कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको कुम्भिया ग्रामीण बिद्युत सहकारी संस्थाको एघारौँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष खकेन्द्र रानामगरको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा न २ का वडा अध्यक्ष गोविन्द विक प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथिमा महालक्ष्मी ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष अमर बहादुर बम, गाउँका भलमभंसा गेदुवा डगौरा थारु र गाउँका समाजसेवी तथा बुद्धिजीवी उपेन्द्र बम रहनुभएको थियो। संस्थाका कार्यालय प्रबन्धक दीपक नेपालीले आर्थिक वर्ष २०७९/०८० को करिब २३ लाख ९ हजार ३ सय ७४ रुपैँया १० पैंसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
त्यस्तै संस्थामा नियमित प्रतेक महिनाको १६ गते भित्र बिधुत महसुल तिर्ने सर्व उत्कृष्ट शिव प्रसाद चौधरी, लोग बहादुर विक र मिना अधिकारीलाई राइस कुकर पुरस्कार वितरण गरिएको थियो भने महिनाको २५ गते भित्र विद्युत महसुल तिर्न १० जनालाई सी •एफ •एल • चिप सान्तोना पुरस्कार पाउन सफल भएका मक्कु डगौरा थारु, राजाराम डगौरा थारु, प्रतिभा चाैधरी, डम्मर बम, कृषाल चाैधरी, लौटन चौधरी, नारायण डगौरा थारू, विमला विक, रघुवीर डगौरा थारु र चन्दर चाैधरीलाई पुरस्कृत गरिएको थियो।
कार्यक्रममा शान्ति सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष मनिराम डगौरा थारु, पिरुवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पार्वती बम, मङ्गलमय युवा क्लबका अध्यक्ष निरज चौधरी, लेखा समितिका संयोजक राम डगौरा थारु, सदस्य जहर सिंह आले र खेम राज बम लगायतको उपस्थिति थियो।संस्थाका उपाध्यक्ष राम शंखर डगौरा थारुको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दीपक बमले गर्नुभएको थियो। हाल सम्म उक्त संस्थामा ५३० जना शेयर सदस्यहरु रहेका छन् । कार्यक्रममा २७० जना उपभोक्ताहरुको सहभागीता रहेको थियो।



































































































































































