साँच्चैकाे चेक थियाे भने बाउन्समा जान्थे मः रवि लामिछाने

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले सेयर नामसारी पुरा गर्न प्रक्रिया पुरा गरेकाे तर रकम नलिएकाे बताएका छन् । साेमवार राती सामाजिक सञ्जालबाट धारणा राख्दै सभापति लामिछानेले कानुनी प्रकिया पुरा गरेकाे तर लेनदेन नगरेकाे पुनः प्रस्टाएका छन् ।

 

उनले सामाजिक सञ्जालमा लेखेका छनः

 

आजको प्रेस मिटमा मैले सबै कुरा स्पष्ट राखेँ भन्ने लागेको छ। पत्रिकामा लेखिने ठूला हेडलाइन र केही डकुमेन्टका आधारमा वास्तविकता पुरै नबुझी विचार बनाउने हाम्रो प्रवृत्तिबारे म जानकार छु। तर तथ्यमा पनि विचार गरिदिन अनुरोध छ। डिपोजिट स्लिपकै आधारमा मेरो खातामा रकम जम्मा भयो भनेर ठोकुवा गरियो, जबकि बैँकले नै खातामा रकम जम्मा भएको छैन भनिसक्यो। बैँकमा भएका हरेक कारोबार नियामक निकायको नियमनमा हुन्छ। यो क्षेत्रमा पारदर्शीता हुन्छ। कसैले लुकाएर वा लुकाउन चाहेर लुक्ने, छिप्‍ने कुरै होइन यो।

 

अब फेरि मैले रकम बुझिलिएँ भनेर ल्याप्चे नै ठोकेको कागज राखेर यसले पैसा लिएकै हो, ढाँट्यो भनेर पनि भ्रम फैलाउन सकिएला। जबकि त्यो कानुनी प्रक्रियाका लागि मात्र हो, रकम लेनदेन भएको छैन भन्ने बुझाउन लामो लेखेर यसबारे बुझाउने प्रयास गर्दैछु। कृपया पूरै पढेर मात्र विचार बनाउनु होला। मैले सुरुदेखि नै स्वीकार गर्दै आएको छु, ग्यालेक्सी टिभी सञ्चालन गर्ने कम्पनी गोर्खा मिडियामा म संलग्न हुन जानुअघि त्यसका प्रमोटर र म बीच कम्पनीको १५ प्रतिशत सेयर मेरो नाममा गुडविल बापत् अर्थात् बिना लगानी कायम गर्ने सहमति भएको थियो। यसलाई पसिनाको कमाई वा स्वेट सेयर पनि भन्ने गरिन्छ बोलीचालीको भाषामा।

यो शेयरलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर लगत कायम गर्न आवश्यक कानुनी प्रबन्ध र कागजपत्र कम्पनी स्वयंले मिलाउने भन्ने सहमति पनि थियो। यो किन भएको थियो भने यी कानुनी मामिलामा संलग्न हुन मसँग समय थिएन। टेलिभिजन सञ्चालनको लागि कार्यक्रम, समाचार, कर्मचारी, प्रविधि लगायतको   आन्तरिक व्यवस्थापन गर्ने मेरो मुल जिम्मेवारी थियो। मेरो नाममा शेयर लगत कायम गर्न आवश्यक काम गोर्खा मिडियाले नै गर्‍यो, त्यति बेला मैले सोधखोज पनि गरिनँ। बरु सार्वजनिक रुपमा कार्यक्रमको पहिलो एपिसोडमा खुलस्त पारिदिए। बाँकी प्रक्रियागत कुरा मिलाउन के के गरिन्छ भन्ने कुरा जगजाहेर कुरा हो। हिम्मत जुटाएर खोजौं र सबले मम भनौं। तर मैले छुट पाउनु पर्छ भन्ने मेरो दावी पटक्कै होइन।

 

जब मैले ग्यालेक्सी टिभी छोड्ने निर्णय गरेँ, त्यतिबेला कम्पनीले मेरो गुडविल उपयोग गर्न नसक्ने भयो। त्यसकारण मैले इमान्दारीपूर्वक बिना लगानी लिएको उक्त शेयर बिना रकम नै फिर्ता गर्न सहमति जनाएँ।

 

तर, यहाँ पनि अर्को कानुनी समस्या देखिएछ। मेरो नामको शेयर जसको नाममा नामसारी भई कम्पनी रजिष्ट्रारको कार्यालयमा लगत कायम हुनुपर्ने हो, उसले मेरो शेयर किनेको देखिनुपर्ने भएछ। मैले शेयर कसको नाममा नामसारी गरिदिनु पर्ने पनि सोधेको होइन। गोर्खा मिडियाका अध्यक्ष जीबी राईकै नाममा लगत कायम गर्ने निर्णय भयो, मैले प्रक्रिया पूरा गरीदिए। कम्पनी शेयर किनबेचमा यो अति सामान्य अभ्यास हो र फेरी पनि मैले छुट पाउनु पर्छ भन्ने मेरो दावी होइन। यो पनि टिभी छोड्दा सारा दर्शक सामु  स्पष्ट पारिदिएको छु र भनेको छु कि मैले आफ्नो भागको शेयर एक पैसा नलिइ फिर्ता गरेको छु, जसमा मेरो एक पैसापनि परेको थिएन।

 

