शुक्रबार, भदौ २७, २०८२

अफगानिस्तान बोर्ड र खेलाडीबीच विवाद: तीन क्रिकेटरलाई अनुशासनको कारबाही

काठमाडौँ। अफगानिस्तान क्रिकेट बोर्ड र खेलाडीबीच नयाँ विवाद सिर्जना भएको छ । राष्ट्रिय टिमका तीन खेलाडी मुजिब उर रहमान, नवीन उल हक र फजल फारुकीलाई राष्ट्रिय सम्झौताबाट रिलिज गर्ने अनुरोध बोर्डले अस्वीकार गरेपछि यो विवाद सतहमा आएको हो ।

 

यसका साथै बोर्डले यी तीन खेलाडीलाई अनुशासनात्मक कारबाही गरेको छ र यी तीन खेलाडीको केन्द्रीय सम्झौता पनि रोकेको छ । यससँगै यी खेलाडीलाई आगामी दुई वर्षसम्म एनओसी नदिने निर्णय पनि भएको मिडिया रिपोर्टमा उल्लेख छ । जसमा कुनै पनि विद्यमान एनओसी रद्द गर्ने पनि समावेश छ ।

 

मुजीब उर रहमान, नवीन उल हक, फजल फारुकीले अफगानिस्तान क्रिकेट बोर्डलाई विश्वभरका क्रिकेट लिग खेल्नको लागि राष्ट्रिय केन्द्रीय सम्झौताबाट रिलिज गर्न अनुरोध गरेका थिए । तीनै खेलाडीले आफ्नो निर्णय बोर्डलाई जानकारी गराएका थिए । जनवरी १, २०२४ देखि सुरु हुने केन्द्रीय सम्झौताबाट आफूहरुलाई रिलिज गर्ने इच्छा व्यक्त गरेका थिए र राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुनका लागि आफ्नो सहमतिलाई विचार गर्न अनुरोध गरेका थिए ।

 

यी तीन खेलाडीले राष्ट्रिय टोलीलाई महत्व दिनुको सट्टा लिग प्रतियोगितामा खेल्न प्राथमिकता दिएको बोर्डको आरोप छ । अफगानिस्तान क्रिकेट बोर्डले आधिकारिक विज्ञप्ति जारी गर्दै तीन खेलाडीको केन्द्रीय सम्झौता रोकिने जनाएको छ । बोर्डबाट जारी विज्ञप्तिमा यी तीन खेलाडीले अफगानिस्तानबाट खेल्नुभन्दा कमर्सियल लिग र आफ्नो व्यक्तिगत स्वार्थमा बढी ध्यान दिइरहेको उल्लेख गरिएको छ ।

 

अफगानिस्तान क्रिकेट बोर्डले दिएको हालको आदेशले भविष्यमा मुजिब उर रहमान, नवीन उल हक र फजल फारुकीको आईपीएल लगायतका लिग खेल्न नपाउने सम्भावना देखिएको छ । एसीबीले आफ्नो आदेशमा यी तीन खेलाडीलाई २ वर्षसम्म एनओसी नदिने निर्णय गरेको छ । जसमा कुनै पनि विद्यमान एनओसी रद्द गर्ने पनि समावेश छ । मुजीब उर रहमान आईपीएलको कोलकाता नाइट राइडर्स टोलीमा रहेका छन् । नवीन उल लखनउ सुपर जायन्ट्सबाट र फजल फारुकी सनराइजर्स हैदरावादको टिममा छन् ।

 

२४ वर्षीय फास्ट बलर नविन उल हकले भारतमा भएको एकदिवसीय विश्वकपपछि ओडीआईबाट सन्यास लिएका थिए । नवीनले आफ्नो अन्तिम एकदिवसीय खेल अष्ट्रेलियाविरुद्ध नोभेम्बर ७ मा विश्वकपमा खेलेका थिए ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९