सरावल बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा उमेश बि.क चयन

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अवस्थित सरावल बचत तथा ऋण सहकारी संस्थाकाे साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।

सरावल बचत तथा ऋण सहकारी संस्थाकाे १३ औं साधारणसभा तथा चाैथाे अधिवेशनबाट उमेश कुमार बि.ककाे अध्यक्षतामा ११ कार्यसमिति चयन भएको हाे ।

जसको उपाध्यक्षमा ठगनी देवी हरिजन , सचिव खदेरन प्रसाद काेहार , सहसचिव रमिला शाही , काेषाध्यक्ष रन्जु हरिजन चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा रिता क्षेत्री ,ईसरावती हरिजन ,लालती हरिजन ,सावित्री हरिजन , गिरजा दुसाध ,लिलावती हरिजन लगाएत सर्वसहमत चयन हुनुभएको निर्वाचन समिति संयाेजक तथा सरावल गाउँपालिका प्रशासन शाखा प्रमुख देशकान्त बस्यालले जानकारी दिनुभएको हाे ।

वार्षिक साधारण सभा तथा अधिवेशन संस्थाकाे अध्यक्ष ठगनी देबी हरिजनकाे अध्यक्षता तथा सरावल गाउँपालिमा अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे छ ।

वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रममा बाेल्दै पालिका अध्यक्ष चाैधरीले सहकारी क्षेत्रको जगेर्ना गर्न सके आमजनताको जीवनस्तर उकास्न सहजहुने धारणा राख्नुभयो । उहाँले सहकारी क्षेत्रमा रहेकाविकृति–विसङ्गति हटाउन सबै लाग्नुपर्ने उल्लेख गर्दै उहाँले ऐन, नियम, नीति–निर्देशिका बमोजिम संस्था सञ्चालन नभएमा समस्यानआउने बताउनुभयो । एक व्यक्तिएक सहकारीको अवधारणा अव्यवहारिक हुने उहाँले बताउदै पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्‍याएको बताउनुभयो । सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । सहकारी बुढेसकालकाे सहाराकाे रुपमा स्थापित भएकाे बताउदै पालिकाबाट यश सहकारीलाई चाहिने आवश्यक सहयोग साथ दिने प्रतिबद्धता समेत ब्यक्त गरे ।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले अर्थतन्त्र चलायमान बनाउन सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । देशमा बढ्दै गइरहेको आर्थिक संकटलाई कम गरी अर्थतन्त्रलाई सकारात्मक दिशामा हिँडाउन सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनु पर्ने बताउनुभयो । सहकारीले महिलाहरु एक ठाउँमा उभ्याउन सफल भएको बताउदै महिला दिदीबहिनीहरुलाई सक्षम बन्नुको साथै पैसाको बचत गर्ने बानीको विकास गरेको उहाँले बताउनुभयो । सहकारी अगाडि बढाउनमा गाउँपालिकाबाट सकारात्मक भुमिका रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो।

साधारणसभा तथा अधिवेशन कार्यक्रममा सरावल ३ वडा अध्यक्ष फिरंगी चाैधरी तथा पत्रकार उमेश बि.कले आजकाे समयमा महिलाको ठुलो साथि सहकारी भएको छ। आफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र आवश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक महिलाको लागि आवश्यक छ। यसले महिला नेतृत्वमा ठुलो सहयोग गरेको भन्दै अगामि दिनमा सहकारी बिकासको लागि सहयोग र साथ दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो।

सहकारी २८ लाख ४६ हजार ८ सय ८६ रुपैया बराबरकाे काराेवार गरेकाेमा १ लाख १९ हजार ८ सय ७९ रुपैया शुद्ध नाफा कमाएको संस्थाकाे ब्यवस्थाक रेश्मी बि.कले जानकारी दिनुभयाे ।

साधारणसभामा एकल महिलालाई सम्मान सहित गरिएको थियो । २०६८ सालमा दर्ता भएको सहकारीमा २०० जना शेयर सदस्य रहेका छन ।

संस्थाका सहसचिव रमिला शाहीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको साधारणसभा तथा अधिवेशनकाे कार्यक्रम सञ्चालन सन्दिप बि.कले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९