरूलाई घर फर्कन अनुमति दिइने छ।बन्दीहरूलाई इजरायलले संकलन गरेको ३ सय महिला र नाबालिगहरूको सूचीबाट छनोट गरिएको थियो।

 

सूचीमा रहेका एक चौथाई भन्दा कम दोषी ठहरिएका छन्, धेरै जसोलाई ट्रायलको पर्खाइमा रिमान्डमा राखिएको छ। सूचीबद्ध तीमध्ये अधिकांश किशोर केटाहरू छन, जो ४० प्रतिशत त १८ वर्ष मुनिका छन्। त्यहाँ एक किशोरी र ३२ महिलाहरू पनि छन्।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१