शुक्रबार, भदौ २७, २०८२

माओ जयन्तीमा चिनियाँ राष्ट्रपतिको प्रतिबद्दता- ‘ताइवानलाइ अलग हुन दिन्नौं’

बेइजिङ। चीन र ताइवानबीच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । यस विषयमा दुवै देशका प्रमुखले बयानबाजी जारी राखिरहेका छन । हालै जनवादी गणतन्त्र चीनका संस्थापक माओ त्सेतुङको १३०औँ जन्मजयन्तीको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई चीनसँग एकता गर्न आवश्यक रहेको र आफूले यसलाई कुनै पनि हालतमा अलग हुन नदिने दाबी गरेका छन् ।

 

सीएनएनका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको भनाइ यस्तो समयमा आएको हो, जब ताइवानमा अर्को महिना अर्थात जनवरी १३ मा राष्ट्रपतीय निर्वाचनको तयारीमा जुटिरहेको छ।चिनियाँ राष्ट्रपति सी जिनपिङको सो घोषणा पछि चीनले चुनाव अघि ताइवानमाथि मानसिक दबाब दिन खोजेको आशंका गरिएको छ । यसबाहेक उसले ताइवानलाई उक्साउने प्रयास पनि गरिरहेको अन्तराष्ट्रिय मिडियाहरूले जनाएका छन ।

 

चीनले ताइवानमाथि आक्रमण गर्ने तयारी गरिरहेको बताइरहेको बेला ताइवानविरुद्ध सी जिनपिङको यी भनाइ पछि थप बल पुगेको छ । यसअघि पनि चीनले ताइवानको सामुद्रिक क्षेत्र नजिकै पटक पटक लडाकु विमान पठाएर ताइवानलाई उक्साउने प्रयास गरेको समाचार बाहिर आएका थिए ।

यसै वर्षको जुन महिनामा चीनले ताइवानको सामुद्रिक सीमामा ४४ किलोमिटर भित्र ८ वटा लडाकु विमान पठाएको थियो । यसबाहेक गत वर्ष सेप्टेम्बरमा १७ चिनियाँ विमान र चारवटा युद्धपोतले ताइवानको हवाई क्षेत्र उल्लंघन गरेको ताइवानको आरोप थियो । चीनको सम्भावित कारबाहीबाट समस्यामा परेको ताइवानले आफ्ना ४५ वटा सैन्य आधारमा एन्टी–ड्रोन प्रणाली जडान गरेको छ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९