शुक्रबार, भदौ २७, २०८२

अब मलेसियामा गैर-इस्लामिक पर्बको शुभकामना केकमा लेख्न पाइने

क्ववाललम्पुर। इस्लामिक राष्ट्र मलेसियाबाट ठूलो खबर आएको छ । यहाँको सरकारले आफ्नो २०२० को आदेशलाई उल्टाएको छ र अब हलाल प्रमाणपत्र भएका बेकरीहरूलाई उनीहरूको केक वा कन्फेक्शनरीहरूमा गैर–इस्लामिक चाडपर्वहरूको लागि शुभकामना लेख्न र प्रदर्शन गर्न अनुमति दिएको छ।

मलेसियाको इस्लामिक विकास विभाग (जाकिम) को यो नयाँ नियम अनुसार अब गैर–इस्लामिक चाडपर्वको अवसरमा केक वा अन्य खाद्य वस्तुमा उक्त पर्वको शुभकामना लेख्न र प्रदर्शन गर्न पाउने अधिकार खुल्ला गरेको हो ।

जाकिमले डिसेम्बर १९ मा हलाल सर्टिफिकेट भएका व्यवसायलाई केक वा यस्तै खाद्यवस्तुमा चाडपर्वको शुभकामना लेख्न प्रतिबन्ध नरहेको बताए । जाकिम हलाल म्यानेजमेन्ट डिभिजनको कर्पोरेट सञ्चार विभागले एक विज्ञप्तिमा भन्यो, “जाकिमले मलेसियाको हलाल प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित विषयहरूको समीक्षा र पुनः मूल्याङ्कन गर्न जारी राख्नेछ। यो स्पष्टीकरण सँगै अब जाकिमको २०२० को अघिल्लो नियम अब लागू हुनेछैन।’

 

जाकिमले  यो नयाँ नियम घोषणा गर्नेबित्तिकै मलेसियाली बेकरीहरूमा ‘मेरी क्रिसमस’ लेखिएको केकका लागि धेरै अर्डरहरू प्राप्त गर्न थालेका छन । मलेसियाली वेबसाइट ‘द स्टार’का अनुसार दुई बेकरी आउटलेटहरूले उनीहरूलाई कलमा यस्ता धेरै अर्डरहरू प्राप्त भएको बताएको छ, जसमा उनीहरूमा ‘मेरी क्रिसमस’ लेखिएको केक डेलिभर गर्ने भनिएको छ।

 

स्मरण रहोस, डिसेम्बर २०२० मा जाकिमका पूर्व उपमहानिदेशक अब्दुल अजिज जुसोहले भनेका थिए कि हलाल–प्रमाणित पसलहरूले केवल केक वा बेकरी वस्तुहरूमा उत्सवको शुभकामनाहरू राख्न सक्छन्, जुन सार्वजनिक रूपमा प्रदर्शन गरिने छैन। जाकिमको यो निर्देशनपछि मलेसियाका बेकरीहरूले केकमा गैरइस्लामिक चाडपर्वसँग सम्बन्धित शुभकामना लेख्न बन्द गरेका थिए । त्यसको ठाउँमा ‘सिजन ग्रीटिंग’ मात्र लेख्न थालियो । यो आदेश पालना नगर्ने बेकरीको हलाल प्रमाणीकरण रद्द गरिने बताइएको थियो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१