क्रान्तिकारी आमाको निधन, परिवारले गरेनन् काजकिरिया

माल्टा । जीवनभर परिवर्तनका पक्षमा उभिएकी क्रान्तिकारी आमाको निधनमा ओलानी पूरैगाउँ शोकमा डुबेको छ । सामाजिक परिवर्तनका पक्षमा लाग्न हौसला दिने आमाको निधनले परिवर्तनकारी युवालाई ठूलो यतिबेला चोट परेको छ।शारीरिक रुपमा अशक्त आमाको मुहार सधैं हँसिलो देखिन्थ्यो । राम्रा काम गरेका युवालाई सकिनसकी भेटेरै काँधमा धाप मारेर बधाई तथा शुभकामना दिने आमालाई सबैले सम्झि रहेका थिए । सामाजिक विभेदका विरुद्ध युवाहरुले बोल्नुपर्ने भन्दै उर्जाथप्ने आमाको निधनमा दुःख प्रकट गर्न आएका सबैको आँखामा आँशु देखिन्थ्यो ।घरको आँगनमा राखिएको पार्थिव शरीर माथि श्रद्धापूर्वक खादा फूलमालाले सम्मान व्यक्त गरिरहेको दृश्य निकै घतलाग्दो थियो । घरको यत्रतत्र छरिएका जोकोही पनि आमाको मिजासिलो व्यवहार र क्रान्तिकारी छविको प्रशंसा गरी रहेका थिए । मत्युपछि पनि यतिधेरै प्रशंसा पाएको यस गोदावरी नगरपालिकाको ओलानीमा पहिलो व्यक्ति उहाँ नै भएको गोदावरी खानेपानीका अध्यक्ष कृष्ण पुनेबाटीले भावुक हुँदै बताए । उनले भने –“ आमाको मृत्युले समाजलाई ठूलो चोट परेको छ । उहाँको अभाव हामीलाई सधैं भईरहने छ ।”जीवनभर सामाजिक परिवर्तनका पक्षमा उनी निरन्तर लागि रहिन् । छाउपडी कुप्रथाले ग्रसित समाजमा उनले छाउपडी कुप्रथाको बारेमा बोल्ने हिम्मत गरिन् । गाउँघरमा जताततै छाउपडी गोठमा महिलालाई पशु सरह राखेको उनलाई पटक्कै मन परेको थिएन । २०५८ सालदेखि परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ भन्दै महिनावारी भएका आफ्ना छोरीलाई उनले घरमा राखिन् र आफूपनि घरभित्रै बस्न थालिन् । उनले घरमा बस्ने र बसाल्ने मात्र काम गरिनन् महिनावारी हँुदा खाना पकाउने, गाई दुहुने सम्मका सबै कामको थालनी गरिन् । परिवर्तनका पक्षमा उभिदा उनले सामाजिक चुनौतीको पनि सामना गर्नु प¥यो ।त्यसैगरी जातीय छुवाछूतको पनि उनले सधै विरोध गरी रहिन् । समाजमा जातीय छुवाछूत व्याप्त भइरहेको बेला दलित भित्रहुने छुवाछूतका विरुद्ध दरो रुपमा उभिईन् । दलित भित्रै अछूतमा रहेकालाई भान्सामा बोलाएर संगै खाना खाने र चाडपर्वमा टीका थाप्ने कामको पनि उनले सुरुवात गरिन् । चम्फादेवीले गाउँघर र समाजलाई सरसफाई राख्नुपर्छ भन्दै सचेतनाको आवाज पनि उठाई रहिन् ।यसरी आफ्नै घरबाट परिर्वतनको सुरुवात गरी समाज परिवर्तनमा लागेकी चम्फादेवी बिकको .२०१८ साल कार्तिक ३० गते जन्म भएको हो । अछाम जिल्लाको तत्कालीन साविक दुनि गाविस चौखुट्टे लिउसनमा बुवा काले लुहार र आमा पार्वती लुहारको तेस्रो सन्तानको रुपमा उनको जन्म भएको हो । २०८० साल कार्तिक १० गते शुक्रबारका दिन सेती प्रादेशिक अस्पताल धनगढीमा ६२ बर्षको उमेरमा उपचारकै क्रममा निधन भएको छोरा कृष्ण बिकले बताए । उनले भने –“ हाम्रो परिवारलाई परिवर्तनको बाटोमा आमालेनै हिडाउन सिकाउनु भएको हो । सामाजिक विभेदका विरुद्ध बोल्ने हिम्मत र साहास आमाबाटै मिलेको हो ।”