अफगानिस्तान बोर्ड र खेलाडीबीच विवाद: तीन क्रिकेटरलाई अनुशासनको कारबाही

काठमाडौँ। अफगानिस्तान क्रिकेट बोर्ड र खेलाडीबीच नयाँ विवाद सिर्जना भएको छ । राष्ट्रिय टिमका तीन खेलाडी मुजिब उर रहमान, नवीन उल हक र फजल फारुकीलाई राष्ट्रिय सम्झौताबाट रिलिज गर्ने अनुरोध बोर्डले अस्वीकार गरेपछि यो विवाद सतहमा आएको हो ।

 

यसका साथै बोर्डले यी तीन खेलाडीलाई अनुशासनात्मक कारबाही गरेको छ र यी तीन खेलाडीको केन्द्रीय सम्झौता पनि रोकेको छ । यससँगै यी खेलाडीलाई आगामी दुई वर्षसम्म एनओसी नदिने निर्णय पनि भएको मिडिया रिपोर्टमा उल्लेख छ । जसमा कुनै पनि विद्यमान एनओसी रद्द गर्ने पनि समावेश छ ।

 

मुजीब उर रहमान, नवीन उल हक, फजल फारुकीले अफगानिस्तान क्रिकेट बोर्डलाई विश्वभरका क्रिकेट लिग खेल्नको लागि राष्ट्रिय केन्द्रीय सम्झौताबाट रिलिज गर्न अनुरोध गरेका थिए । तीनै खेलाडीले आफ्नो निर्णय बोर्डलाई जानकारी गराएका थिए । जनवरी १, २०२४ देखि सुरु हुने केन्द्रीय सम्झौताबाट आफूहरुलाई रिलिज गर्ने इच्छा व्यक्त गरेका थिए र राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुनका लागि आफ्नो सहमतिलाई विचार गर्न अनुरोध गरेका थिए ।

 

यी तीन खेलाडीले राष्ट्रिय टोलीलाई महत्व दिनुको सट्टा लिग प्रतियोगितामा खेल्न प्राथमिकता दिएको बोर्डको आरोप छ । अफगानिस्तान क्रिकेट बोर्डले आधिकारिक विज्ञप्ति जारी गर्दै तीन खेलाडीको केन्द्रीय सम्झौता रोकिने जनाएको छ । बोर्डबाट जारी विज्ञप्तिमा यी तीन खेलाडीले अफगानिस्तानबाट खेल्नुभन्दा कमर्सियल लिग र आफ्नो व्यक्तिगत स्वार्थमा बढी ध्यान दिइरहेको उल्लेख गरिएको छ ।

 

अफगानिस्तान क्रिकेट बोर्डले दिएको हालको आदेशले भविष्यमा मुजिब उर रहमान, नवीन उल हक र फजल फारुकीको आईपीएल लगायतका लिग खेल्न नपाउने सम्भावना देखिएको छ । एसीबीले आफ्नो आदेशमा यी तीन खेलाडीलाई २ वर्षसम्म एनओसी नदिने निर्णय गरेको छ । जसमा कुनै पनि विद्यमान एनओसी रद्द गर्ने पनि समावेश छ । मुजीब उर रहमान आईपीएलको कोलकाता नाइट राइडर्स टोलीमा रहेका छन् । नवीन उल लखनउ सुपर जायन्ट्सबाट र फजल फारुकी सनराइजर्स हैदरावादको टिममा छन् ।

 

२४ वर्षीय फास्ट बलर नविन उल हकले भारतमा भएको एकदिवसीय विश्वकपपछि ओडीआईबाट सन्यास लिएका थिए । नवीनले आफ्नो अन्तिम एकदिवसीय खेल अष्ट्रेलियाविरुद्ध नोभेम्बर ७ मा विश्वकपमा खेलेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९