म्याग्दी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् । अन्नपूर्ण–४ का वडाध्यक्ष...
जग्गा सहायोग दाता गणेश रावतले २०७५ सालमा सहयोग गरेका थिए र उक्त जग्गामा शिलालेख २०७७ सालमा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का पूर्व अध्यक्ष भिक्खु चौधरीले गरेका हुन्।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम, बौनिया गाउँका भलमान्सा खडक चौधरी, बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष अमर बहादुर बम, नेकपा माओवादी केन्द्र बर्दगोरिया गाउँ कमिटी अध्यक्ष रामबहादुर साउँद र नेकपा एमाले बर्दगोरिया गाउँ कमिटी अध्यक्ष मधुकर सिजापतिले आफ्नो मन्तव्य राखेका थिए। वडाध्यक्ष गोविन्द विकको अध्यक्षतामा भएको कार्यक्रम बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रममा विभिन्न संघसंस्था, भलभान्सा, चिरागी तथा वडा नम्बर २ का बुद्धिजीवी समाजसेविहरुको उपस्थिति रहेको थियो कार्यक्रम सञ्चालक बर्दगोरिया पत्रकार मञ्चका अध्यक्ष पदम ओझाले गरेका थिए।



































































































































































