झापा। जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । झापाको हल्दिबारीमा ४० वर्षीय धनबहादुर बनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान ९ बजे हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनका चौकिदारसमेत रहेका बनको मृत्यु भएको हो ।सोही सामुदायिक वनबाट निस्किएको एउटा जंगली हात्तीले लछारपछार गर्दा बनको घटनास्थलमै मृत्यु भएको हो ।


































































































































