बाँचुन्जेल क्रान्ति गरेकी चम्फादेवीले यो संसारबाट बिदा भएर पनि क्रान्तिकै उद्घोष गरेर गइन् । उनले घरपरिवार र समाजका व्यक्तिलाई भनेकी रहिछन् “म मरेपछि मेरो किरियाँ नगरिदिनु । मेरो घरपरिवारले मेरालागि बाँचुन्जेल केहीपनि बाँकी नराखेर मेरो सेवा गरेकाछन् ।” बाचुन्जेल वास्ता नगर्ने मरेपछि समाजलाई देखाउनकै लागि गरिने कर्मकाण्ड वाह्यिात हो । मरेका मान्छेले पाउछन् भनेर पिण्ड बगाउने, बाहुनलाई दान दक्षिणा दिने, सुत्ने खाटदिने,लुगाकपडा दिने, खानेकुरा दिने,किरियाँ बसेकाले कसैलाई नछुने यस्तो ढोंगी नाटक आफू मरेपछि नगर्नु भनेर घरपरिवार र समाजलाई आमाले सधैं भन्ने गरेको समाजसेवी एवम् बुद्धिजिवी टेक बिकले बताए । ओलानीले आज परिवर्तनकारी आमा गुमाएको छ । क्रान्तिकारी आमाको निधनले पूरै गाउँ शोकमा डुबेको गोदावरी नगरपालिका वडा नम्बर ११ का निवर्तमान वडा अध्यक्ष शिव बिकले बताए । उनले सम्झिए म वडा अध्यक्षतामा निवार्चित हुँदा समयले परिवर्तन खाजेको थियो आज सफल भएको भन्दै खुसीले गद्गद् हुनु भएको थियो । विकले भने –“ आमा हामी सबैको साझा क्रान्तिकारी आमा बन्नु भएको थियो । हामीलाई परिवर्तनको बाटो देखाउँदै निरन्तर अगाडी बढ्न हौसला दिनु हुन्थ्यो ।कार्तिक ११ गते शनिबारका दिन अन्तिम दाहसंस्कारको लागि पार्थिव शरीर शव बाहनमा राखेर गोदावरीमा लगियो । बाटोमा जाँदैगर्दा बोराडाँडीमा नेपाली सेनाले आमालाई सम्मान गर्दै सलामी दियो । क्रान्तिकारी आमाले मृत्युपछि पनि राष्ट्रसेवकबाट सम्मान पाएकोले निकै खुसी लागेको छोरी कविता बिकले बताईन् । नेपाली सेनाको श्रद्धाको कामलाई मलाम गएका सबैले मुक्तकन्ठले प्रशंसा गरेको उनी बताउँछन् ।दिउँसोको ३ बजेको समयमा गोदावरी खोलाको किनारमा आमाको पार्थिव शरीर जलिरहेको थियो । सुनसान जंगलको बीचमा रहेको खोलामा चराहरुको चिरबिर आवाज आईरहेको थियो । खोलाको पश्चिमतर्फ आमाको हार्दिक श्रद्धान्जली लेखिएको ब्यानरको तस्बीरले जरिहेको शव हेरी रहेको र्झै देखिन्थ्यो । यो सबै दृश्य देखेर मलामी सबै स्तब्ध बनेका थिए भने कोही भावुक बनेर रोहीरहेका थिए ।क्रान्तिकारी आमाको छवीले शव जलेर खरानी भईरहेको घाटमा पनि परिवर्तनको कुरागर्न प्रेरित गरी रह्यो । घरका परिवार र मलाम गएका सबै खोलाको किनारमा एकठाउँमा जम्मा भएर किरिया ँगर्ने नगर्ने बारेमा छलफल भयो । समाज परिवर्तनमा लागेका गोदावरी कृषि विकास सहकारीका अध्यक्ष एवम् श्री सरस्वती माध्यामिक विद्यालय ओलानीका शिक्षक समेत रहेका छोरा कृष्ण बिक आमाले भने बमोजिम नै किरियाँ नगर्ने पक्षमा उभिए । उनको निर्णयलाई बृद्धबुवा, दिदीबहिनी भाई र परिवारका अन्य सदस्यले पनि साथ दिए । घाटमा पनि परिवर्तनकारी निर्णय गरेकोमा मलामी सबैले कृष्ण बिकको परिवारको तारिफ गरेको लम्कीचुहाबाट शोकप्रकट गर्न घाटमै पुगेकी नेकपा माओवादी केन्द्रकी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् जनकलाकार बिष्ना बिसी सपनाले बताईन् ।क्रान्तिकारी आमाको परिवर्तनकारी विचारको प्रभाव पूरै ओलानीमा परेको मैले पाए । सामाजिक विभदेका विरुद्ध आमाले एक्लै गरेको क्रान्ति कूनै युद्धभन्दा कम लागेन मलाई । परिवर्तनको ठूलो सामाजिक क्रान्ति हो यो । आमाको योगदानको समयले मूल्यांकन जरुर गर्नेछ र गर्नैपर्छ । परिवर्तनका पक्षमा लागेका जोकोहीले आमाको सामाजिक योगदानको उच्च सम्मान र कदर गर्दै मृत्युपरोणान्त सम्मान गर्नुपर्ने बिसीले बताईन् । क्रान्तिकारी आमाको प्रशंसा गरेका ओलानीका परिवर्तनकारी युवाहरुहरुले आमाको योगदानको सम्मान गर्न नचुक्ने विश्वास आफूले गरेको बिसी बताउछन् ।