कम्पनी रजिस्ट्रारको कार्यालयमा शेयर बिक्री भए वापत रकम कारोबार भएको प्रमाण आवश्यक त पर्छ नै। अर्थात् मेरो १५ प्रतिशत शेयर जसलाई बिक्री गरेको हो, उसले मलाई रकम दिएको देखिनु पर्ने थियो। त्यही प्रक्रिया कै लागि मैले शेयर छाडेको कागज गरेँ, जुन कागज तल पोस्ट गरिदिएको छु। मेरो शेयर खरिद गरे बापतको रकम जीबी राईले मेरो खातामा जम्मा गरेको भौचर देखिए पनि रकम खातामा आएन। सायद त्यो आवश्यक प्रक्रिया मात्रै थियो, जुन यस्तै ढंगले  पूरा गरिने आम अभ्यास छ । त्यसैका आधारमा शायद भौचर मात्र राखी कम्पनी रजिष्ट्रारको कार्यालयमा जीबी राईको नाममा शेयर नामसारी भई दाखिला पनि भएको हुनु पर्छ।

 

यहाँनिर सबैले बुझ्नु पर्ने कुरा के छ भने, मेरो खातामा रकम जम्मा भएको थिएन। अर्थात् चेक क्लियर भएन किनभने जीबी राईको खातामा जति रकमको चेक काटियो, त्यति पुग्ने पैसा नै रहेनछ।

 

यसो हुँदा कागजमा मेरो खातामा चेक जम्मा भएको देखियो, डिपोजिट भौचर प्राप्त भयो र शेयरको कारोबार सम्पन्न भयो। तर पैसाको लेनदेन भएन र यो सबै एकै दिनमा भएको छ। यदि मैले पैसा लिन चाहेको थिएँ भने उक्त चेक क्लियर नभएको विरुद्ध म चेक बाउन्स मुद्दामा जान सक्थें। तर, मलाई त्यो गर्नु आवश्यक थिएन। किनकि मैले स्वेच्छाले त्यो शेयर छाडेको थिएँ र मलाई यो सारा कारोबारबारे थाहा हुनु आवश्यक पनि थिएन। किनकि मैले त शेयर फिर्ता गर्नुपर्ने दायित्व थियो, गरेँ।

 

कुरा यत्ति हो  र यसमा मेरो दोष कति भयो कति भएन आफै मूल्याकंन गर्नु होला। तिर्नु, बुझाउनु, सहनु पर्ने कुरामा म सधै राजी नै छु। इमानदारी पुर्वक आफ्नो पोजिसन क्लियर गर्दै म पटक पटक प्रेसलाई जवाफ दिन उभिएको छु, आम जनतालाई जवाफ दिन उभिएको छु, सार्वजनिक सुनुवाइमा उभिएको छु। यसरी आफू माथि प्रश्न उठ्दा कति नेता यसरी प्रेस र जनताको सामु उभिएका छन् होला ?

 

राज्यको निकायलाई झुक्याएको, कीर्ते गरेको जस्ता आरोप पनि आउलान्। तर प्रक्रिया नै यस्तै छ, गर्ने के ? म कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेर कम्पनी चलाउने सबैलाई यो कुरा बुझ्न समय पक्कै लागेन होला। हामीले कानुनी संरचना नै यस्तै बनाएका रहेछौँ। नेपालमा ‘गुडविल शेयर’ भनेर रकम जम्मा नगरी शेयर कायम हुने कानुनी प्रबन्ध नै छैन। र, फिर्ता गरेको शेयर पनि किनबेच भएको देखिनुपर्ने हुन आउछ।  विदेशमा यो सामान्य नै हुन्छ।

 

यो मामिलामा गुडविल शेयर लिने र फिर्ता गर्ने प्रक्रिया मिलाउन जे जति भए त्यो म कसैलाई दोष दिन्न। तर म सुरुदेखि नै आफ्नो कुरामा प्रष्ट छु, न गुडविल सेयर लिनका लागि मैले रकम हालेको थिएँ, न त्यो फिर्ता गर्दा नै कुनै रकम लिएको छु।

 

गोर्खा मिडियामा सेयर लगत कायम गर्न मेरो खाताबाट गएको ७५ लाख उनैबाट प्राप्त हो, मिडिया छाड्दा सेयर लगत हटाउन ‘पाएँ’ भनेर ल्याप्चे लगाएको १.८० करोड उनैलाई छोडेर गएको हो, मैले लगेको छैन। प्रमाणले पनि त्यही देखाउँछ। भएको कुरा यत्ति हो। म मिडियामा हुँदा र मैले मिडिया छाड्दाको सेयर लगतको कुराले यो देशका हजारौँ सहकारी पीडितको मूल मुद्दा कतै नअलमलियोस् भन्नेमा सबैले ध्यान दिउँ। यो विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी संवेदनशील र प्रतिवद्ध छ।

 

आजको पत्रकार सम्मेलनले जति प्रश्नको जवाफ दियो त्यति नै  धेरै प्रश्नपनि जन्माएको छ, जसलाई हामीले हल गर्नै पर्छ। छ्लेर, भागेर, तोडेर मोडेर भन्दा यथार्थ कुरा भनेर समस्याको समाधान खोज्नु उपयुक्त लागेर यति लेखेको छु। एक सामान्य जीवन बाट आएको मान्छे कमजोरी अनेकौं छन् तर गल्ती नगर्ने प्रयास जारी छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

कर्णाली,  गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि...

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

काठमाडौँ,  ललितपुर जिल्लाबाट स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले सभापति गगनकुमार थापालाई सभापतिबाट राजीनामा नदिन आग्रह गरेका छन् ललितपुरमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको बताएका हुन् ।...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी,  म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन,  जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना अझै फर्किएका छैनन् । ती मध्ये ११ जना भारतीय नागरिक छन् ।यस कारागारबाट भदौ २४ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए । ती मध्ये ६४३ जना फर्किसकेका छन् । कतिपय आफैँ...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९