न्युयोर्क । इजरायली स्वामित्वको जहाजलाई संदिग्ध ड्रोन आक्रमणमा निशाना बनाइएको छ ।अमेरिकी अधिकारीका अनुसार एक संदिग्ध ड्रोन आक्रमणले हिन्द महासागरमा इजरायली अर्बपतिको स्वामित्वमा रहेको कन्टेनर जहाजलाई हमला गरेको हो ।
गुप्तचर मामिलाहरूमा छलफल गर्न नाम न छाप्ने सर्तमा एसोसिएटेड प्रेससँग कुरा गर्ने रक्षा अधिकारीले भने, ‘माल्टा–झण्डा भएको जहाजलाई त्रिकोण आकारको, बम बोक्ने शाहेद–१३६ ड्रोनले लक्षित गरेको हो । ‘अन्तर्राष्ट्रिय जल क्षेत्रमा ड्रोन विस्फोट भयो, जहाजलाई क्षति पुर्यायो तर यसको चालक दललाई कुनै चोटपटक लागेन,’ ती रक्षा अधिकारीले भने ।
‘हामी स्थितिलाई नजिकबाट अनुगमन गर्न जारी राख्छौं,’ अधिकारीले भने। अमेरिकी सेनाले आक्रमणको पछाडि इरानको हात रहेको विश्वास किन गर्यो भनेर ती अधिकारीले बताउन अस्वीकार गरे।
अल मायादीन एक प्यान अरब उपग्रह च्यानल, जुन राजनीतिक रूपमा इरान समर्थित लेबनानी समूह हिजबुल्लाहसँग सम्बद्ध छ, उसको रिपोर्ट अनुसार इजरायली जहाजलाई हिन्द महासागरमा लक्षित गरिएको थियो। सो च्यानलले रिपोर्टको लागि अज्ञात स्रोतहरू उद्धृत गर्दै समाचार प्रसारण गरेका थिए, पछि इरानी मिडियाले पनि समाचार बनाएका छन् ।


































































































































































