तीन जना आइटीविद्ले ल्याए प्रविधिमैत्री ‘फेस्ट इआरपि केन्द्रीकृत शिक्षा व्यवस्थापन प्रणाली‘

काठमाडौं । यो विज्ञान र प्रविधिको युग हो। प्रविधिले संसारलाई एक गाउँ जस्तो बनाइदिएको छ । कामलाई छिटो छरितो पारिदिएको छ। सबै क्षेत्रमा प्रविधिको प्रयोग हुँदा शिक्षा क्षेत्र त्यसबाट अछुतो रहने कुरै भएन। अहिले त झनै प्रविधिमैत्री शिक्षाको आवाज चर्को रुपमा उठिरहेको छ। नेपालमा पनि थुप्रै शैक्षिक संस्थामा विभिन्न प्रविधिको प्रयोग गरेर अध्ययन/अध्यापन गराउन थालिएको छ। बाउ–बाजेको पालामा सहज र सुलभ रुपमा कापी–कलम पाउन मुस्किल हुने हुन्थ्यो । अहिले समय फेरिएको छ। नेपालमै पनि थुप्रै शैक्षिक प्रविधिमैत्री एपहरु निर्माण भइरहेका छन्। तीनै मध्येको एक हो फेस्ट इआरपी कम्प्लिट स्कुल म्यानेजमेन्ट सिस्टम।फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी कम्पनीले उक्त शैक्षिक व्यवस्थापन प्रणाली बजारमा ल्याएको हो। प्रविधिमैत्री र समय सापेक्ष शिक्षामा जोड् दिँदै नवीन सोचका साथ यो एप निर्माण गरिएको कम्पनीका अध्यक्ष धिरेन्द्र चन्द सोडारी बताउँछन्। ‘विज्ञान र प्रविधि क्षेत्रमा रोजगारी सिर्जना गर्नुको लागि, विशेष गरी नेपालमा नै अध्ययन गरेर नेपालमै बसरे अन्तराष्ट्रिय स्तरको सफ्टवेयर सिस्टम बनाउनु सकिन्छ भनेर कलेज पढ्दा पढ्दै  हामीले २०७४ सालमा तीन जना साथिहरु मिलेर आइटि कम्पनी सञ्चालनमा ल्याएका हौं। इन्जिनियर विक्की महत, पावन प्रशाद भट्टले मिलेर शिक्षा क्षेत्रमा प्रविधिमैत्री क्रान्ति गर्ने सोचका साथ यो सिस्टम सञ्चालनमा ल्याइएको हो,’ सोडारी भन्छन्।

 

६ वर्षको अवधिमा सोडारीको टिमले शैक्षिक व्यवस्थापन प्रणाली कसरी निर्माण गर्नेु सकिन्छ भनेर विभिन्न विद्यालयमा अवलोकन गरेर, आफै अध्यायपन गराएर अनुसन्धान गरेर र शिक्षा क्षेत्रमा काम गर्ने शिक्षाविद्हरु लगायत सँग सुझाव सल्लाह लिएर काम गर्यो। अध्ययन पश्चात ठूलो सफलता पनि हासिल गरिसकेको छ। अहिले उनको टिमले निर्माण गरेको शैक्षिक प्रणाली सात वटै प्रदेशका विभिन्न शैक्षिक संस्थाहरूमा लागू भएको छ। स्कुल कलेज क्याम्पस र विश्वविद्यालयहरुको लागि अति उपयोगि क्लाउड पद्धतिमा आधारित नेपालमा तयार गरिएको अन्तराष्ट्रिय स्तरको शैक्षिक प्रवद्धन सुचना भरपर्दो तथा गुणस्तरीय वेब ऐप्लीकेशन हो । बौद्धिक प्रतिस्पर्धाको युगमा शिक्षाको विकासका निम्ति जोड्नु यो सिस्टम विकास गरिएको हो । यो प्रविधिले सिंगो राज्यको सबै शिक्षण प्रतिष्ठानहरु एउटै मंचमा ल्याएर अनुगमन, नियमन र नियन्त्रण गर्न सकिन्छ ।

 

