
वासिङटन डिसी। सामुद्रिक सुरक्षाबारे छलफल गर्न अमेरिकी बिशेष दुत खाडी मुलुक जाने भएका छन् । अमेरिकी विदेश मन्त्रालयले यमनका लागि विशेष दूत टिम लेन्डरकिंगको यस क्षेत्रको भ्रमणको घोषणा गरेको छ । सो भ्रमणको क्रममा उनले लाल सागर र अडेनको खाडीमा सुरक्षा चासोका बारेमा छलफल गर्नेछन्।
‘उहाँको यात्रा यमनमा युद्ध समाप्त गर्न लगभग दुई वर्षको संयुक्त प्रगति र अन्तर्राष्ट्रिय शिपिंगमा इरानी र हुथी आक्रमण धम्की बढे पछि आएको हो,’ मन्त्रालयले एक विज्ञप्तिमा भन्यो।गत आइतवार लाल सागरमा तीनवटा व्यावसायिक जहाजहरू आक्रमणमा परे पछि अमेरिकाले यो भ्रमणको घोषणा गरेको हो ।
यूएसएस कार्नीमा यमनका हुथी नियन्त्रित क्षेत्रहरूबाट तीन ड्रोनहरू खसाले पछि सामुन्द्रिक मार्गको सुरक्षामा बढी चासो देखाएका हो । उता, हुथीका एक प्रवक्ताले भनेका छन कि उनीहरूले दुई इजरायली जहाजमा आक्रमण गरेको स्विकार गरेको थियो । इजरायली सेनाले जहाजहरूसँग कुनै पनि सम्बन्धलाई अस्वीकार गरेको छ ।
स्टेट डिपार्टमेन्टका अनुसार लेन्डरकिङ्ले यमन द्वन्द्वको समाधानलाई समर्थन गर्न संयुक्त राष्ट्र संघ, साउदी अरब, संयुक्त अरब इमिरेट्स र ओमानका प्रतिनिधिसँग पनि भेट गर्नेछन।