शुक्रबार, भदौ २७, २०८२

मध्य नाइजेरियामा सशष्त्र समुहद्दारा १६० जनाकाे सामुहिक हत्या

नाइजेरिया । मध्य नाइजेरियाका गाउँहरूमा भएको शृङ्खलाबद्ध आक्रमणमा सशस्त्र समूहहरूले कम्तीमा १६० जनाको ज्यान लिएको छ । धेरै वर्षदेखि धार्मिक र जातीय तनावको सामना गरिरहेको यस क्षेत्रमा सेनाले आइतबार साँझ सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकको तुलनामा मृत्यु हुनेको संख्या उल्लेख्य रूपमा बढेको छ ।

 

बोकोसका स्थानीय सरकारका प्रमुख कासाहले जानकारी दिदैँ भनेका छन कि ‘शनिबारको युद्ध सोमबार बिहानसम्म जारी रहँदा कम्तीमा ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ।’

 

कासाहका अनुसार उक्त सैन्य गिरोहलाई स्थानीय रूपमा ‘डाकु’ भनेर चिनिन्छ। ‘तिनीहरूले कम्तिमा २० विभिन्न समुदायहरूमाथी आक्रमण गरे र घरहरूमा आगो लगाए,’ उनले भने, ‘हामीले ३०० भन्दा बढी घाइते व्यक्तिहरू भेट्टायौं, जसलाई बोकोस, जोस र बर्किन लाडीका अस्पतालहरूमा लगिएको छ ।’

 

राज्य संसद सदस्य डिक्सन चोलोमका अनुसार बार्किन लाडी क्षेत्रका धेरै गाउँहरूमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । उनले आक्रमणको निन्दा गर्दै सुरक्षा निकायलाई तुरुन्त कारबाही गर्न आग्रह गरे। ‘हामी यी मृत्युका व्यापारीहरूको रणनीतिमा झुक्ने छैनौं, हामी न्याय र दिगो शान्तिको खोजीमा एकजुट छौं,’ चोलोमले भने।

 

बोक्कोस क्षेत्रमा सुरु भएको आक्रमण छिमेकी बार्किन लाडीसम्म फैलिएको थियो, जहाँ ३० जनाको मृत्यु भएको थियो । स्थानीय अध्यक्ष डन्जुमा डाकिलेका अनुसार यो क्रम शुक्रबार देखी सोमबार बिहानसम्म नै जारी रहयो ।

 

आइतवार सो राज्यका गभर्नर कालेब मुटफवाङले हिंसाको निन्दा गर्दै यसलाई ‘बर्बर, क्रूर र अनुचित’ भन्दै टिप्पणी गरेका थिए, उनले सो हत्याकाण्डमा संलग्नहरुलाई कारबाही गर्नेसमेत जनाएका थिए ।

गभर्नरका प्रवक्ता ग्याङ बेरेले भने, ‘निर्दोष नागरिकहरू विरुद्ध जारी आक्रमणहरू रोक्न सरकारद्वारा सक्रिय कदम चालिनेछ।’

 

नाइजेरियाको अधिकांश मुस्लिम उत्तर र मुख्य रूपमा ईसाई रहेको दक्षिणी बीचको विभाजन रेखामा रहेको क्षेत्रको स्रोतका अनुसार सोमबार दिउँसो पनि बन्दुकको आवाज सुनिएका थिए । मुशु गाउँका बासिन्दा मार्कस अमोरुडुले यसरी भयानक गोली चलाउँदा मानिसहरू सुतिरहेको अबस्थामा रहेको बताए।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९