बिसीले भनिन् –“ शवसंगै यस ठाउँका महिलाहरु मलामी भएर अहिलेसम्म घाटसम्म कोही पुगेका रहेनछन् । पहिलो पटक मलामी भएर घाटमै पुगेको कृष्ण सरका दिदि र बहिनी रहेछन् ।” फेरीपनि अर्को नयाँ सामाजिक क्रान्तिको आजबाट सुरु गरेकाछन् । आमाले परिवर्तनको बाटो देखाएकोले हामी छोरा र छोरी सबै परिवर्तनकै पक्षमा रहेको छोरी रेखा सुनारले बताईन् ।सरस्वती माध्यामिक विद्यालय ओलानीका शिक्षक गणेश बिकले क्रान्तिकारी आमाको निधनले आफू निकै दुःखी भएको बताए । केही समय पहिले मेरो बुवा बितेको बेला मैलेपनि किरियाँ गरिन् । मेरो निर्णयमा मेरा परिवारले साथ दिएनन् । गाउँसमाज मिलेर सबैले मलाई एक्लो बनाए । आमा चम्फादेवी बिकले मात्र मलाई साथ दिईन् । छोराले धेरै राम्रो काम गरेको भन्दै मेरो हिम्मत बढाउने काम गरिन् । जिउँदोछँदा वास्ता नगर्ने मरेपछि बाहुनलाई दानदक्षिणा दिने यो संस्कार गलत हो,म मरेपछि मेरो किरियाँ नर्गनु भनेर समाजलाई सुनाउँदै आफूले गरेको निर्णयको पक्षमा उभिएको उनले घरीघरी सम्झिए । युरोपमा बस्दै आएका कैलाली अत्तरिया घर भएका दिनेश नगरीले परिवर्तनकारी आमा उदाहरणीय आमा भएको बताए । विभेदपूर्ण समाजमा आमाको घरमा आफू घरपरिवारका सदस्यझैं सम्मानपूर्वक मिलेर बसेको र आमाको व्यवहारले कहिल्यै पनि जातीय छुवाछूतको महसुुस गर्नु नपरेको नगरीले बताए । तत्कलीन समयका वडा अध्यक्ष एवम् नेकपा एमालेका नेता भानसिंह बिकले अलग्गै बसेर हिन्दु संस्कार अनुसार किरियाँ नगरेको र सबैसंग बसेर परिवारका सदस्यले शोकमात्र मनाएको बताए । १३ दिनको दिन शोक श्रद्धाञ्जलीसभा आयोजना गरेर आमाको सामाजिक योगदानको बारे चर्चा गरिएको छोरा कृष्ण बिकले बताए । शोकको समयमा साथदिने समाजलाई धन्यवाद् दिदै उनले मृतक आमाको संघर्षको जीवनगाथा सुनाएका थिए ।चम्फादेवीले ६ वर्षको बाल्यावस्थामै ममतामयी आमा गुमाइन् । चार दिदिबहिनि एक भाईको हेरचाह गर्ने जिम्मेवारी पनि उनीमाथि थपियो । आमा गुमाएको केहि वर्षमै एकमात्र कान्छो भाईपनि चम्फाले गुमाउनु प¥यो । पहाडमा निकै कष्टपूर्ण जीवन जीउनु परेपछि कान्छा बुवाका छोराले तराईमा आफु संगै लिएर आएका थिए । तराई आएकै वर्ष चम्फाले अछाममा रहेका बुवालाई पनि गुमाईन् । सानै उमेरमा एकपछि अर्को परिवारका सदस्य गुमाउँदाको पीडा कलिलो उमेरमा सहनु प¥यो ।१४ बर्षको कलिलो उमेरमा डोटि जिल्ला, सानागाउँ बस्ने गगन सिंह विक संग २०३२ सालमा विवाह भयो । उनले ५ वटा छोरी २ वटा छोरा गरी ७ वटा सन्तानलाई जन्म दिईन् । २ वटा सन्तान भएकी जेठानीको निधन भएपछि तीदुई सन्तानको संरक्षण गर्ने कामपनि चम्फादेवी आफैले गरिन् । दुःखीलाई दुःखमाथि दुःख भनेजस्तै घरको कामगर्ने बेला कम्मरमा लागेको चोटले उनी थला परिन् । उपचारको लागि उनका श्रीमान् गगनसिंह विकले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराए पनी चम्फादेवी पहिलेको जस्तै अवस्थामा फर्कन सकिनन् । श्रीमतीले सामाजिक परिवर्तनका पक्षमा उभिदै आफ्ना मनका रहहरु मारेर परिवारको लागि ठूलो त्याग गरेको कहिल्यै बिर्सन नसिकने गगनसिंहले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

