हमासले बन्धक बनाएका थप ११ जना रिहा

तेल अहिव। हमासले बन्धक बनाएका थप ११ जनाको रिहाइ गरेको छ । इजरायली सेनाका अनुसार हमासको अक्टोबर ७ मा भएको आक्रमणपछि बन्धक बनाएका ११ जनालाई रिहा गरेको छ। ‘रेडक्रसबाट प्राप्त जानकारीको आधारमा ११ जना बन्धकहरू हाल इजरायली क्षेत्रतर्फ जाँदैछन्,’ सेनाले एक विज्ञप्तिमा भन्यो।  उता, कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले ट्वीटरमा भनेका छन कि इजरायली जेलबाट ३३ प्यालेस्टाइनीहरूलाई रिहा गरिने छ।

 

इजरायल र हमासले शुक्रबार देखि गाजामा चार दिनका लागि लडाइँ रोक्न सहमत भए पछि यस अवधिमा इजरायलले राखेका १५० प्यालेस्टिनी बन्दीहरूको बदलामा कुल ५० जना बन्धकहरूलाई रिहा गरिएको छ । गाजाबाट केही विदेशी कैदीहरूलाई छुट्टै रिहा गरिएको छ। यसअघि युद्धविरामको दुई दिनको विस्तारमा सहमति भए अनुसार गाजा पट्टीले इजरायली कैदीहरूको संख्याको तीन गुणाको सट्टामा प्रति दिन कम्तिमा १० जना बन्धकहरूलाई रिहा गर्नु पर्नेछ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१