गाजामा दुइ इजरायली सैनिक मारिए

गाजा । गाजामा दुइ इजरायली सेना मारिएका छन । इजरायली सेनाले गाजामा मारिएका दुई सैनिकको नाम घोषणा गरेको छ । इजरायलको सेनाले गाजामा भएको भिडन्तमा मारिएका दुई सैनिकको नाम सार्वजनिक गरे अनुसार सार्जेन्ट अस्चलवु साम र सार्जेन्ट ब्रान्डेस रहेका छन्। सामा नोभेम्बर ३० मा घाइते भएका थिए भने उनको शनिवार मृत्यु भएको थियो । ब्रान्डेस भने शनिबार झडपमा मारिएको इजरायली अधिकारीहरूले जनाएका छन ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१