कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको जुनकिरी नेपालले भोलि शनिबार बर्दगोरिया धाम धार्मिक स्थलमा सरसफाई गर्ने भएको छ । नजिकदै आइरहेको माघी पर्व अथवा माघी मेलालाई मध्यनजर राख्दै धार्मिक क्षेत्र वरपरकाे क्षेत्रमा सरसफाई राखिएको छ।
‘स्वच्छ सहर, स्वच्छ गाउँ, सबै फोहोर हटाऔं’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको जुनकिरी नेपालकी अध्यक्ष अपेक्षा रोकायाले वैज्ञानिक मिडियालाई बताइन् । पुस महिनाको २७ गतेदेखि माघ २ गतेसम्म बर्दगोरिया धार्मिक पर्यटकीय साँस्कृतिक माघी मेला २०८० लाई सहयोग होस् भनेर सरसफाई गर्न लागेका हौ । धार्मीक स्थल सरसफाई गर्नू सबैको दायित्व हो त्यसैले हामी सबै मिलेर सरसफाई गर्न गइरहेका छौं अध्यक्ष रोकायाले बताइन्।
अध्यक्ष रोकायाका अनुसार भोलि पुस महिना २१ गते शनिबारका दिन बिहान ठिक ९ बजे बर्दगोरिया धाम धार्मिक स्थलमा उपस्थिति भइदिनुहुन हार्दिक अनुरोध समेत गरेकी छिन्।
जुनकिरी नेपालले युवाको व्यक्तित्व विकास र नेतृत्व विकासका लागि क्रियाकलाप गर्दै आएको छ । लामो समय देखि गाउँपालिकाका विभिन्न ठाउँहरूमा जुनकिरी नेपालले मठ मन्दिर, सडक,सार्वजनिक स्थल, खेलकुद फिल्ड लगायतका क्षेत्रमा सरसफाई कार्यक्रम गर्दै आएको छ।


































































































































