लहान नगरपालिकाद्वारा मृतक परिवारलाई सहयोग

सिरहा, लहान नगरपालिका क्षेत्रभित्र गरिब, विपन्न, दलित तथा मुसहर समुदायका सदस्यको मृत्यु भएपछि नगरपालिकाले राहत वितरण गर्दै आएको छ । सोही नीतिअनुसार लहान–५ बलुवाटोलकी ४० वर्षीया डोमनीदेवी मोचीको निधनपछि नगरपालिकाले आज पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।   नगर प्रमुख महेश चौधरी र वडा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो...

बोन्डी समुद्री तटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी

सिड्नी, हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।   मध्ये सिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको...

प्राङ्गारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु

कर्णाली,  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्राङ्गारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौती र कार्यदिशा विषयक ‘कर्णाली संवाद’ सुरु भएको छ ।कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साब) र लिबर्डको आयोजनामा पर्यावरणीय कृषिमा आधारित...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

‘सार्वजनिक खर्चको प्रभावकारिता कमजोर र सेवा प्रवाहमा अपेक्षित सुधार देखिएन’

काठमाडौँ,  अर्थशास्त्री डा डिल्लीराज खनालले सार्वजनिक खर्चको प्रभावकारिता कमजोर रहेको र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उहाँले नतिजा देखाउन...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९