पैसा उठाएर भाग्न थालेपछि मध्यपुर थिमिले बनायाे सहकारी ऐन

भक्तपुर । सर्वसाधारणसँंग पैसा उठाएर भाग्न थालेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकारी ऐन बनाएको छ । साथै उसले सहकारी नियमावली २०८० पनि तयार पारेको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरबासीहरुसँंग पैसा उठाएर भाग्ने प्रबृति बढेकाले यसलाई व्यवस्थि तगर्न सहकारी ऐन २०७९ तथा सहकारी नियमावली ८० तयार पारेको जनाए ।

 

 

मध्यपुर थिमि नगरपालिका उद्योग, सहकारी तथा रोजगारी प्रबद्ध्धन शाखाले नगरपालिकाले तयार पारेको सहकारी ऐन २०७९ तथा सहकारी नियमावली २०८० बारे गरेको अभिमुखीकरण कार्यक्रममा मेयर श्रेष्ठले अव सहकारीहरुलाई व्यवस्थित बनाउने कार्य सुरु गर्ने प्रतिवद्धता जनाए । ‘अहिलेसम्म सहकारीको अवस्था हामीले राम्ररी बुझ्न पाएका छैनौँ, मेयर श्रेष्ठले भने, ‘अब यो ऐन बनेसँंगै विशेषज्ञसहितको टोली लिएर हामी सहकारीको अवस्था बुझ्न जानेछौं ।’ उनले अनियमित गरेको सहकारी संस्थाहरुलाई त्रुटी सच्याउन सुझाब दिने र बारम्बारको अनुरोधलाई पनि बेवास्ता गरी नसच्याएमा कारबाही गर्ने जनाए ।

 

तयार ऐनमा श्रृण असुलीमा कठोर हुने व्यवस्था छ । साथै अनियमित गर्ने सहकारी संस्थाहरुलाई कालोसूचिमा राखी नगरपालिका र वडा कार्यालयहरुबाट प्रदान गरिने सिफारिसदेखि सेवासम्म रोक्का राख्ने व्यवस्था गरिएको छ । संस्थाबाट श्रृण लिई रकम अपचलन गर्ने, तोकिए बमोजिमको श्रृणको किस्ता, साँंवाव्याज फिर्ता नगर्ने सहकारी संस्थाका सदस्य र संस्थालाई कालोसूचिमा राख्न सकिने ऐनमा व्यवस्था गरिएको छ ।

 

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले ऐन नबन्दाको अवस्थामा कारबाही गर्न अप्ठेरो भएको अनुभब सुनाए । यसकारण ऐन बनाएर अगाडि वढेको उनको भनाई थियो । साथै उनले स्थानीय भन्दा बाहिरबाट आएकाबाट सञ्चालित सहकारी संस्थामा रकम जम्मा नगर्न नगरबासीलाई सुझाए । साथसाथै वढी व्याजको लोभ गरेर जथाभाबी जुनसुकै सहकारीमा रकम जम्मा नगर्न पनि सुझाए ।

 

कार्यक्रममा नगरपालिकाभित्र रहेका एक सय २८ वटा सहकारीहरुका प्रतिनिधिहरु सहभागी रहेका थिए । कार्यक्रममा नगरपालिका क्षेत्रभित्रका ९ वटै वडाका वडा अध्यक्षहरु, महाशाखा प्रमुख, जिल्ला सहकारी समितिका अध्यक्ष, सहकारी विज्ञहरूले सहकारीमा रकम जम्मा गर्न अनेक विषयहरुमा सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।

 

 

कार्यक्रममा सहकारी सम्बन्धी ज्ञान तथा जानकारी प्राप्त गर्न अनलाइन माध्यमबाट निःशुल्क सम्पूर्ण नगरभित्रका सहकारी संस्थाहरूले पाउन सकिने व्यवस्था भएको जनाएको छ । कार्यक्रममा नगरभित्रका विभिन्न समस्याग्रस्त सहकारीहरुबारे चर्चा पनि गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९