सरकारी वकिल बिरुद्ध गौरमा प्रर्दशन

रौतहट । छात्रलाई छुरा प्रहार गरेर हत्या गरिएको विषयलाई लिएर पीडित पक्षद्वारा गौरमा सरकारी वकिल कार्यालय विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

 

पीडित पक्षद्वारा दिइएका जाहेरीबाट दुई जनाको नाम हटाएर प्रहरीले सरकारी वकिल कार्यालयमा अभियोजन पत्र पेश गरेपछि दोषीलाई उन्मुक्ति दिएको भन्दै मृतकका आफन्तले गौरमा प्रदर्शन गरेका हुन् ।

 

जिल्लाको राजदेवी नगरपालिकाको मुडवलवामा कार्तिक २४ गते शुक्रबार सोही पालिकाको ७ नम्बर स्थित श्रीनेमधारी बासुदेव माध्यमिक विद्यालयमा अध्ययनरत छात्रमाथि छुरा प्रहारबाट भएको थियो ।

 

साेही पालिकाको वडा नम्वर ६ का नागेन्द्र प्रसादका १८ वर्षीय छोरा राहुल साहमाथि छुरा प्रहार हुँदा गम्भीर घाइते भएका थिए । उनलाई ४ जना मिलेर पटक पटक छातीमा छुरा प्रहार गरेको पिडित पक्षको भनाइ छ ।

 

छात्र साहको उपचारको क्रममा मृत्यु भएपछि राजनीतिक आवरणमा पीडकलाई उम्काउने कार्य भएको मृतकको आफन्तहरुले आरोप लगाउदै आएको छ ।

 

राजदेवी नगरपालिका ६ का राहुल गुप्ताले अन्य तीन जनाको सहयोगमा छुरा प्रहार गरेका थिए । सोही पालिकाका मुकेशकुमार गुप्ता, मनिषकुमार गुप्ता र विनोद साह, राहुल गुप्ताले मृतक साहलाइ छुरा प्रहार गरेको पिडित पक्षको दावि छ ।

 

छुरा प्रहारबाट गम्भीर घाइते भएका छात्रलाई शिक्षकहरुको सहयोगमा प्रादेशिक अस्पताल गौरमा भर्ना गरिए पनि त्यहाँ उपचार सम्भव नभएपछि एलएस न्यूरो अस्पताल परवानीपुर, बारामा उपचारका क्रममा कात्तिक २७ गते सोमबार बिहान मृत्यु भएको थियो ।

 

मृतक राहुलका बाबुले छोराको मृत्युपछि घाउजाँचको निवेदन एवं ज्यान मार्ने उद्योगमा प्रहरीमा किटानी जाहेरी दिएको भए पनि छोराको उपचारका क्रममा आफूलाई ४ जना मिलेर छुरा प्रहार गरेको भनेपछि पुनः ४ जना विरुद्ध जाहेरी दिएकोमा राहुल गुप्ता र मनिष झा विरुद्ध मात्र जाहेरी दर्ता गरेको, मुकेशकुमार गुप्ता र विनोद साहलाई प्रहरी र सरकरी वकिल      कार्यालयले रकमको चलखेल गरेर उन्मुक्ति दिएको मृतकका बुबा नागेन्द्र प्रसाद साह र उनको परिवारजनले गम्भीर आरोप लगाए ।

 

मनिष झाविरुद्ध जाहेरी दर्ता भए पनि हालसम्म पक्राउ नगरेको भन्दै प्रहरी र सरकारी वकिल कार्यालय सँग पिडितहरु आक्रोशित बन्दै गौरमा नाराबाजी गर्दै सडकमा उत्रनु परेको बताइएको छ ।

 

यस विषयमा रौतहट प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठले छुरा प्रहार गर्ने चार जना वा अन्य कुनै सहभागी रहेको भन्ने बारेमा अनुसन्धान गर्दै जाँदा पीडित पक्षले लगाएको आरोपमा दुई जना युवकको मोवाइल लोकेशन बुझ्दा काठमाडौंमा देखिएको हुँदा जानाजान कसरी नभएको व्यक्ति विरुद्ध मुद्द दर्ता गर्दा उनीमाथि अन्याय हुने भएको हुँदा दुई जनाको मात्रै अभियोजन पत्र तयार गरेर सरकारी वकिल कार्यालयमा पठाइएको उनले स्पष्ट पारे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९