‘यो शैक्षिक प्रणाली निकै लाभदायक छ। यसको प्रयोग गरेर एकै पटकमा शैक्षिक संघ–संस्थाका गतिविधिहरु हेर्न सकिन्छ। स्थानीय, प्रदेश र केन्द्र सरकारले यो प्रणालीको प्रयोग गरेर आफ्ना मातहतका शैक्षिक संघ–संस्थाहरूको दैनिक, साप्ताहिक, मासिक वा वार्षिक गतिविधि आफू बसेकै ठाउँबाट हेर्न सक्छ,’ सोडारीले भने। शैक्षिक क्षेत्रमा भइरहेको यावत समस्याहरूको समाधान डिजिटल माध्यमबाट होस् भन्ने उद्देश्यका साथ यो प्रविधिको निर्माण गरिएको र यसको महत्व बुझ्न सके शैक्षिक संस्थाहरूले विभिन्न लाभ लिन सक्ने उनको दाबी छ। ‘हामीले निर्माण गरेको प्रविधिको प्रयोग गरेर एकै ठाउँबाट थुप्रै सेवा लिन सकिन्छ। विद्यार्थीको भर्ना रेकर्ड, नतिजा प्रकाशन तथा व्यवस्थापन, शुल्क व्यवस्थापन, पुस्तकालय व्यवस्थापन, भुक्तानी गर्नुका साथै बक्यौंता बारे जानकारी, मोबाइल एसएमएसका माध्यमबाट विभिन्न सूचनाको जानकारी प्रदान, सर्टिफिकेट/आइकार्ड निर्माण गर्न सकिने, शिक्षक, विद्यार्थी र कर्मचारीको अटोमेसनद्वारा हाजिर व्यवस्थापन, लर्निङ म्यानेजमेन्ट सिस्टम, मल्टि ब्रान्च सिस्टम, रिसेप्सन म्यानेजमेन्ट सिस्टम, विदा व्यवस्थापन प्रणाली, अनलाइन शुल्क व्यवस्थापन प्रणाली, कर्मचारीको तालिम व्यवस्थापन, ई–लाइब्रेरि म्यानेजमेन्ट, कर्मचारी तलब भुक्तानी, लेखा व्यवस्थापन प्रणाली, होस्टेल म्यानेजमेन्ट, क्यान्टिन म्यानेजमेन्ट, भेइकल ट्रयाकिङ सिस्टम, इन्भेन्ट्री म्यानेजमेन्ट सिस्टम अन्य विविध विवरणलगायत सेवा एकै ठाउँबाट लिन सकिन्छ,’ उनले भने। शिक्षकहरूले सहजरुपमै यस प्रविधिका माध्यमबाट होमर्क दिन सक्ने र जाच्न सक्ने सेवासमेत रहेको उनी बताउँछन्।

 

शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय सञ्चालकहरूको लगइन सिस्टम निर्माण गर्दै उनीहरू त्यसका माध्यमबाट आफूअन्र्तगतका जिम्मेवारी सहजै हेर्न सक्ने छन्। त्यसका अलावा उनीहरूले आफूले निर्वाह गर्नुपर्ने दायित्वको स्मरण गर्दै त्यसलाई पुरा गर्न सकिने सोडारीले बताए। यसका अलावा अन्य थुप्रै फिचरको प्रयोग गरेर सेवाहरू लिन सकिने उनको भनाइ छ। ‘आफ्नो बच्चाले समयमा गृहकार्य गरेको छ कि छैन। स्कुलमा पुग्यो कि पुगेन। कतै जाममा परेको त छैन। केही समस्यामा फसेको त छैन। शिक्षकले होमर्क दिएको छन् वा छैनन्। विद्यालयमा शिक्षा सिकाइ कस्तो छ। शुल्क बुझाउने समय र बुझाउनु पर्ने रकम कति छ? यी विविध विषयमा अभिभावकले एपको प्रयोग गरेर घरबाटै हेर्न सक्नु हुनेछ। र, शुल्क पनि घरबाटै बुझाउन सकिने छ। विद्यालयले पनि प्रत्येक अभिभावकलाई भेटेर बुझाइ राख्नु पदर्नै। यसले सबैको समय व्यवस्थापन हुन्छ,’ उनले भने।

 

