शुक्रबार, भदौ २७, २०८२

पाकिस्तानी निर्वाचन आयोगद्धारा इमरान खानलाई चुनाव लडन प्रतिबन्ध

लाहौर । पाकिस्तानमा सन् २०२४ मा हुने आम निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खानले उम्मेदवारी दिन नपाउने भएका छन । पाकिस्तानको निर्वाचन आयोगले उनको उम्मेदवारी अस्वीकार गरेको हो । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पाकिस्तान निर्वाचन आयोगले शनिबार यो जानकारी दिएको हो। अधिकारीहरूले भने कि इमरान खानले चुनाव लड्न दुईवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए।

 

७१ वर्षीय इमरान खान सन् २०२२ को अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइए पछि राजनीतिक र कानुनी लडाइँमा फसिरहेका का छन्। खानलाई प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा सरकारी उपहारहरू अवैध रूपमा बेचेको आरोप लगाइएको छ, जसको लागि उनलाई अगस्टमा तीन वर्षको जेल सजाय सुनाइएको थियो। त्यसयता उनी सार्वजनिक रुपमा देखिएका छैनन् ।

इमरान खानको मिडिया टोलीले खानलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका कारण आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गरेको छ । तर, उनले शुक्रबार मात्रै उम्मेदवारी दर्ता गराएका खानका सहयोगीहरुले जानकारी दिएका छन् ।

 

पाकिस्तानको निर्वाचन आयोगले भने कि इमरान खानको उम्मेदवारी अस्वीकार गरिएको छ किनभने उनी निर्वाचन क्षेत्रको दर्ता मतदाता थिएनन् र उनलाई अदालतले दोषी र अयोग्य घोषित गरेको छ। इमरान खानले आफ्नो गृहनगर मियाँवालीबाट चुनाव लड्न दोस्रो उम्मेदवारी दर्ता पनि गरेका थिए, जसलाई पनि अस्वीकार गरिएको उनको मिडिया टोलीले जनाएको छ । इमरान खान पाकिस्तानमा निकै लोकप्रिय छन् । आफूलाई सेनाले चुनावबाट वञ्चित राख्न खोजेको उनको भनाइ छ । यता सेनाले भने उक्त आरोपको खण्डन गरेको छ ।

 

पाकिस्तानको सर्वोच्च अदालतले डिसेम्बर २२ मा इमरान खानलाई देशको गोप्य सूचना चुहावटको मुद्दामा जमानत दिएको थियो। तर, त्यसको एक दिन अगाडि उच्च अदालतले उनको निर्वाचनमा उम्मेदवार हुन नपाउने गरी खारेज गर्न अस्वीकार गरेको थियो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९