अमेरिकी राष्ट्रपति बाइडेन सवार गाडि दुर्घटनामा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको सवार गाडि दुर्घटनामा परेको छ। डेलावायर राज्यस्थित विल्मिङटन सहरमा रहेको राष्ट्रपतीय चुनावी अभियानको कार्यालयमा जो बाइडेन सवार गाडि दुर्घटनामा परेको हो।राष्ट्रपतीय मोटरको लस्करमा सामेल एउटा गाडिलाई तीव्र गतिमा आइरहेको सेडान कारले ठक्कर दिँदा राष्ट्रपति बाइडेन सवार गाडि दुर्घटनामा परेको हो।उनी दुर्घटनास्थलबाट ४० मिटरको दूरीमा रहेको जनाइएको छ। दुर्घटनापछि राष्ट्रपतिलाई सुरक्षाकर्मीले हतारहतार अर्को गाडिमा राखेका थिए। राष्ट्रपति बाइडेन सुरक्षित रहेको बताइएको छ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१