कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेका जेष्ठ नागरिक तथा ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा (सिरक, डस्ना ) वितरण गरिएको छ। पालिकाकाे वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरीको सभापतिमा सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको प्रमुख अथिति र बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि (लालदिप ) को विशिष्ट अथिति रहेका थिए।
कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य नैन चौधरीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा आर्थिक बर्ष २०८०/०८१ को २ लाख ५० हजारको रकम मा २४ दलित जेष्ठ नागरिक, २५ एकल महिला र ३७ ग र घ बर्ग भएका अपाङ्गता व्यक्तिहरुलाई न्यानो सिरक र डस्ना बितरण गरिएको हो । वडाका ८६ लक्षित नागरिकहरूले यो सुविधा पाएकाे बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरीले जानकारी दिएका हुन्। कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरले मैले पनि ठिक एक बर्ष अगाडी ‘क’ र ‘ख’ वर्गका अपाङ्गलाई न्यानो कपडा सहि रकम बितररण गरेको थिए। अझै आउने बर्ष आफ्नो सेवा सुबिधा बाट आएको पैशाले फेरि पालिका भरका नागरिकलाई न्यानो कपडा बितरण गर्ने बताए ।
अहिले वडा नम्बर ५ ले बितररण गर्दामा वडा नम्बर को टिम लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। ज्येष्ठ नागरिकलाई जाडो मौसममा न्यानो होस भन्ने उद्देश्यले वडा नम्बर ५ ले यो कार्यक्रम आयोजना गरेको पालिका उपाध्यक्ष गणेश राज गिरिले बताए । आफूसँग पैसा भएर पनि सुविधा लिन नसक्ने अवस्था भएका र परिवारका सदस्यहरू साथमा नभएका ज्येष्ठ नागरिकहरूको अवस्थालाई मध्येनजर गर्दै वडाले यो कार्यक्रमको आयोजना गरेकोमा उपाध्यक्ष गिरिले धन्यवाद व्यक्त गरेका छन ।
कार्यक्रमक्ल समापन गर्दै वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीले हाम्रो वडाका त्यस्ता अपाङ्ग नागरिक जसले राज्य बाट केहि पनि सेवा सुबिधा नगेको लाई हाम्रो वडाको सानो रकमले हामीले यो न्यानो कपडा वितरण गरेका हौ। न्यानो कपडा बितरण कार्यक्रममा वडा सदस्य नैन चौधरी, सोनिया देवि,चौधरी र शंकर बि क नारायण राष्ट्रिय आधाभुत बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष खडक बि. कको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन वडा सचिव शेर बहादुर बडायकले गरेका थिए ।




























































































































































