कैलाली । कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं ९ रहेको अमरावती सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र भित्र सिकारीले थापेको पासोमा परेर पाटे बाघ मृत अवस्थामा फेला परेको छ।
आइतवार स्थानीयले पासोमा परेर मृत अवस्थामा बाघ भेट्टाएका हुन्। मृत बाघको थप अनुसन्धानका लागि वन अधिकृतसहितको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ।


































































































































































