कैलाली। कैलालीको लम्की नगरपालिका ३ चिसापानीबाट एक होटलकी सञ्चालिका पक्राउ परेकी छन्। कैलालीको लम्कीचुहा नगरपालिका ३ चिसापानीबाट लागुऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने ५० वर्षीया बिमला केसी पक्राउ परेकी हुन्। सेती महाकाली होटलकी संचालकसमेत रहेकी केसीलाई ४ सय मिलिग्राम अवैध (खैरो हेरोईन) जस्तो देखिने पदार्थसहित शनिबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिमलाकोसाथबाट लागुऔषध बरामद गरेर पक्राउ गरेको थियो। यस्तै थप अनुसन्धान तथा सोधपुछका क्रममा सोही ठाउँकी २८ वर्षीया दिपा बिष्ट (साउद) ले बिक्री गर्न दिएको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको बताएको छ। दुबै जनामाथी थप अनुसन्धान भैरहेको प्रहरीले वैज्ञानिक मिडियालाई जानकारी दिएको छ।

































































































































































