शुक्रबार, भदौ २७, २०८२

अमिर खानको घरमा बिबाहको माहौंल, ठुला स्टारहरू सहभागी हुदैँ

मुम्बइ। बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’ अर्थात् आमिर खानको घरमा आजकाल खुसीको माहोल छ । वास्तवमा अभिनेताकी छोरी इरा खान आफ्नो लामो समय देखीका प्रेमी नुपुर शिखरेसँग विवाह बन्धनमा बाँधिदैछिन् । यो जोडीको विवाहपूर्व समारोह सुरु भएको छ । हामी यहाँ आमिर खानकी छोरी इरा खान र नुपुख शिखरेको विवाहसँग सम्बन्धित सबै विवरणहरू बारे जानकारी दिनेछाैं ।

 

आमिर खानकी छोरी इरा खान र नुपुर शिखरेले गत वर्ष सेप्टेम्बरमा इटालीमा इन्गेजमेन्ट गरेका थिए । दुई महिना पछि दम्पतीले घनिष्ठ साथीहरूसँग एक बिशेष पार्टी होस्टसमेत गरेका थिए । यस पार्टीमा आमिरको सम्पूर्ण परिवार र उनका पूर्व पत्नी रीना दत्त र किरण राव, अभिनेत्री फातिमा सना शेखलगायत नजिकका साथीहरू उपस्थित थिए।

 

इरा र र नुपुरको इन्गेजमेन्टको तस्विर पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो । अब त्यो दिन नजिकै छ, जब आमिरकी छोरी डोलीमा बसेर बिदा हुदैँ छिन् । खासमा इरा र नुपुर यही जनवरी ३ मा विवाह गर्दैछन् ।

 

भारतीय सञ्रचारमाध्यमका अनुसार आमिर आफ्नी छोरीको विवाहको लागि निकै उत्साहित रहेको र अभिनेताले व्यक्तिगत रूपमा बी-टाउनमा रहेका आफ्ना साथीहरू र सहकर्मीहरूलाई विवाहमा उपस्थित हुन र दम्पतीलाई आशीर्वाद दिन निम्ता दिएको जनाइएको छ । समाचार अनुसार, ‘धेरैजसो स्टारहरू छुट्टी मनाउन बाहिर निस्केका छन् तर ढुक्क हुनुहोस् कि यो बिबाह समारोहमा बलिउड स्टारहरूले भरिएको हुनेछ,’ अमरिका एक सहयाेगीले भने ।  समाचार अनुसार बिग डेमा सहभागी हुन नसक्नेहरु जयपुरमा हुने रिसेप्सनमा सहभागी हुनेछन् । स्मरण रहोस इरा खान र नुपुरको विवाह महाराष्ट्रीय परम्परा अनुसार हुनेछ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९