स्कुलमा कति शिक्षक आए, कति विद्यार्थी आए, कुन कक्षामा कुन विषयको पठाइ भइरहेको छ? विश्वमा कुन कलेजमा कुन कोर्ष पढाइरहेका छन  लगायत विषयको जानकारी पनि यस प्रणालीका माध्यमबाट लिन सकिन्छ। विद्यार्थीहरू कक्षामा अनुपस्थित भएमा तत्कालै अभिभावकलाई मोबाइलमा म्यासेज जाने सोडारीको भनाइ छ। यसरी शिक्षक र अभिभावकका बीचमा सहजरुपमा शैक्षिक गतिविधिबारे सम्वाद गर्न सकिने गरि प्रविधि निर्माण गरिएको छ। स्कुल वा कलेजले यो सिस्टम लिएर आफ्नै सिस्टम निर्माण गर्न सक्छन्। ‘सिस्टम निकै प्रभावकारी रहेको भन्दै मेचीदेखि महाकालीसम्मका शैक्षिक संस्थाले सन्तुष्टि जनाइरहेका छन्। हामीसँग जोडिएका कुनै पनि संस्था अहिलेसम्म बाहिरिनु भएको छैन,’ उनले भने, ‘स्कुलको चाहना अनुसार पनि हामीले यो सिस्टम अपडेट गरिदिन सक्छौं।’ यस सँगसँगै प्रविधिमैत्री शिक्षा प्रदानका लागि रि–डिफाइन स्टिम एजुकेसन आर्टिफिशियल इन्टेलिजेन्स, रोबटिक्स, स्याटेलाइट, टेलिस्कोप, थ्रीडि प्रिन्टरका साथै एआर र भिआर लगायतका तालिम पनि देशैभर यी कार्यक्रम सञ्चालन गरिरहेको उनी बताउँछन्।

 

सोडारीले शिक्षामा थप सुधारका लागि संस्कार, संस्कृति, सम्पदा, नैतिकता, कला, पर्यटन, मूर्तिकलामा पनि जोड् दिएर तालिम प्रदान गरिरहेको बताए। उनले विभिन्न भाषामा पनि प्रविधिको प्रयोगका लागि एप निर्माण गरिने जानकारी दिए। यतिबेला प्रविधिको विस्तार देशभित्रका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि थालिएको उनी बताउँछन्। ‘फेस्टले बनाएको सिस्टम र एपको प्रयोग चीन, साउथ अफ्रिका, भारत र भुटानमा पनि प्रयोग भइरहेको छ। यसको विस्तार अन्य देशमा पनि गर्ने सोचमा हामी छौं,’ उनले भने। नेपालको मौलिक शिक्षा पद्धतिमा आधारित रहेर पनि यो सिस्टम निर्माण गरिएको छ । यो सिस्टम आधुनिक गुरुकुलिय प्रणाली अनुसार पनि तयार गरिएको छ ।

 

साथै फेस्ट इआरपि केन्द्रीकृत शिक्षा व्यवस्थापन प्रणाली संघ, प्रदेश र स्थानीय सरकार मातहतमा रहेको शिक्षा विभागले आफ्नो मातहतमा भएका सम्पूर्ण शैक्षिक संस्थामा हुने गतिविधिहरुलाई यस प्रविधिका माध्यमबाट अनुगमन, नियन्त्रण र मार्ग निर्देशन प्रदान गर्न सक्ने छन्। यसैका माध्यमबाट गुणस्तरीय शिक्षा प्रदानका तालिम पनि प्रदान गर्न सकिने छ। ‘सम्बन्धीत सरकारको शिक्षा शाखाकाद्वारा कार्यालयमै बसेर अनुगमन गर्न सकिने छ। विद्यालयको प्रधानाध्यपकले आफ्नो मातहतका शिक्षक तथा कर्मचारिलाई कार्यसम्पादन मुल्याङ्न गर्न सकिने छ। कार्यसम्पादन मूल्याङ्नको आधारमा शिक्षक तथा कर्मचारीहरुलाई दिइने सुविधा थपघट (पुरुस्कार/दण्ड) मा शैक्षिक शाखाद्वारा निति निर्माण गराइ आफ्नो विद्यालयको शैक्षिक सुधारका लागि गर्न सकिने क्रान्तिकारी एवम ऐतिहासिक पहलकदमीको ढाँचा हाम्रो प्रणालीमा छ’, सोडारीले भने। उनले यसको विस्तारमा गुणस्तरीयतामा सधैँ आफ्नो ध्यान केन्द्रित हुने बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...

नयाँ सरकारसँग युवाको अपेक्षाः सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ‘जेनजी’ पुस्ताका युवाहरूले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारको अपेक्षा गरेका छन् ।     प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवयुवाको उपस्थितिका कारण पनि युवामैत्री...

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ,  मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भोजपुरमा हिउँदे आलु थन्काउन किसान व्यस्त

भोजपुर, यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन् । खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा खटिएका देखिन्छन् । जिल्लाका विभिन्न गाउँबस्तीमा किसानले आलु खन्ने, छानेर बोरा भर्ने, सुकाउने र घरमा भित्र्याउने काम गरिरहेका हुन् ।   जिल्लाका ग्रामीण...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९